बर्दियाको राजापुर नगरपालिकाको १३औँ नगर अधिवेशन सुरु, कृषि क्षेत्रको विकासमा जोड, वार्षिक नीति तथा कार्यक्रममा सञ्चार क्षेत्र ओझेलमा ।

मिन अधिका्री

राजापुर नगरपालिकाको १३औँ नगर अधिवेशन सुरु भएको छ । नगर सभामा आर्थिक वर्ष २०८१-०८२ को वार्षिक नीति तथा कार्यक्रम नगर उपप्रमुख मनकला कुमारी चौधरीले प्रस्तुत गर्नु भएको छ ।

नगरपालिकाले स्थानीयवासीको जीवनस्तर माथि उकास्दै गरिबी निवारणका लागि आर्थिक समृद्धि, सुशासन, सामाजिक समावेशीकरण, समावेशी विकास, सामाजिक न्याय, र आयको समुचित वितरण हुने लक्ष्य लिएको छ ।

नगरको चौतर्फी विकास र समृद्धिका लागि नीति तथा कार्यक्रममा आर्थिक विकास सम्बन्धी नीति अन्तरगत कृषि तथा सहकारी सम्बन्धी नीतिः कृषिमा लगानी, जनताको आम्दानी, राजस्व परिचालन एवम् अभिवृद्धि सम्बन्धी नीतिहरु, पूर्वाधार सम्बन्धी नीतिहरुमा गुणस्तरीय पूर्वाधारः राजापुर नगरपालिकाको समृद्धिको आधार, सडक तथा पुल निर्माण,

सिँचाई तथा नदी नियन्त्रण, खानेपानी तथा सरसफाई, व्यवस्थित बसोवास तथा भवन निर्माण, सामाजिक विकास सम्बन्धी नीति अन्तर्गत स्वास्थ्य नीतिमा स्वस्थ जीवनको चाहना राजापुरमा अर्गानिक खाना, शिक्ष सम्बन्धी नीतिमा राजापुर नगरको ऐक्यबद्धता, शिक्षामा गुणस्तरीयता, महिला तथा सशक्तीकरण तथा बालबालिका सम्बन्धी नीति, युवा तथा खेलकुद नीति, संस्कृति तथा पर्यटन, वन तथा वातावरण तथा विपत् व्यवस्थापन सम्बन्धी नीति, सुशासन तथा संस्थागत विकास सम्बन्धी नीति, दीगो विकास,

सेवा प्रवाह, सुशासन तथा संस्थागत विकास, विविध, रोजगार तथा स्वरोजगार सम्बन्धी नीति, सामाजिक न्याय विवाद समाधान तथा निरुपण नीति, विकास साझेदारसँगको सहकार्य लगायतका कार्यक्रमहरु यस आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेटिएको छ । करिब १ सय ५ बढि बुदाँमा ल्याईएको नीति तथा कार्यक्रममा समाज परिवर्तनमा जनतासँग प्रत्यक्ष सरोकार राख्ने यस क्षेत्रका सञ्चार क्षेत्रलाई भने कहि कतै समेट्न सकेको देखिएको छैन् । नगर सभा असार ९ गते ७ वजे बस्ने गरी स्थगित भएको छ ।

लेखकको बारेमा

भर्खरै गरेका पोस्ट

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com