बर्दियाको राजापुर नगरपालिकाले हिउँदे अधिवेशनको आरम्भ गरेको छ ।

बर्दियाको राजापुर नगरपालिकाले हिउँदे अधिवेशनको आरम्भ गरेको छ । आज पौष २४ गतेदेखि १२औ नगरसभा सुरु भएको हो ।

राजापुर नगर पालिकाका नगर प्रमुख दिपेश थारुको सभाध्यक्षतामा सुरु भएको नगरसभामा कार्यपालिका सदस्यहरुको उपस्थिति रहेको थियो । विहानको ११ वजेदेखि सुरु भएको हिउँदे नगर सभामा विधायन समितिका संयोजक तथा वडा नं. ८ का वडाध्यक्ष राजेश थारुले वातावरण तथा प्राकृतिक संरक्षण सस्यौदा विधेयक, २०८० प्रस्तुत गर्नु भएको थियो ।

सामाजिक विकास समितिका संयोजक तथा वडा नं. ५ का वडाध्यक्ष रमेश दहितले शिक्षा ऐन २०८०को संशोधन सम्बन्धमा दफा ९ र भौतिक पूर्वाधार विकास समिति संयोजक शिवलाल थारुले वार्षिक बजेट तथा कार्यक्रम २०८० मा भएको केही योजनाको संशोधन सभामा पेश गर्नु भएको थियो । आज पेश भएको संशोधन विधेयकमा माघ ५ गते दफावार छलफल गर्ने भन्दै आजको बैठक स्थगित भएको छ ।

लेखकको बारेमा

भर्खरै गरेका पोस्ट

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com