राजापुर नगरपालिका को १३ औँ अधिबेशनमा -राजापुर नगरपालिकाको १ अर्ब १६ करोड ७६ लाख ३ हजार बजेट प्रस्तुत

मिन अधिका्री

राजापुर नगरपालिकाको आ व २०८१/०८२ को वजेट प्रस्तुत, बजेट घट्दो क्रममा, चालु आ ब भन्दा आगामी आब मा ८ लाख ६७ हजार कम बजेट विनियोजन राजापुर नगरपालिकाको आ व २०८१/०८२ को वजेट प्रस्तुत गरिएको छ । चालु आ ब भन्दा आगामी आ ब मा ८ लाख ६७ हजार कम गरेर राजापुर नगरपालिकाको १ अर्ब १६ करोड ७६ लाख ३ हजार बजेट प्रस्तुत गरिएको हो । नगरपालिकाले आगामी आर्थिक वर्षको बजेटमा चालु तर्फ ७९ करोड ८० लाख ८३ हजार र पूजीगत तर्फ ३६ करोड ९५ लाख २० हजार बजेट विनियोजन गरिएको छ ।

राजापुर नगरपालिकाको १३औँ अधिबेशनमा नगर प्रमुख तथा सभाध्यक्ष दिपेश थारुले प्रारम्भ गर्नु भएको सभामा आज उपप्रमुख तथा नगरसभा उपाध्यक्ष मनकला कुमारी चौधरीले आ ब २०८१/०८२ को वजेट प्रस्तुत गर्नु भएको हो । नगरपालिकाले विगतका बजेटहरुमा झैँ शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा अन्य क्षेत्रको भन्दा धेरै बजेट बिनियोजन गरेको छ । आगामाी वर्ष नगरपालिकाले कृषि एम्बुलेन्स खरिद, शब बहान खरिद, नगर प्रहरीको स्थापना र सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई प्रोत्साहन भत्ताको व्यवस्था गरेको छ । सामुदायिक विद्यालयमा गणित, अङ्ग्रेजी र विज्ञान विषयको सिकाइ उपलब्धी दर बढाउन अतिरिक्त कक्षाको व्यवस्था, जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्तिको व्यवस्था र माध्यमिक तह उत्तीर्ण विद्यार्थीहरु अनुशासित, श्रम बजारमा खपत हुन सक्ने बनाउन पठनपाठनसँगै अतिरिक्त क्रियाकलाप, खेलकुदका माध्यमबाट गुणस्तर बढाउने लक्ष्य सहित बजेट विनियोजन गरिएको छ । स्वास्थ्य तर्फ नगर भरका गर्भवती महिलालाई ६० दिनसम्म दैनिक १ लिटर दुध दिने भएको छ । स्थानीय स्तरमा उद्योग स्थापना गर्ने लगानीकर्ता र सहकारीलाई सम्मान तथा पुरस्कार दिने व्यवस्था बजेटमा गरिएको छ । राजापुर नगरपालिकाले विनियोजन गरेको बजेटमा स्थानीय तहमा सञ्चालित सञ्चार माध्यमहरुलाई भने कुनै संबोधन गरिएको छैन । असार ७ गतेदेखि चलेको १३औँ नगरसभा अर्काे सूचना नहुँदासम्मका लागि स्थगित गरिएको छ ।

लेखकको बारेमा

भर्खरै गरेका पोस्ट

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com