बर्दियाको राजापुरलाई व्यवस्थित बनाउन प्रदेश सरकारका तर्फबाट हुने कुनै पनि सहयोग कम हुन नदिने

बर्दियाको राजापुरलाई व्यवस्थित बनाउन प्रदेश सरकारका तर्फबाट हुने कुनै पनि सहयोग कम हुन नदिने लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री धर्म बहादुर चौधरीले बताउनु भएको छ ।

विगतमा भेरी कर्णाली र सेती अञ्चलकै ऐतिहासिक बजार राजापुर पछिल्लो समय स्थायित्व हुनु पर्नेमा उजाड हुदै जान थालेको भन्दै बजारको लालपूर्जा र वजारवासीको नागरिकताका लागि आफ्नो विशेष भूमिका रहने वताउनु भएको छ । यो क्षेत्रको समस्याका बारेमा सरोकारवालाले नेतृत्व गर्ने पाटीका अगुवासँग छलफल गर्नु पर्ने धारणा राख्नु भयो ।

बर्दिया उद्योग वाणिज्य संघ राजापुरका निवर्तमान अध्यक्ष कृष्ण कुमार रेग्मीले यो क्षेत्रका स्थानीयलाई भोट बैङ्कका रुपमा प्रयोग गर्ने तर समस्या समाधानका लागि कुनै पहल नगर्ने गरेको बताउदै अहिले मन्त्री राजापुर क्षेत्रकै भएकाले पनि जनताले धेरै आशा गरेको वताउनु भयो । अध्यक्ष केदार थापाको सभाध्यक्षतामा बर्दिया उद्योग बाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा नागरिक उन्मुक्ति पाटीका नगर अध्यक्ष, राजापुर क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तित्व, व्यापारी, समाजसेवी, बुद्धिजीविहरुको उपस्थिति रहेको थियो ।

लेखकको बारेमा

भर्खरै गरेका पोस्ट

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com