राजापुरमा प्रथम युनिक बर्दिया दौड प्रतियोगिता २०८१ हुने, प्रतिभावान खेलाडीको पहिचान र खेल प्रति युवाको आकर्षण हुने आयोजकको विश्वास,

मिन प्रसाद अधिकारी

बर्दियाको राजापुरमा प्रथम युनिक बर्दिया दौड प्रतियोगिता २०८१ हुने भएको छ ।  भौरा क्षेत्रका खेलाडी युवाहरुको क्षमता बाहिर ल्याउने मुख्य उद्देश्यले खुला पुरुष तथा महिला दौड प्रतियोगिता कार्यक्रम युनिक स्पोर्टस् क्लवको समन्वयमा युनिक नेपालको आयोजनामा दौड प्रतियोगिता गर्न लागिएको आज आयोजित पत्रकार संम्मेलनमार्फत जानकारी गरिएको हो ।

 

नेपाल सरकारले खेल क्षेत्रमा न्यून लगानी गरेपनि खेलाडीहरुले निकै कडा परिश्रम गरेर स्थानीय तहका राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कपहरु, जिल्ला प्रदेश, संघीय तथा अन्तराष्ट्रिय प्रतियोतिगामा सफलता पाएको युनिक नेपालका अध्यक्ष प्रिम बहादुर थारुले बताउनु भयो ।

 

असोज १७ गते हुने प्रतियोगितामा पुरुष ८ किलो मिटर र महिला ५ किलो मिटर खुला दौड प्रतियोगिता राजापुर भन्सार पृथ्वी चोकबाट बिहान ७ बजेदेखि शुरु हुने दौड सोही स्थानमै समापन हुने जानकारी गरिएको छ । प्रतियोगितामा ११ जना पाहुना खेलाडी सहित १ सय ६५ जनाले नाम दर्ता गरिसकेको बताईएको छ । दौड प्रतियोगिता को लागि जिल्ला प्रशासन, इलाका प्रशासन, जिल्ला खेलकुद विकास समिति, जिल्ला प्रहरी, जिल्ला एथ्लेटिक्स संघ,इलाका प्रहरी, सशस्त्र प्रहरी बल राजापुर, राजापुर नगरपालिका, स्वास्थ्य शाखा राजापुर सँग समन्वय गरिएको छ भने स्थानिय मिडियाहरु मिडिया पार्टनर रहेको संस्थाले जनाएको छ

 

लेखकको बारेमा

भर्खरै गरेका पोस्ट

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com