बर्दियाको बारबर्दिया नगरपालिका वडा नम्बर ६ धामपुर स्थित नगर रंगशालामा भएको प्रथम बर्दिया पालिका स्तरिय टी–२० क्रिकेट प्रतिस्पर्धामा राजापुर नगरपालिका विजयी भएको छ । गुलरिया नगरपालिकालाई ११२ रनले पराजितगर्दै राजापुरले कप उचालेको हो

बर्दियाको बारबर्दिया नगरपालिका वडा नम्बर ६ धामपुर स्थित नगर रंगशालामा भएको प्रथम बर्दिया पालिका स्तरिय टी–२० क्रिकेट प्रतिस्पर्धामा राजापुर नगरपालिका विजयी भएको छ ।

गुलरिया नगरपालिकालाई ११२ रनले पराजितगर्दै राजापुरले कप उचालेको हो । टस जितेर पहिलो ब्याटिङ गरेको राजापुरले २० ओभरमा ८ विकेट गुमाउँदै १४७ रनको लक्ष्य दिएको थियो । गुलरिया नगरपालिकाले खराब प्रर्दशनगर्दै १२ दशमलव १ ओभरमा सबै विकेट गुमाउदै ३४ रन प्राप्त गर्यो ।

क्रिकेट प्रतिस्पर्धामा राजापुरका अजय सहानी म्यान अफ द सिरिज, गुलरियाका समिर आचार्य उत्कृष्ट ब्याट्स म्यान, मधुवनका आकाश खत्री बेष्ट वलर र राजापुरकै शुभाष तिमिल्सिना म्यान अफ द म्याच घोषित भए ।

विजेता टोलीले ७५ हजार, उपविजेता ५१ हजार र विधागत उत्कृष्ट प्रति खेलाडीहरुले १५ सयका दरले पुरस्कार, प्रमाण पत्र, कप तथा मेडल पाएको बारबर्दिया नगर खेलकुद संयोजक विवेक डाँगीले जानकारी दिनुभयो ।

नगर खेलकुद बिकास समिति बारबर्दियाको आयोजना तथा जिल्ला क्रिकेट संघ बर्दियाको समन्वयमा गरिएको प्रतियोगितामा बर्दियाका ८ वटै पालिकाहरुले प्रतिस्पर्धा गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथी संघीय सांसद जुवेदा खातुन जागा, बिषेश अतिथी बारबर्दिया नगरपालिकाका नगरप्रमुख छविलाल थारु र राजापुर नगरपालिकाका नगरप्रमुख दिपेश थारुले विजेता तथा उपविजेता टिमहरुलाई पुरस्कार वितरण गर्नु भएको थियो ।

प्रमुख अतिथी खातुनले क्रिकेटका माध्यमबाट नेपाललाई विश्वमा चिनाउन खेलाडीहरुको योगदान रहने भएकाले सहयोगको लागि आफू सधैं तयार रहेको बताउनु भयो ।

राजापुर नगरपालिकाका प्रमुख दिपेश थारुले क्रिकेट विकासको लागि सहयोग बढाउन सरकारसँग आग्रह गर्नुभयो । बारबर्दिया प्रमुखले नगरका क्रिकेट खेलाडी उत्पादन गर्न नगरपालिकाले बर्षेनी प्रतियोगिता आयोजना गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भएको छ । कार्यक्रमका प्रायोजक, खेलाडी, पत्रकार लगायत स्थानियको सहभागीता थियो ।

लेखकको बारेमा

भर्खरै गरेका पोस्ट

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com