लुम्बिनी प्रदेशका मुख्य मन्त्री डिल्ली बहादुर चौधरीले बर्दियाको राजापुरमा २४ औ कमैया मुक्ति दिवसमा आयोजित कार्यक्रममा संबोधन गर्दै मुक्त कमैया परिवारको निःशुल्क स्वास्थ्य बिमा

बर्दियाको राजापुरमा २४ औ कमैया मुक्ति दिवसमा आयोजित कार्यक्रममा संबोधन गर्दै लुम्बिनी प्रदेशका मुख्य मन्त्री डिल्ली बहादुर चौधरीले मुक्त कमैया परिवारको निःशुल्क स्वास्थ्य बिमा, स्नातक तहसम्मको अध्ययन निःशुल्क र मुक्त कमैयालाई वितरण गरिएको जग्गालाई फुकुवा गरि बैङङ्कि प्रयोजनमा प्रयोग हुन सक्ने वनाउने प्रतिबद्धता गर्नु भएको छ । २०५७ साल श्रावण २ गते तत्कालीन नेपाली काङ्गे्रशका प्रधानमन्त्री शेर बहादुर देउवा सरकारले मुक्त गरेको २४ वर्षसम्म पनि अझै सबैको उचित व्यवस्थापन नभएको भन्दै राजापुर क्षेत्र सँगै समग्र बर्दियाका मुक्त कमैया परिवारको व्यवस्थापनका लागि केन्द्रिय सरकारसँग विशेश पहल गर्ने वताउनु भयो ।

आफ्नो हक अधिकारका लागि बोल्न नसक्ने थारु समुदायका दाजुभाई दिदीबहिनीहरु दासतामा रहेका कमैयाहरुको नयाँ जीवनका लागि आफुहरुले निकै ठूलो संघर्ष गर्नु परेको वताउदै मुक्त कमैयाहरुले छोटो समयमा गरेको प्रगति देखेर आफु भावुक हुने गरेको वताउनु भयो । दाङ, बाँके बर्दिया, कैलाली कञ्चनपुरमा रहेका कमैयाहरुलाई प्रजातान्त्रिक व्यवस्थाकै कारण मुक्ति गर्न सकिएको भन्दै कम्युनिष्ट पाटीहरुले कमैया परिवारलाई भोट बैङकका रुपमा प्रयोग गरी चुनाबमा यो ठाउँबाट तीनपटक विजयी हासिल गरे पनि कमैयाको व्यवस्थापनका लागि ठोस पहल नै नगरेको दावी गर्नु भयो । नेपाली काङ्ग्रेशका आदरणीय स्वर्गीय नेता गिरीजा प्रसाद कोइरालाको दुरदर्शीता र देशमा प्रजातन्त्रकै कारण युद्धमा रहेको माओवादी पार्टीलाई शान्ति प्रक्रियामा ल्याए पछि यसरी व्यवस्थापन गर्न सकिएको वताउनु भयो ।

कार्यक्रममा संबोधन गर्दै भौतिक पूर्वाधार मन्त्री धर्म बहादुर चौधरीले आफु मुक्त कमैया भएको भन्ने सोचलाई छाडेर आत्म विश्वासका साथ अगाडि बढ्न, आफ्ना छोराछोरीको पढाइ र स्वास्थ्य अवस्थामा विशेष ध्यान दिन आग्रह गर्नु भएको थियो । राजापुर क्षेत्रमा आफुले प्रशस्त बजेट विनियोजन गरेको भन्दै कसैको भरमा नपरी स्वावलम्बी हुन सबैमा आग्रह गर्नु भयो । आफुले भाषण भन्दा पनि काम गर्ने वताउदै मन्त्री चौधरीले आफ्नो कार्यकालसम्म ५ वटा महत्वपूर्ण योजना पुरा गर्ने वताउनु भयो । यस्तै कार्यक्रममा संबोधन गर्दै प्रदेश सांसद तथा नेपाली काङ्ग्रेशका प्रमुख सचेतक जन्मजय तिमिल्सेनाले मुक्त कमैयाको अधिकार स्थापित गर्न सबै राजनीतिक दलहरु एक हुनु पर्ने वताउनु भयो । कमैयाको मुक्ति भए पनि उचित व्यवस्थापन गर्न नसकिएको बताउदै गरीबि हटाउन मुक्त कमैयाका छोराछोरीलाई विश्वविद्यालयीय शिक्षा दिन र रोजगारीको अवसर सिर्जना गर्ने वातावरण बनाउन सबैसँग आग्रह गर्नु भयो । मुक्त कमैया दिवस मूल समारोह समितिका अध्यक्ष शुकराम थारुको सभाध्यक्षतामा गरिएको कार्यक्रममा प्रदेश सभासदहरु, नगर प्रमुख, जिल्ला सभापतिहरु, प्रमुख जिल्ला अधिकारी, जनप्रतिनिधिको उपस्थिति सहित कार्यक्रममा जिल्लाभरका मुक्त कमैयाहरुको उपस्थिति रहेको थियो ।

मुक्त कमैया दिवशमा कार्यक्रममा लुम्बिनी प्रदेश सरकार, ८ वटै स्थानिय सरकार वेश बर्दिया,कमैया महिला जागरण समाजको सहयोगमा २४ औ मुक्त कमैया दिवश मुल समारोह समितको आयोजनामा मनाईएको दिवशमा समाजले विभिन्न क्षेत्रका महत्वपुर्ण सहयोग गर्ने ८ जना व्यक्तित्वहरुलाई कदर पत्रको द्धारा सम्मान र ८ वटै पालिकाहरुलाई मायाको चिनो प्रदान गरिएको हो ।

लेखकको बारेमा

भर्खरै गरेका पोस्ट

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com