बर्दियाको राजापुरमा रहेको युनिक नेपालको २८औँ साधारण सभा सम्पन्न भएको छ ।

बर्दियाको राजापुरमा रहेको युनिक नेपालको २८औँ साधारण सभा सम्पन्न भएको छ ।

न्यून आय आजर्न भएका स्थानीयको जीवन स्तर उकास्ने उद्देश्य सहित २०५२ सालमा राजापुर नगरपालिका २ जोतपुरमा स्थापना भएको युनिक नेपाल संस्थाले २८औँ वार्षिक साधारण सभा भव्य रुपले सम्पन्न गरेको हो ।

संस्थाले अन्तर्राष्ट्रिय सहयोगी संस्थाहरु युएनडीपी, जीइएफ, एसजीपि लगायत बिभिनसंस्थाहरु सँग साझेदारी गरेर राजापुर नगरपालिका र गेरुवा गाउँपालिकामा शिक्षा स्वास्थ्य तथा कृषी क्षेत्रमा उल्लेख्य सहयोग गर्दै आएको छ । युनिकले विशेष गरी शिक्षा सम्बन्धी कार्यक्रमलाई जोड दिए पनि युवा सशक्तीकरण,थारु साहित्य संस्कसति र आदिवासी ज्ञान, पर्यावरणीय गाउँ विकास,पुस्तकालय, अनुसन्धान तथा प्रकासन र संचार, भौतिक पूर्वाधारहरुमा सुरक्षा निकायका भवन, विट निर्माण तथा रङ्रोगन, शसस्त्रलाई आवश्यक सामग्री हरुतान्तरण, सडकमा ह्युम पाइप र विद्यालयमा सहयोग गर्दै आएको छ ।

संस्थाले संस्थागत विकास तथा कार्यालय व्यवस्थापन, एम्बुलेन्स सञ्चालन, वाह्य अनुदानका कार्यक्रमका लागि म्याचिङ्ग फण्ड सहित बर्दियाली आदिवासी समुदायमा नवीकरणीय उर्जा प्रविधिको प्रवद्र्धन मार्फत आदिवासी अभ्यास र उद्यमशीलतालाई सहयोग गर्दै आएको छ । कार्यक्रममा शुभकामना मन्तव्य दिदै वक्ताहरुले संस्थाको सहयोगले न्यून आयआर्जन भएका स्थानीयको विकास भएको, लक्षित वर्गले छात्रवृत्ति पाएको भन्दै थप समाजसेवी संस्था बन्नु पर्ने धारण सहित सफलताको शुभकामना दिनु भएको थियो । साधारण सभालाई संबोधन गर्दै प्रमुख अतिथि डा दहितले विगतमा संस्था स्थापना हुँदाको अवस्था र अहिलेको अवस्था निकै परिवर्तन भएको र यसको विकासका लागि यहाँका स्थानीय, शुभ चिन्तकहरुको साथ र सहयोग आगामी दिनहरुमा पनि भइरहने विश्वास लिदैँ संस्थाका सम्पूर्ण पदाधिकारीहरु अझै बढी जिम्मेवार बन्नु पर्ने धारणा राख्नु भएको थियो । युनिक नेपालका अध्यक्ष प्रिम बहादुर थारुको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि युनिक नेपालका संस्थापक संरक्षक तथा पूर्व भूमि सुधार तथा व्यवस्था मन्त्री डा गोपाल दहित रहनु भएको थियो । कार्यक्रमको अतिथिमा वडा सदस्य राम कुमार थारु, पूर्व अध्यक्ष नरेन्द्र थारु, विभिन्न शाखाका संयोजकहरु, बाला बजार व्यवस्थापन समितिका अध्यक्ष कृष्ण थारु, संस्थाका सदस्यहरु, जोतपुरका बरघरहरु, समाजसेवी, बुद्धिजीवि पत्रकारहरु रहनु भएको थियो ।

लेखकको बारेमा

भर्खरै गरेका पोस्ट

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com