तयार परियोजनाको समयावधी सकिदै, समय थप गर्न नगर प्रमुख थारुको आग्रह

राजापुर बर्दियाको राजापुर नगरपालिकाका नगर प्रमुख दिपेश थारुले तयार परियोजनाको समय थप गर्न आग्रह गर्नुभएको छ ।

युएसएआईडीको तयार नेपाल परियोजना सिकाई आदानप्रदान तथा दीगोपना कार्यशाला गोष्ठीलाइ सम्वोधन गर्दै यस्तो बताउनुभएको हो । तयार नेपालले राजापुर नगरपालिकामा विपत् र जोखिम न्यूनीकरण गर्न महत्वपूर्ण सहयोग गरेको भन्दै वस्ती स्तरमा पुगेर पालिकासँग हातेमालो गरी स्पष्ट र पारदर्शी ढंगले काम सम्पन्न गर्ने संस्थाका कर्मचारीहरु धन्यवादको पात्र भएको बताउनुभयो ।

 

गर्ने परियोजनाको समयावधी सकिनु दुखद् भएका भन्दै प्रमुख थारुले यो परियोजनाले यस्तै अर्काे संस्था राजापुरमा पुनः ल्याउन पनि आग्रह गर्नु भएको थियो ।

 

सन् २०१७ देखी युएसएआईडीको तयार नेपाल परियोजनाले संस्थागत, नीतिगत व्यवस्था र दस्तावेज निर्माण, क्षमता अभिवृद्धि, नगर आपतकालीन कार्य सञ्चालन केन्द्र, जोखिम तथा उद्दार प्रविधि उपकरण अद्यावधिक गर्ने, कर्मचारीको क्षमता अभिवृद्धि, लगायत भौतिक संरचना, भूउपयोग योजना, स्वमूल्यांकन विधि, स्थानीयको जिविकोपार्जनका लागि उल्लेख्य सहयोग गरेको छ ।

 

कार्यक्रममा सहभागीहरुलाई सम्बोधन गर्दै राजापुर नगरपालिकाका निमित्त कार्यालय प्रमुख वसन्त मल्लले नगरपालिकामा युएसएआईडीको तयार नेपाल परियोजनाले पालिकासँग मिलेर विपत न्यूनीकरणमा अतुलनीय योगदान गरेको भन्दै परियोजनाको असल अभ्यासलाई पालिकाले आत्मसात् गरेर अगाडि बढ्ने बताउनु भयो ।

 

कार्यक्रममा बोल्दै राजापुर नगरपालिका १० की लक्ष्मी चौधरीले तयार नेपाल परियोजनाले आर्थिक रुपले विपन्न स्थानीय महिलाको जीवनस्तर उठाउन दिएको तालिमले आत्म निर्भर हुँदै कम्पनीनै सञ्चालन गरेर अघि बढिरहेको बताउनु भयो ।

 

युएसएआईडीको तयार नेपाल परियोजना कार्यक्रमलाई धन्यवाद दिदैँ मधुवन नगरपालिकाका नगर प्रमुख तेज बहादुर भाटले युएसएआईडीको यो परियोजनाले विपत् र वन्यजन्तुको जोखिम रहेको राजापुर नगरपालिकामा सह्रानीय काम गरेको भन्दै यस्तै अर्काे परियोजना पालिकामा ल्याउनु पर्ने धारणा राख्नुभयो ।

 

 

कार्यक्रममा राजापुर नगरपालिकाका बिपद फोकल पर्शन खुशीराम थारुले परियोजनाले गरेका कामहरुको प्रस्तुति राख्नु भएको थियो । परियोजनाका कार्यकारी प्रमुख गोपाल तिवारीले पालिकामा परियोजनाको लक्ष्य अनुसार सहकार्य गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो । कार्यक्रममा वडाध्यक्षहरु, सरोकारवाला, पत्रकारहरुको उपस्थित थिए ।

लेखकको बारेमा

भर्खरै गरेका पोस्ट

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com