राजापुरमा रक्तअल्पता सम्बन्धि परीक्षण गरिएको छ

बर्दियाको राजापुरमा रक्तअल्पता सम्बन्धि परीक्षण गरिएको छ । राजापुर नगरपालिका वडा नं. ८ मा रहेको भेरी मावि ललितापुर धोविनपुरमा अध्ययनरत छात्राहरुमा रक्तअल्पता सम्बन्धि परीक्षण गरिएको हो ।

विद्यालयमा अध्ययनरत २ सय छात्रामा गरिएको परिक्षणमा ८४ जनामा रक्त अल्पता भेटिएको छ ।

राजापुर नगरपालिका स्वास्थ्य शाखाका प्रमुख गणेश अर्यालले यो क्षेत्रमा सिकलसेल एनेमिया रोग रहेकाले प्रदेश सरकार, स्वास्थ्य कार्यालय बर्दियाको आयोजना र स्थानीय पालिकाको समन्वयमा सबै विद्यालयमा परीक्षण गरिने वताउनु भयो । आधारभूत स्वास्थ्य केन्द्रका प्रमुख विवेक अधिकारीले छात्रामा रक्त अल्पता देखिएको र यसबाट वच्न आइरन फोलिक एसिड चक्की प्रत्येक महिना खानु पर्ने वताउनु भयो ।

लेखकको बारेमा

भर्खरै गरेका पोस्ट

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com