राजापुर नगरपालिका मा जनप्रतिनिधी र कर्मचारी विच आरोप प्रति आरोप छुटाछुटै विज्ञप्ती जारी ।

राजापुर नगरपालिकाका कर्मचारीहरुले बिज्ञप्ती जारीगर्दै नगर उपप्रमुख मनकला कुमारी चौधरी समक्ष ध्यानाकर्षण गराएका छन् । राजापुर नगरपालिका वडा नम्बर २ का अध्यक्ष रामचन्द्र चौधरीले नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेन्द्र जंग शाहीलाई अपमान तथा अभद्र व्यवहार गरेको भन्दै उनीहरुले बिज्ञप्ती जारी गरेका छन् ।

नियमित कामकाजमा खटिएका बेला एक्कासी कार्यकक्षमा आइ स्थानिय सरकारका जिम्मेवार वडा अध्यक्षले गरेको दुव्र्यवहारले सिंगो कर्मचारीको मनोवल गिरेको कर्मचारीहरुले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।

अभद्रपुर्ण व्यवहारको छानबिनगरी दोसीलाइ कार्वाही गर्न विज्ञप्ती मार्फत राष्ट्रसेवक कर्मचारीलाई शान्तीपूर्ण वातावरणमा काम गर्न र कर्मचारीको बाच्नपाउने अधिकारको पूर्ण सुनिश्चितता गर्न जोडदार माग गरिएको छ । यसैबिच राजापुर नगरपालिका वडा नं २ का अध्यक्ष रामचन्द्र चौधरी र नेपाली कांग्रेस राजापुरका कार्यवाहक सभापती कमल पाण्डेद्वारा अलग अलग जारी

बिज्ञप्तीमा कर्मचारीले जारीगरेको बिज्ञप्तीको खण्डनगर्दै उक्त आरोप मिथ्या भ्रामक भएको बताईएको छ । बुढीकूलो उपभोक्ता सरसफाइ समितीले राजापुर नगरपालिकाको बजेटवाट मुहान ओखरिया इन्टेक सरसफाइ योजना स्वीकृत भई प्रमुख प्रशासकिय अधिकृत शाहीवाट कार्यादेश लिई काम सम्पन्न गरेकोमा बजेटको निकाशा दिन आलटाल गरेको विज्ञप्तीमा उल्लेख छ । उपभोक्ता समितीको गुनासो आएकाले रकम निकासा केकती कारणले रोकिएको भनि नगरपालिकामा जाँदा प्रमुख प्रशासकिय अधिकृत शाहीले निकासा रोकिदिने भन्दै चूनौति दिएकोमा प्रतिवाद गरेको उल्लेख गरिएको छ ।

कर्मचारी परिवारले जारी गरेको प्रेस विज्ञप्ती प्रति
नेपाली काग्राँस नगर कमिटिले घोर भ्रर्त्सना गरेको छ ।

पालिका कर्मचारीहरुले सत्य तथ्य सवाललाई बङ्गाएर सामाजिक मान प्रतिष्ठा चरित्रहत्या गर्न खोजिएको वडाध्यक्षको जारी बिज्ञप्तीमा भनिएको छ । यस्तै नेपाली काङ्ग्रेश नगर कार्य समितिले समेत हिजोको घटनाको खण्डन गर्दै गम्भीर ध्यानाकर्षण भएको भन्दै विज्ञप्ती निकालेको छ । कार्यादेश समेत दिएर काम सम्पन्न भएको योजनाको निकासी दिन समेत दादागिरी शैलीमा रबैया देखाए पछि प्रतिरक्षा गरेको र दुरासय युक्त मनसायले विना नामको कर्मचारीहरुले हस्ताक्षर गरी निकालिएको विज्ञप्तीले प्रतिष्ठित र सम्मानित व्यक्तिको राजनितिक, सामाजिक चरित्र हत्या गर्न खोजेको नेपाली काङ्ग्रेशले आरोप समेत लगाएको छ ।

लेखकको बारेमा

भर्खरै गरेका पोस्ट

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com