बर्दियाको राजापुर पढ्दै कमाउँदै कार्यक्रम सम्बन्धी छलफल सम्पन्न गरिएको छ ।

बर्दियाको राजापुर पढ्दै कमाउँदै कार्यक्रम सम्बन्धी छलफल सम्पन्न गरिएको छ । एक्सनएड नेपाल र कमैया महिला जागरण समाज, नेपाल बर्दियाको आयोजना तथा राजापुर नगरपालिकाको समन्वयमा स्थानीय अधिकार कार्यक्रम अन्तर्गत विद्यालयमा आधारित पढ्दै कमाउँदै कार्यक्रम सम्बन्धी छलफल राजापुर नगरपालिकाको सभाहलमा सम्पन्न भएको हो ।

राजापुर नगरपालिकाका सामुदायक बिद्यालयहरुमा पढ्दै सिक्दैै कमाउदै बिद्यालय स्तरमानै पढ्दै जिवनउपयोगी ज्ञान लिदै कमाउँदै पढ्न सकियोस भन्ने उदेश्यले चलाईएको छलफलमा बोल्दै राजापुर नगरपालिकाका प्रमुख दिपेश थारुले राजापुर नगरपालिकाले शिक्षामा ठुलो लगानि गरेको अबस्थामा उपयोगी शिक्षाको लागी आफनो जिम्मेवारी, दायीत्व र लगनशिलता नभुलेर सवैकाम गरेमा सम्भव हुने देखीन्छ विगतमा पनि चार सय युवाहरुलाइ शिपबिकास तालिमा दिएको भन्दै नगरपालिकाले पढ्दै कमाउदै कार्यक्रमका लागि बजेट समेत बिनीयोजन गरेको र छिट्टै सामुदायक बिद्यालयहरु छनौंट गरि कार्यक्रम लागुगरिने बताउनु भएको हो ।

छलफलको सहजीकरण गर्दै पढ्दै कमाउदै कार्यक्रमका अभियन्ता एवं बिद्याज्योती माध्यमिक विद्यालय वराहताल ५ सुर्खेतका प्रधानाध्यापक नारायण प्रसाद सिग्देलले नगरपालीका यो कार्यक्रममा बजेट समेत बिनीयोजन गरिएको अवस्थामा कार्यक्रमलाई व्यापक रुपमा अघि बढाउन जोड दिदै ९२ लाख बिद्यार्थीहरुलाई खाली पढ भनेर सिकाउने गरेको भन्दै उनीहरुलाई सिप सिकाउनुपर्ने बताउनु भयो ।

तल्लो कक्षा बाट केहीकाम सिकाउने र सिक्दै बस्तु उत्पादन गरेर बिक्रीगर्दा आम्दानी हुने हुँदा पढ्दै कमाउदै कार्यक्रम प्रभावकारी हुने उहाँको भनाई छ । बिद्यालयको आधारभुत तहवाटै बिभिन्न सिपमुलक कार्यक्रम संचालन गर्नुपर्नेमा जोड दिइएको छ । यस अघिको शिक्षा जसरी भएपनी पढ्ने मात्रै भएकाले उच्च शिक्षा हाँसिल गरेपनी शिप नहुँदा वेरोजगार बस्नुपरेको अवस्थालाई चिर्न पढ्दै कमाउदै कार्यक्रमलाई कार्यन्वयनमा जोड दिनुपर्ने छलफलको निष्कर्ष छ । उक्त कार्यक्रममा राजापुर नगरपालिकाका नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष, विव्यस अध्यक्ष तथा प्रतिनिधि, प्रधानाध्यापक, विषयगत शाखाका प्रमुख, पत्रकार तथा संस्थाका कर्मचारीको सहभागिता रहेको थियो

लेखकको बारेमा

भर्खरै गरेका पोस्ट

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com