बर्दियाको भौरा क्षेत्रमा रासायनिक मलको अभाव भएको छ ।

बर्दियाको भौरा क्षेत्रमा रासायनिक मलको अभाव भएको छ । धान उत्पादनका दृष्टीले निकै अब्बल भौरा क्षेत्रको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका स्थानीय किसान यतिबेला रासायनिक मलका लागि विभिन्न सहकारीका ढोका चाहार्न पुग्न थालेका हुन् । खेती गर्ने बेलामा हरेक वर्ष मलको अभाव हुने भए पछि यस क्षेत्रका किसान रामकृष्ण न्यौपानेले अब खेती गर्न समस्या हुन थालेको बताउनु भयो ।

राजापुरमा रहेको राजापुर सहकारी साझा संस्थाले यस वर्ष उन्नत धान दिएका किसानलाई पहिलो पटक रासायनिक मल दिने तयारी गरेको अध्यक्ष भगवानदास थारुले वताउनु भयो । आफूले बर्दिया बाँके र कैलालीमा पुगेर मल ल्याउने प्रयास गरे पनि सफल नभएको भन्दै भौतिक पूर्वाधार मन्त्री तथा प्रदेश सांसद धर्म चौधरीको समन्वय र प्रयासले मल आएको र अझै प्रेत्यक सहकारीले आफ्नो कोटामा मल पाउने बताउनु भयो । राजापुर कृषि शाखाका नायब प्राविधिक सहायक रमेश वलीले मलको अभावमा किसानले धान छर्न र रोप्न थालेकाले सोचे जस्तो उत्पादन हुन नसक्ने बताउनु भयो । पछिल्लो समय पशु चौपाया पालन नभएकाले प्राङ्गारिक तथा कम्पोष्ट मल प्रयोग नै नहुने र सबै बाली विरुवामा रासायनिक मल नै छर्ने भएकाले पनि मलको अभाव र उत्पादन घटेको धारणा राख्नु भयो । राजापुर नगरपालिका वडा नं. ४ का वडाध्यक्ष तथा आर्थिक विकास समितिका संयोजक विदुर पोख्रेलले आफूले बर्दिया जिल्लामा मल ल्याउने कृषि सामग्री संस्था तथा साल्ट ट्रेडिङसँग समन्वय गरिरहेको तर देशमै मलको अभाव भएको अवस्थामा माग अनुसार पु¥याउन नसकिरहेको वताउनु भयो । सीमावर्ती क्षेत्रमा पुगेर आफूलाई आवश्यक पर्ने मल साइकलमा राखेर दुःख पूर्ण तरिकाले किसानले ल्याउन लागेको देख्दा कतै गुणस्तर हिन मल पर्ने होकि भन्ने चिन्ता लागेको र बाटोमा समस्या नपरोस भनेर समन्वय समेत गरिदिएको धारणा राख्नु भयो । राजापुरका नगरप्रमुख दिपेश थारुले राजापुर र गेरुवा कृषि उत्पादनको हब भएकाले आफूलाई आबश्यक पर्ने मात्रै मलका लागि किसानलाई सहज बनाउन सिफारिस समेत दिन आफूले आग्रह गरेको बताउनु भयो ।

लेखकको बारेमा

भर्खरै गरेका पोस्ट

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com