लुम्विनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री धर्मवहादुर चौधरीले बिद्यालयमा राजनीतिक नगर्न शिक्षकहरुलाई आग्रह गर्नुभएको छ ।

केशव कोइराला

लुम्विनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री धर्मवहादुर चौधरीले बिद्यालयमा राजनीतिक नगर्न शिक्षकहरुलाई आग्रह गर्नुभएको छ । राजापुर नगरपालिकाले आयोजना गरेको पाँचौ मेयर कप तथा १६ औं राष्ट्रपति रनिङ सिल्ड छनौट प्रतियोगिताको उद्घाटन समारोहलाई सम्वोधन गर्दै यस्तो बताउनुभएको हो ।

बिध्यालयमा शिक्षकले राजनीतिक गर्दा बिध्यार्थीको भविश्य अन्योल हुन्ुका साथै नतिजा नराम्रो आउदा बिदेश पलायन हुनुपर्ने बाध्यता आउने भन्दै सजग रहन शिक्षकहरुलाई सुझाउनुभयो । यस क्षेत्रको शैक्षिक बिकासकालागी सांसद क्षेत्र बिकास कोष मार्फत राजापुर र गेरुवाका २ बिद्यालयकालागी आफुले बजेट बिनीयोजन गरेको भन्दै मंत्री चौधरीले ठूलो आकारको बजेट एउटै ठाउमा लगाउँदा प्रतिफल राम्रो आउने धारणा राख्नुभयो ।

यस क्षेत्रको बिकासगर्नु आफ्नो कर्तव्य भएको भन्दै मंत्री चौधरीले निमार्णाधिन राजापुर रंगशालालाई आफ्नै पालामा पूर्णता दिने उद्घोष गर्नुभयो । मंत्री चौधरीले बिकास निमार्ण तर्फ इंकित गर्दै सुगौली संधिमा उल्लेखित बुँदा कसैले तोडमोड गर्न नसक्ने भन्दै कतर्निया नाका आफ्नै पालामा समेत खोल्ने दावी गर्नुभयो ।

कार्यक्रममा बोल्दै राजापुर नगरपालिकाका उप प्रमुख मनकला कुमारी चौधरीले राजापुर नगरपालिका शैक्षिक सुधारमा प्रयत्नशिल रहेको भन्दै यसक्षेत्रका बिध्याथीसँग भएको बहुप्रतिभाको कदर गर्नुभयो ।

यहाँका बिध्यार्थीमा बहुप्रतिभा छ उहाले भन्नुभयो “बिध्यालयको शैक्षिक सुधार र बिध्यार्थीको प्रतिभा प्रोत्साहनमा हामि निरन्तर लाग्नेछौं।” कार्यक्रममा बोल्दै शिक्षक महासंघ राजापुरका अध्यक्ष राजकुमार रेग्मीले शिक्षकहरु बिध्यालयको शैक्षिक सुधार र बिध्याथीको पठनपाठनमा तल्लीन भएपनी नगरपालिकाले महासंघलाई बेवास्ता गरेको आरोप लगाउदै आगामी दिनमा समन्वय गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाली कांग्रेशका नगर उपसभापति खुशीराम चौत्ररी, नेकपा एमालेका नगर अध्यक्ष शर्मा चौधरी, नेकपा माओवादीका नगर अध्यक्ष चिन्तमाणी आचार्य, वडा नं ९का अध्यक्ष बिष्ण प्रसाद थारु लगायतले शुभकामना मन्तव्य व्यक्र गर्नुभयो । कार्यक्रममा उपस्थित अतिथीहलाई राजापुर नगरपालिकाका समाजिक बिकास संयोजक रमेश थारुले स्वागत मन्तव्य व्यक्त गर्नुभयो ।

उद्घाटन समारोहमा राजापुर नगरपालिकाका सामुदायीक तथा सँस्थागत बिध्यालयका बिध्याथीहरुले मार्चपास प्रदर्शन गरेका छन् । राजापुर नगरपालिकाका प्रमुख दपेश थारुको अध्यक्षतामा आयोजित उद्घाटन समारोह समापन सँगै आज भएको १५ सय मिटर छात्र–छात्रा दौडमा छात्र तर्फ कालिका माध्यामिक बिध्यालय चनौराका निरज चलाउने प्रथम नेपाल राष्ट्रिय माध्यामिक बिध्यालय गोडियानाका अर्जुन क्षेत्री दोश्रो र रिनेशा बोर्डिङ स्कुल राजापुरका ललित जंग शाही तेश्रो भएका छन् । यस्तै छात्रा तर्फ कालिका माध्यामिक बिध्यालय चनौराकी पुजा शाही प्रथम अमरशहिद श्री दशरथचन्द माध्यामिक बिध्यालय राजापुरकी राधा सुनार दोश्रो र बुद्व आधारभुत बिध्यालय भिम्मापुरकि गौरीराना तेश्रो भएकी छन् । पाँचौ मेयर कप तथा १६ औं राष्ट्रपति रनिङ सिल्ड छनौट प्रतियोगिता भोलीबाट लङ जम्प,हाइजम्प,दौड रिले दौड कवड्डी,मार्सल आर्ट लगायतका खेल हुनेछन् । प्रतियोगिता १७ गते सम्म संचालन गरिने आयोजकले जनाएको छ ।

केशव कोइराला

लेखकको बारेमा

भर्खरै गरेका पोस्ट

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com