दिदी बहिनी साना किसान कृषि सहकारी संस्था लिमिटेडले आजदेखि किसानको धान खरिद गर्न सुरु गरेको छ ।

साथी खबर राजापुर २०८०-०८-११

दिदी बहिनी साना किसान कृषि सहकारी संस्था लिमिटेडले आजदेखि किसानको धान खरिद गर्न सुरु गरेको छ ।

बर्दियाको भौरा क्षेत्रको राजापुर ३ टेडियामा चिउरा भुजा उद्योग सञ्चालन गरेर किसानलाई सेवा सुविधा दिने उद्देश्यका साथ स्थापना गरिएको उद्योग सञ्चालन गर्न किसानको धान खरिद गर्न सुरु गरेको हो । राजापुरमा उत्पादन भएको धानबाट चिउरा भुजा बनाएर बजारीकरण गर्न बजारमा पठाउने तयारीका साथ संस्थाले मोटो धान प्रतिकुन्टल ३,२३८।– र मकवानपुर धान प्रतिकुन्टल ३,५४०।– मा खरिद गर्न थालेको दिदी बहिनी साना किसान कृषि सहकारी संस्था लिमिटेडकी प्रबन्धक मीना कुमारी चौधरीले वताउनु भयो ।

बजारमा भन्दा बढी मूल्यमा संस्थाले धान खरिदको काँटा लगाएकाले किसानबाट धान पाउने र गुणस्तरीय चिउरा भुजा बजारमा ल्याउने प्रबन्धक चौधरीको भनाई छ ।

लेखकको बारेमा

भर्खरै गरेका पोस्ट

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com