गेरुवामा बिजुलीको तार सर्ट भई गोठमा आगलागी, सवा चार लाख वरावरको क्षति

पुस्कर काफले

बर्दियाको गेरुवामा एक गाेठमा आगलागी भएकाे छ । गेरुवा गाउँपालिका वडा नं. १ जनकनगर (पश्चिमपुरुवा) मा विजुलीको तार सर्ट भई गोठमा आगलागी भएकाे प्रहरीले जनाएकाे छ ।

आगलागीबाट सवा चार लाख वरावरको क्षति भएको छ ।सोमवार राती करिव १ बजे तिर जनकनगर बस्ने कृष्ण प्रसाद थारुको धर छेउमै रहेको खरवारले बनेको २ कोठे २ तले गोठमा आगलागी भएको हो ।

आगलागीबाट गोठमा रहेको डल्लप, ४ वटा बंगुरका पाठा, धानको वीउ राख्न प्रयोग गरिने ५ सय वटा ट्रे, घर वनाउन प्रयोग गरिने सिसमको काठ तथा दैनिक उपभोग्य सामानहरु जली करिव ४ लाख २७ हजार वरावरको क्षति भएको प्रहरीले जनाएको छ ।आगलागीवाट मानविय क्षति भने भएको छैन । केही दिन अघि मात्र गेरुवा ६ नारायणपुरमा समेत एक गाेठमा आगलागी भएकाे थियाे ।

लेखकको बारेमा

भर्खरै गरेका पोस्ट

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com