बर्दियाको भौरा क्षेत्रमा चिसो बढेको छ ।

बर्दियाको भौरा क्षेत्रमा चिसो बढेको छ । राजापुर नगरपालिका र गेरुवा गाउँपालिका रहेको भौरा क्षेत्रमा दुई दिन देखि पारिलो घाम नलागेर चिसो बढेको हो ।

चिसो बढेसँगै यस क्षेत्रका विद्यालय जाने केटाकेटी तथा जेष्ठ नागरिकलाई समस्या हुने देखिएको हो । आकाशमा बादल लागेर चिसो बढेको छ चिसो बढेमा कृषि बाली तथा पशु चौपायामा समेत असर पर्ने किसानको भनाई छ । व्यवसायिक रुपमा पशुपालन र तरकारी खेती गर्ने किसानलाई चिसो र ठण्डीले समस्या पार्ने गरेको राजापुर नगरपालिका वडा नं. ४ का किसान प्रकाश थारुले वताउनु भयो । चिसोले बालबालिका र वृद्धवृद्धालाई छिट्टै असर पार्ने भएकाले सुरक्षित हुनु पर्ने प्राथमिक स्वास्थ्य केन्द्र राजापुरका डा. कृष्ण खनालले वताउनु भयो । चिसोबाट जोगिन पुरै शरिर ढाक्ने बाक्ला र न्याना लुगा लगाउन, प्रशस्त झोलिलो पदार्थ खान, व्यक्तिगत सरसफाइमा ध्यान दिन र सकेसम्म शितलहर चलेका बेलामा बाहिर नजान आग्रह गर्नु भएको छ । चिसोले तरकारी खेतीमा समेत असर पार्ने राजापुर नगरपालिका कृषि शाखाकी नायव प्राविधिक सहायक सुमन चौधरीले वताउनु भयो । धेरै चिसो भएर तुषारो परेमा आलुमा डडुवा रोग प्रकोपका रुपमा देखिने र दलहन तेलहन बालीमा पनि उत्पादन घट्ने समस्या आउने कृषि प्राविधिक चौधरीको भनाई छ । तरकारी वाली सहित अन्य कृषि उपजहरुमा समस्या देखिना साथ किसानहरु शाखामा आउने र उहाहरुलाई उचित सल्लाह र सुझाव सहित शाखामा उपलब्ध भएसम्मका विषादीहरु दिने गरेको नायव प्राविधिक सहायक चौधरीले वताउनु भयो ।

लेखकको बारेमा

भर्खरै गरेका पोस्ट

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com