बर्दियाको राजापुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान जीवनदान भन्ने मूल नारा सहित आज युनिक नेपाल बर्दियाको केन्द्रीय कार्यालय नयाँगाउँ २ जोतपुरमा रक्तदान कार्यक्रम Aसम्पन्न गरिएको हो ।
बर्दिया जिल्लामा दिन प्रतिदिन सिकलसेलको विरामीको संख्या बढेकाले रगत अभाव हुन थाले पछि विरामीको ज्यान जोगाउन रक्तदान कार्यक्रमको आयोजना गरिएको युनिक नेपालको अध्यक्ष प्रिम बहादुर थारुले वताउनु भयो । आज संकलन गरिएको रगत नेपाल रेडक्रस सोसाइटी बर्दियालाई हस्तान्तरण गरिएको अध्यक्ष थारुले वताउनु भयो ।
युनिक लघुवित्तको सहकार्य, नेपाल रेडक्रस सोसाइटी बर्दियाको प्राविधिक सहयोग र नेपाल स्वयमसेवी रक्तदाता समाजको समन्वयमा आयोजना गरिएको कार्यक्रममा नेपाल प्रहरी, विभिन्न संघ संस्थाका प्रतिनिधि, पत्रकार, स्थानीय युवा लगायत ५३ जनाले ५३ प्वाइन्ट रगत दान गरेको युनिक नेपालको कार्यक्रम अधिकृत सोम डेमनरौराले वताउनु भयो ।