बर्दियाको राजापुरमा रहेको दिदि बहिनी साना किसान कृषि सहकारी संस्था लिमिटेडले आफ्नो स्थापनाको १२औँ वार्षिक साधारण सभा भव्य रुपले सम्पन्न गरेको छ ।

बर्दियाको राजापुरमा रहेको दिदि बहिनी साना किसान कृषि सहकारी संस्था लिमिटेडले आफ्नो स्थापनाको १२औँ वार्षिक साधारण सभा भव्य रुपले सम्पन्न गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि साना किसान सहकारीका जन्मदाता तथा नेपाल कृषि केन्द्रीय संघका उपाध्यक्ष पूर्ण शर्माले सहकारीले सञ्चालन गर्न लागेको चिउरा भुजा उद्योगका लागि २ करोड सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।

राजापुर क्षेत्रका दिदी बहिनीहरु लगनशिल भएर सहकारीमा आबद्ध रहे बुढेसकालको सहारा हुने र जीवनस्तर उकास्न सकिने बताउनु भयो । कानुनी हिसाबले मिल्ने भए राजापुर नगरपालिकाले शेयर लगानी गर्दै अपनत्व लिएर सहकारी संस्थासँग मिलेर काम गर्न आग्रह गर्नु भएको थियो ।

वार्षिक साधारण सभामा विशिष्ट अतिथिको आशनबाट बोल्दै वडा नं. ३ का वडाध्यक्ष प्रसादु थारु, वडा नं. ४ का वडाध्यक्ष विदुर पोख्रेल वडा नं. ८ का वडाध्यक्ष राजेश थारुले संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्दै स्थानीय सरकारसँग हातेमालो गर्दै अगाडि बढे आफुहरु सकारात्मक सहयोग गर्न तयार रहेको वताउनु भएको थियो ।

सहकारीले आफ्ना शेयर धनी र सदस्यहरुको आर्थिक जीवन स्तर केकति परिवर्तन गर्न सकिएको छ भन्ने कुरालाई विशेष रुपले मूल्याङेकन गर्नु पर्ने धारणा राख्नु भएको थियो ।

कार्यक्रममा संस्थाको अध्यक्ष तथा सभाध्यक्ष सीता अर्यालले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदनमा शेयर सदस्य संख्या १४११, समूह संख्या २७८, कुल पुजी १० करोड ७ लाख ९५ हजार, कुल निक्षेप बचत ५ करोड १३ लताख ४४ हजार र लगानी रकम ११ करोड १४ लाख ९४ हजार रहेको छ ।

१२ औ साधारण सभामा सहभागि विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरुलाई स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष निता थापाले गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन प्रबन्धक मिना चौधरीले गर्नु भएको थियो ।

लेखकको बारेमा

भर्खरै गरेका पोस्ट

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com