अख्तियार द्वारा ३० हजार नगद घुस सहित सई पक्राउ

ईलाका प्रहरी कार्यालय मैनापोखर बर्दियाको मुद्दा शाखामा कार्यरत प्रहरी नायव निरीक्षक पवन साउद (सई) लाई मुद्दा मिलाइदिने भन्दै ३० हजार रूपैयाँ लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगन्जबाट खटेको टोलिले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय मैनापोखरमा लागुऔषध मुद्दा मिलाइदिने भनि सहजिकरण गरि सेवा ग्राहि संगबाट ३० हजार रुपैया लिएको आरोपमा सई साउदलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल काठमाडौंले प्रेस विज्ञप्ति मार्फत जानकारी गराएको छ । पक्राउ परेका सई साउदलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको समेत अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयले विज्ञप्ति मार्फत बताएको छ।

लेखकको बारेमा

भर्खरै गरेका पोस्ट

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com