१७ औ गणतन्त्र दिवशको अवसरमा राजापुर नगरपालिका वडा नं. ४ मा अवस्थित धार्मिक तथा पर्यटकीय स्थाल गणेशथान मन्दिर परिसरमा वृक्षारोपण तथा सरसफाई कार्यक्रम गरिएको छ ।

१७ औ गणतन्त्र दिवशको अवसरमा राजापुर नगरपालिका वडा नं. ४ मा अवस्थित धार्मिक तथा पर्यटकीय स्थाल गणेशथान मन्दिर परिसरमा वृक्षारोपण तथा सरसफाई कार्यक्रम गरिएको छ । राजापुर नगरपालिकाको आयोजना र ईलाका प्रहरी कार्यालयको सहकार्यमा मा १७ औँ गणतन्त्र दिवशको अवसरमा वृक्षारोपण तथा सरसफाई गरिएको हो ।

वृक्षारोपण तथा सरसफाई कार्यक्रममा राजापुर नगरपालिकाका नगर प्रमुख दिपेश थारुले सम्पुर्ण नगरपालिकाबासीहरुमा १७ औँ गणतन्त्र दिवशको अवसर शुभकामना दिदै देशमा गणतन्त्र स्थापनाका लागि धेरै नेपाली जनताले बलिदान दिएको र बलिदानबाट प्राप्त संविधान लाई लोकतान्त्रिक गणतन्त्रले संस्थागत गरि हरेक नागरिकहरुको हक अधिकार सुनिश्चितता गरेको बताउनु भएको हो ।

गणतन्त्रको उपलब्धि भनेको सोजासाजा,निमुखा जनताहरुले अहिले हक अधिकारको ओकालत गर्दै राज्यको विभिन्न निकायमा रहेर काम गरिरहेको समेत बताउनु भएको छ ।

यस्तै नगर उपप्रमुख मनकला कुमारी चौधरीले लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि १० वर्षे जनयुद्धध र १९ दिने जनआन्दोलनले महत्वपुर्ण भुमिका खेलेको भन्दै नेपाली जनताले प्राप्त संविधानलाई संस्थागत रुपमा विकास गरि हरेक नागरिकहरुको प्रत्याभुति हुने गरि विकास गर्नूपर्ने भन्दै स्थानिय सरकारले संविधानको मर्म अनुरुप विकास निमार्णका कामहरु गरिरहेको बताउनु भएको छ ।

कार्यक्रममा नगरपालिकाका १० वडाका वडा अध्यक्षहरु,नेपाल प्रहरी,सशस्त्र प्रहरी, कर्मचारी ,पत्रकार,समाजसेवी ,बुद्धधिजिविहरुकोे उपस्थितमा विभिन्न जातका बोट विरुवा रोपेर १७ औँ गणतन्त्र दिवशको अवसर आज विहान गणेशथान मन्दिर परिसरमा वृक्षारोपण तथा सरसफाई गरियो भने साझँ राजापुर बजारको मेन चोकमा दिपप्रज्जोलन गरेर मनाइएको छ ।

लेखकको बारेमा

भर्खरै गरेका पोस्ट

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com