बर्दियाको राजापुरमा बाढीपूर्व कृत्रिम घटना अभ्यास गरिएको छ ।

बर्दियाको राजापुरमा बाढीपूर्व कृत्रिम घटना अभ्यास गरिएको छ । विश्व वातावरण दिवसको अवसर पारेर आज राजापुर नगरपालिकाको वडा नम्बर १, ३, ४, ७, ९ र १० का बिभिन्न स्थानमा घटना अभ्यास गरिएको हो ।

राजापुर क्षेत्र नेपाल कै ठूला दुई नदीले घेरिएकाले जति बेला पनि बाढी र डुवान हुन सक्ने भन्दै राजापुर नगरपालिकाको आयोजनामा राजापुर क्षेत्रमा कार्यरत संघ संस्थाले संयुक्त रुपमा अभ्यास गराएका हुन् ।

बाढीको बेला हुनसक्ने जोखिम र तत्कालै त्यसको प्रभावकारी खोज तथा उद्धारमा प्रयोग हुने सामग्री, जोखिम समुहका व्यक्तिहरु र उद्धारकार्यलाई प्रभावकारी बनाउने उद्देश्यका साथ बाढी कृत्रिम घटना अभ्यास गराइएको राजापुर नगरपालिकाका विपद् सम्पर्क व्यक्ति खुशीराम चौधरीले जानकारी दिनुभयो ।

कृत्रिम घटना अभ्यास कार्यक्रममा कर्णाली नदीको जलसतहबारे समुदायलाई मोवाइल एसएमएसद्वारा जानकारी दिनुका साथै, साइरन बजाउने, सुरक्षित भवनमा लैजान सघाउने, अन्नवाली, पशुवस्तु सुरक्षित स्थानमा सार्ने, तत्कालका लागी सुख्खा खानेकुराको व्यवस्थापन गर्ने लगायतको अभ्यास गरिएको थियो । घटना अभ्यासमा उद्धार गरी ल्याइएका घाइतेलाई नेपाल रेडक्रस सोसाइटीको प्राथमिक उपचार टोलीले प्राथमिक उपचार सेवा प्रदान गरी नजिकको अस्पतालमा पठाउने कार्य समेत गरेको र राजापुर क्षेत्रको विपद् को अबस्त्त्था र राजापुर नगरपालिकाले विपद्को क्षेत्रामा गरिएको राम्रो कामको बारेमा सरोकार वालाहरु लाइ नगर उपप्रमुख मनकला चौधरी ले जानकारी समेत गराउनु भयको थियो ।

कृत्रिम घटना अभ्यासमा स्थानीय बिपद समितीका पदाधीकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, संघ सँस्थाका पदाधिकारी एवं सरोकारवाला निकायहरु सहभागी थिए । यस्तै विशव वातावरण दिवसका दिन राजापुरका अधिकांश विद्यालयहरुले वृक्ष रोपण, गोडमेल तथा सरसफाई गरेर मनाएका छन् । राजापुर क्षेत्रकै अग्रणी विद्यालय अमर शहिद श्री दशरथ चन्द मा वि राजापुरका शिक्षक विद्यार्थीहरुले विद्यालय प्राङ्गण, खेल मैदानको सरस

लेखकको बारेमा

भर्खरै गरेका पोस्ट

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com