बर्दियाको राजापुरमा २५औ मुक्त कमैया दिवस भव्य रुपले मनाइयो, पुनःस्थापना हुन बाँकी कमैयालाई व्यवस्थापन गर्न माग

मिन अधिकारी

बर्दियाको राजापुरमा आज मुक्त कमैया दिवस भव्य रुपले मनाइएको छ । जेकर सवाल ओकर अगुवाई, जेकर मुद्दा ओकर लराई भन्ने मुल नाराका साथ आज राजापुरमा मुक्ति कमैयहरुले आफ्नो मुक्ति दिवस भव्य रुपले मनाएका हुन् ।

वि. स २०५७ साल श्रावण २ गते सरकारले कमैयाहरुलाई मुक्तिको घोषणा गरेपछि बधुवा प्रथाका रुपमा रहेका दाङ् बाँके बर्दिया कैलाली र कञ्चनपुरका कमैयाहरु मुक्त भएका थिए ।

आज राजापुरमा गरिएको २५औँ कमैया मुक्ति दिवसमा आफ्नो धारणा राख्दै लुम्बिनी प्रदेशका निवर्तमान उपसभामुख कृष्णी चौधरीले मुक्ति भएको लामो समय भए पनि उचित व्यवस्थापन हुन नसक्नु दुखद् भएको बताउनु भयो ।

कमैयाहरुको हक अधिकारका लागि अग्रपक्तिमा रहेर आन्दोलन गरेको स्मरण गर्दै व्यवस्थापन हुन नसकेका, जग्गा नपाएका अव्यवस्थित कमैयालाई तत्कालै उचित व्यवस्थापनका लागि तीनै तहका सरकारलाई मुक्तिका समयमा गरिएको घोषणाका आधारमा आग्रह समेत गर्नु भयो ।

शुभकामना कार्यक्रममा बोल्दै राजापुर नगरपालिकाका प्रबक्ता तथा वडा नं. ६ का वडाध्यक्ष असराज न्यौपानेले मुक्ति हुनु पहिला उपिनहरुको दुख सहनै नसकिने आफुले पनि देखेको र त्यस्तो कुप्रथा परिवर्तन गर्न अहिलेको व्यवस्थाले ठूलो सहयोग गरेको वताउनु भयो ।

राजापुर नगरपालिका वडा नं. ४ का वडाध्यक्ष विदुर पोख्रेलले राजापुरमा विद्यालय तहदेखि क्याम्पससम्मको अध्ययनमा कसैले पनि पैसा तिर्न नसकेर पढाइ छोड्न नपरोस भनेर शिक्षा निःशूल्क गरेको र अबका दिनमा मुक्त कमैयाका सन्तान, दलित, सुकुम्वासीहरुलाई सीपमूलक तालिममा जोड दिएर आर्थिक उपार्जनमा सहयोग गर्नु पर्ने वताउनु भयो ।

शिक्षा विभिन्न राजनीतिक दलका नगर प्रतिनिधिहरुको सहभागिता रहेको कार्यक्रममा राजापुर नगरपालिका वडा नं. ३ का वडाध्यक्ष प्रसादु थारु, लगायतले शुभकामकना मन्तव्य दिनु भएको थियो ।

कार्यक्रम समापन गर्दै मुक्त कमैया समाज नेपाल राजापुरका नगर अध्यक्ष जगतराम थारुले आफूहरु जंजिरले वाधिएको अवस्थाबाट स्वतन्त्र भएको र पुनःस्थापना हुन बाँकी रहेका कमैयालाई तत्कालै व्यवस्थापन गर्नु पर्ने बताउनु भयो ।

कमैयाहरुको नीति तथा कार्यक्रम पास गराउन स्थानीय प्रदेश र केन्द्र सरकारलाई दवाव दिइ रहेको र राजापुर नगरपालिकाले पनि नीति तथा कार्यक्रम पारित गर्नु पर्ने धारणा राख्दै सबैमा शुभकामना दिदै कार्यक्रम समापन गर्नु भएको थियो । सरस्वती सामुदायिक वनको प्राङ्गणमा गरिएको कार्यक्रममा स्वागत

लेखकको बारेमा

भर्खरै गरेका पोस्ट

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com