बर्दियाको राजापुरमा रहेको शुशेली बहुमुखी सहकारी संस्था लिमिटेडले आफ्नो स्थापनाको १६औ वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

बर्दियाको राजापुरमा रहेको शुशेली बहुमुखी सहकारी संस्था लिमिटेडले आफ्नो स्थापनाको १६औ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । राजापुर नगरपालिकामा रहेका आर्थिक रुपले विपन्न घर परिवारको आर्थिक स्तर उठाउने उद्देश्यका साथ २०६४ सालमा स्थापना भएको शुशेलीले आज १६ औ साधारण सभा सम्पन्न गरेको हो ।

राजापुर क्षेत्रमा नै पहिलो पल्ट पशुपालक किसानलाई मध्य नजर गरी दुध संकलन र चिस्यान केन्द्रको स्थापना गरी सञ्चालनमा रहेको शुशेली सहकारीमा अहिले ५ सय शेयर धनी रहेका छन् । सहकारीका अध्यक्ष टीकाराम रेग्मीको सभाध्यक्षतामा आयोजित साधारण सभाको प्रमुख अतिथि वडा नं. ८ का वडाध्यक्ष राजेश थारु र विशिष्ट अतिथिमा वडा नं. ९ का वडाध्यक्ष विष्णु प्रसाद थारु, सहकारी सञ्जालको नगर अध्यक्ष तथा दिदी बहिनी साना किसान कृषि सहकारी संस्थाकी अध्यक्ष सिता अर्याल रहनु भएको थियो । अन्य अतिथिहरुमा संस्थाका शेयर धनीहरु, समाजसेवी बुद्धिजीवि, पत्रकारहरु रहनु भएको थियो ।

सभालाई सम्बोधन गर्दै प्रमुख अथिति चौधरीले राजापुर क्षेत्रका किसानहरु लगनशिल भएर सहकारीमा आबद्ध रहे बुढेसकालको सहारा हुने र आर्थिक रुपले जीवनस्तर उठाउ सहकारीहरुलाई अहिलेको समय अग्नी परीक्षाको समय भएको बताउदै अझैँ धेरै पारदर्शी र उत्तरदायी हुनु पर्ने वताउदै साधारण सभा पूर्ण सफलताको कामना गर्नु भएको थियो ।

वार्षिक साधारण सभामा विशिष्ट अतिथिको आशनबाट बोल्दै वडा नं. ९ का वडाध्यक्ष थारुले संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्दै स्थानीय सरकारसँग हातेमालो गर्दै अगाडि बढे आफुहरु सकारात्मक सहयोग गर्न तयार रहेको वताउनु भएको थियो । विशिष्ट अतिथि अर्यालले शुशेली बहुमुखी सहकारी भएकाले पनि धेरै क्षेत्रमा काम गर्न सक्ने भएकाले शेयर धनी संख्या बढाउनु पर्ने, आफ्ना शेयर धनी र सदस्यहरुको आर्थिक जीवन स्तर केकति परिवर्तन गर्न सकिएको छ भन्ने कुरालाई विशेष रुपले मूल्याङ्कन गर्नु पर्ने धारणा राख्नु भएको थियो । संस्थाले आ व २०७९।०८० मा १ करोड ८१ लाख ७४ हजार २८ रुपैया आम्दानी र सहकारीको कुल खर्च १ करोड ६८ लाख ५८ हजार १ सय ८ रुपैया रहेको आर्थिक प्रतिवेदन पेश गर्दै सहकारीका अध्यक्ष रेग्मीले शुशेली नाफामुखी सहकारी नभएर सेवामूलक संस्था भएको बताउनु भयो ।

पशु पालनलाई मुख्य पेशामा प्रबद्र्धन गर्दै सहकारीले मुख्य गरी दुध संकलन गर्ने र बजारीकरण गर्नु मुख्य चुनौति रहेको वताउनु भयो । सहकारीको विकास र स्तरोन्नति गर्न स्थानीय सरकारले विशेष ध्यान दिनु पर्ने भन्दै प्रगति प्रतिवेदन पेश गर्नु भएको थियो । कृष्ण चन्द्र चौलागाइले स्वागत मन्तव्य गर्नु भएको कार्यक्रमको सञ्चालन पदमऋषि चौलागाईले गर्नु भएको थियो ।

लेखकको बारेमा

भर्खरै गरेका पोस्ट

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com