बर्दियाको राजापुर नगरपालिकामा आजदेखि वर्षेविदा गरिएको छ ।

बर्दियाको राजापुर नगरपालिकामा आजदेखि वर्षेविदा गरिएको छ । गर्मीकम नभएको र खेतीपातीको समय भएकाले नगरपालिकाको शिक्षा शाखाले निर्माण गरेको शैक्षिक क्यालेन्डर भन्दा १ हप्ता अघि नै वर्षे विदा गरिएको हो । वर्षे विदा अघिको शुक्रबार आज नगरपालिका भरका विद्यालयहरुमा विभिन्न अतिरिक्त क्रियाकलापहरु सञ्चालन गरिएका छन् ।

हरेक विद्यालयले पाठ्यक्रम तथा पाठ्यपुस्तकसँग सहयोग गर्ने विद्यार्थीका अन्तर निहित प्रतिभा प्रष्फुटन गर्ने उद्देश्यले अतिरिक्त क्रियाकलापको आयोजना गर्ने गरेको श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय इश्यरीगञ्जका शिक्षक गजेन्द्र गुरुङले वताउनु भयो । विगतमा विभिन्न संघ सस्था तथा स्थानीय तहहरुले बौद्धिक क्षमता बढाउने प्रशस्त अतिरिक्त क्रियाकलापहरु गर्ने गरे पनि अहिले धेरै नै कम हुने गरेको वताउनु भयो । अतिरिक्त क्रियाकलापले विद्यार्थीमा अनुशासन, सभ्यता र सकारात्मक प्रतिस्पर्धाको भावना विकास हुने श्री शरस्वती प्रावि राजापुरका प्रअ मीना श्रेष्ठले वताउनु भयो । विद्यार्थीलाई सानो पुरस्कार र टीकाले हौसला बढ्ने भन्दै आफूहरुले शुक्रबार सहक्रियाकलाप अन्तरगत अतिरिक्त क्रियाकलाप गर्ने गरेको वताउनु भयो । यस्तै आज विश्व योग दिवसका अवसरमा विद्यालयहरुमा विद्यार्थी मार्फत जनचेतना मूलक कार्यक्रम तथा योगशिक्षाका वारेमा जनचेतना जगाउने काम गरिएको छ । योगले हाम्रो शरिरलाई स्वस्थ बनाउने भन्दै श्री जनचेतना मा वि राजापुर १० मंगलपुर खैरीचन्दनपुरका छात्रछात्राले योग दिवस सम्बन्धी नारा लेखिएका प्ले कार्ड सहित परिक्रमा गरेका थिए । वर्षे विदा पछि विद्यालयहरु श्रावण १ गतेबाट सञ्चालन हुने छन् ।

लेखकको बारेमा

भर्खरै गरेका पोस्ट

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com