८औँ संविधान दिवसका अवसरमा राजापुरमा आयोजित खुला महिला भलिबल प्रतियोगिता सम्पन्न भएको छ

८औँ संविधान दिवसका अवसरमा राजापुरमा आयोजित खुला महिला भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।

कार्यक्रममा सम्बोधन गर्दै राजापुर नगरपालिकाका नगर प्रमुख दिपेश थारुले संविधान निर्माण गर्दा थोरै बलिदानले निर्माण गरेको नभई नेपाली जनताले लामो वलिदान पछि समानुपातिक समावेशी संविधान निर्माण भएको भन्दै संंविधानमा मौलिकताका कुरा र राष्ट्रियताका सवालमा स्पष्ट व्याख्या गरिएको वताउनु भयो ।संविधानमा विद्यार्थीहरुलाई १२ कक्षासम्म निःशुल्क शिक्षा गर्ने हक अधिकार र शिक्षकहरुले उठाएका मागहरु जायज रहेपनि संविधान तत्कालै संशोधन गर्न नसकिने भएको जनाउदै विद्यालय बन्द नै समस्या समाधानको उपाय नभएको र सरकारले शिक्षकका जायज माग तत्कालै पुरा गर्नु पर्ने र शिक्षकहरु आइतबारबाट विद्यालयको पठनपाठनमा फर्कन आग्रह गर्नु भएको छ ।

राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर खस्किदो आवस्थामा रहेको दृष्यले आगाम िदिनमा युवाहरु कहाँ पुग्छन् भन्दै अभिभावक, शिक्षक र विद्यार्थी तीनै पक्ष एक हुन जरुरी रहेको वताउनु भयो ।

कार्यक्रमलाई समापन गर्दै नेपाली खेलाडीहरुले खेल क्ष्ँेत्रमा उल्लेख्य प्रगति गरेको देख्दा ठूला देशका खेलाडीहरुको मुटु कापेको भन्दै राजापुर क्षेत्रमा खेल जगतको विकास गर्न नगरपालिका लागि परेको र विविध विधाका खेलका लागि वजेट विनियोजन गरे अनुसार खेलाडीहरु पनि लगनशील अनुशासित र मेहनती भई राजापुर नगरपालिकालाई चिनाउनु पर्ने धारणा राख्नु भएको थियो । कार्यक्रममा उपप्रमुख मनकला कुमारी चौधरी, वडा नं. ४ का वडाध्यक्ष विदुर पोख्रेल, वडा नं. ६ का वडाध्यक्ष असराज न्यौपानेले शुभकामना दिदै महिला भलिबलका क्षेत्रमा देखेको प्रगतिले खुशी भएको र खेल क्षेत्रको विकासका लागि आफुहरुले सक्दो सहयोग गर्ने वताउनु भएको थियो ।

हिजो र आज भएको खुला महिला भलिबलमा राजापुर क्षेत्रका ५ टिमको सहभागिता रहेकोमा प्रथम राजापुर १ चनौरा बि प्रथम हुँदै नगद २० हजार, दोस्रो हुने राजापुर ४ ले १६ हजार र तेस्रो हुने राजापुर १ चनौरा ए ले १२ हजार सहित प्रमाण पत्र पाएका छन् । २ जना अनुशासित र मेहनती खेलाडीलाई जनही ३ हजार र प्रमाणपत्र प्रदान गरिएको कार्यक्रमको सञ्चालन शिक्षा युवा तथा खेलकुद शाखाका प्राविधिक सहायक राज कुमार खड्काले गर्नु भएको थियो ।

लेखकको बारेमा

भर्खरै गरेका पोस्ट

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com