युनिक नेपालको आयोजनामा भुइँह्यार र गुर्वा बैडावाहरुबिच ज्ञान आदानप्रदान कार्यशाला सम्पन

मिन अधिकारी राजापुर युनिक नेपालको आयोजनामा भुइँह्यार र गुर्वा बैडावाहरुबिच ज्ञान आदानप्रदान कार्यशाला युनिक नेपालको हलमा सम्पन्नभएको हो ।

थारु समुदायमा भुइँह्यार, गुर्वा र बैडावाहरुको महत्वपूर्ण स्थान हुन्छ । गाउँको ठन्ह्वामा देशबन्ध्यागुर्वाले पूजापाठ गर्ने गर्दछन् । देशबन्ध्यागुर्वालाई भुइँह्यार पनि भन्ने गरिन्छ । उनीहरुले गाउँको साझा देबि देवताहरुको पूजाका साथै सम्हार्ने कामगर्दछन् । उनीहरुले नै बिभिन्न लागोभागोको समस्या निवारण गर्ने कार्य गर्दछन् । थारु समुदायको प्रमुख धार्मिक स्थल ठन्ह्वामा रहेका देबी देवताको बारेमा भुइँह्यारहरुलाई थाहा हुने गर्दछ तर हाल थारु समुदायका व्यक्तिहरुमा भुइँह्यारी प्रथामा कम लागेको र बिस्तारै ज्ञान बिर्सिदै गएको अवस्था छ । तसर्थ यसबारे ज्ञान आदानप्रदानगर्न उनीहरुसँग कार्यशाला गरिएको थियो ।

यसैगरि, सो कार्यशालामा थारु गुर्वाहरुमा रहेको मन्त्र संकलन कार्य पनि गरिएको थियो । बैडावाहरुले जडिबुटीको कार्य गर्ने गर्दछन् । जडिबुटी मार्फत बिभिन्न ठुला रोगहरु पनि समाधान भएको बैडावा रामकृष्ण थारुले बताउँछन् । उनले अहिले फर्म दर्ता गरेर नै पत्थरी, मधुमेह, ब्लड प्रेसर, कमजोरी जस्ता बिभिन्न रोगको उपचार गर्दै गरेको बताउनु हुन्छ ।

यसैगरी बैडावा रजमानले क्यान्सर रोग समेत सञ्चो गरेको बताउनु हुन्छ । युनिक नेपालले यस्ता महत्वपूर्ण ज्ञान संरक्षणका साथै युवा पिंढीलाई पनिसिकाउनुपर्ने भन्दै यो कार्यशालाको आयोजना गरेको युनिक नेपालकाकार्यकारी अध्यक्ष प्रिम बहादुर थारुले बताउनु हुन्छ ।कार्यशालाको सहजीकरण संस्कृतिकर्मी तथा अनुसन्धाता, पूर्वमन्त्री डा. गोपाल दहित, संस्कृतिकर्मी मिनराज चौधरी, साहित्यकार सोम डेमनडौरा र सामाजिक अभियन्ता जगतरामथारुले गर्नु भएको थियो । कार्यशालामा कैलाली र बर्दियाको गरेर ५२ जना देशबन्ध्यागुर्वा र गुर्वा बैडावाहरुको सहभागिता रहेको थियो ।

लेखकको बारेमा

भर्खरै गरेका पोस्ट

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com


Fatal error: Uncaught Error: Class "ALInfo" not found in /home/skillpan/hamrokhabarbardiya.com/wp-content/plugins/airlift/buffer/cache.php:254 Stack trace: #0 [internal function]: ALCache->optimizePageAndSaveCache() #1 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/functions.php(5471): ob_end_flush() #2 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/class-wp-hook.php(324): wp_ob_end_flush_all() #3 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/class-wp-hook.php(348): WP_Hook->apply_filters() #4 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/plugin.php(517): WP_Hook->do_action() #5 /home/skillpan/hamrokhabarbardiya.com/wp-includes/load.php(1304): do_action() #6 [internal function]: shutdown_action_hook() #7 {main} thrown in /home/skillpan/hamrokhabarbardiya.com/wp-content/plugins/airlift/buffer/cache.php on line 254