खाद्य स्वच्छता सुरक्षा प्राप्तिमा नविनतम प्रविधि विषयक अन्तक्रिया कार्यक्रम सम्पन्न, उखु खेती तर्फ लाग्न किसानलाई आग्रह ।

खाद्य स्वच्छता सुरक्षा प्राप्तिमा नविनतम प्रविधि विषयक अन्तक्रिया कार्यक्रम सम्पन्न, उखु खेती तर्फ लाग्न किसानलाई आग्रह ।खाद्य स्वच्छता सुरक्षा प्राप्तिमा नविनतम प्रविधि विषयक अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । लुम्बिनी प्रदेश र सुदुर पश्चिम प्रदेशमा नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिज्ञ संघ (नेफ्रोष्टा) को आयोजनामा टिकापुर पार्कमा कार्यक्रम सम्पन्न गरिएको हो ।

मानवीय स्वास्थ्यमा खाद्य वस्तुले महत्वपूर्ण भूमिका खेल्ने भएकाले सबैले सधै खाने वस्तु स्वच्छ सफा र शुद्ध हुनु पर्ने भन्दै नेफ्रोष्टा का अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि अतुल उपाध्यायले सरकारले खाद्य प्रविधिमा जोड दिदै निर्यातमुखी वैज्ञानिक खाद्य कार्यक्रम ल्याउनु पर्ने बताउनु भयो ।

नेफ्रोष्टाले दुई प्रदेशलाई विशेष ध्यान दिदै कैलालीको टिकापुरमा प्राविधिक विद्यालय खोल्न सरकारसँग पहल गर्ने धारणा राख्नु भयो । बर्दियाको राजापुर र कैलाली जिल्ला उखु खेतीको हव रहेको र किसानलाई परम्परागत रुपले गर्ने धान गहुँ खेतीभन्दा फरक तरिकाले कसरी आर्थिक रुपले सबल बनाउन सकिन्छ भन्ने कुरामा वक्ताहरुले जोड दिएका थिए ।

कार्यक्रमको समापन गर्दै सुदुर पश्चिम प्रदेश नेफ्रोष्टा अध्यक्ष तथा राजापुर सुगर एण्ड क्यामिकल इण्डस्ट्रिज प्रालिका कार्यकारी प्रमुख एस के महत्तोले राजापुरमा सुगर मिलले टीकापुर र राजापुरका किसानको जीवन उकास्न उखु खेतीलाई प्रवद्र्धन गर्ने बताउनुभयो । उहाँले किसानलाई उखु खेतीमा आकर्षित हुन आग्रह गर्नुभयो । नेपालमा आवश्यक चिनी ३० देखि ४० प्रतिशत मात्र नेपालमा उत्पादित रहेकाले उखु खेती खपत हुने बताउनुभयो । महत्तोले उद्योग दीगो बनाउनका लागि उत्पादित सामानको गुणस्तर राम्रो हुनुपर्ने बताउँदै यसलाई अझ राम्रो बनाउन खाद्य सुरक्षा, कम्पनीका सामानको सुरक्षा, बजार व्यवस्थापन जस्ता कुरामा समेत ध्यान दिन नयाँ टेक्नोलोजि प्रयोग आवश्यक रहेको बताउनुभयो । नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिक संघका महासचिव प्रविण ओझा खाद्यमा काम गर्ने प्राविधिक एकिकृत हुन विभिन्न ठाउँमा भेला हुने र खाद्य प्राविधिकको दायित्वबारे छलफल हुन थालेको बताउनुहुन्छ । नेफोस्टाले खाद्य सुरक्षाका क्षेत्रमा विगत ४० वर्षदेखि काम गर्दै आएको छ । अन्तक्रिया कार्यक्रममा बर्दिया उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष कृष्ण कुमार रेग्मी, अधिबक्ता महादेब रत्गैया, कृषि व्यवसायी भुवन वास्तोला सहित नेफोष्टाका सदस्यहरुको उपस्तिथि रहेको कार्यक्रम सुमन लामिछानेले सञ्चालन गर्नुभएको थियो ।

लेखकको बारेमा

भर्खरै गरेका पोस्ट

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com