बर्दियाको राजापुरमा रहेका बादी समुदायको विकासका लागि स्थानीय सरकारले विशेष ध्यान दिएको उपप्रमुख मनकला कुमारी चौधरीको भनाई ।

बर्दियाको राजापुरमा रहेका बादी समुदायको विकासका लागि स्थानीय सरकारले विशेष ध्यान दिएको उपप्रमुख मनकला कुमारी चौधरीले वताउनु भएको छ । बादी बालबालिकाहरुको विद्यालय निरन्तरता तथा शिक्षामा गुणस्तरीयताका लागि स्थानीय सरकार तथा सरोकार राख्ने निकायको भूमिका विषयक अन्तक्रिया कार्यक्रममा उपप्रमुख चौधरीले बताउनु भएको हो । जातिय विभेदले हेपिएको बादी समुदायका विद्यालय उमेर समूहका बालबालिकाहरुको विद्यालय छाड्ने दर निकै डरलाग्दो अवस्थामा रहेको भन्दै उनिहरुलाई कसरी विद्यालय सहित उच्च शिक्षामा निरन्तरता दिन सकिन्छ भन्ने सवालमा सरोकारवालाहरुको सक्रिय सहभागितामा आज अन्तरक्रिया गरिएको हो ।

कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत दशरथ बुढा, वडा नं. ३ का वडाध्यक्ष प्रसादु थारु, वडा नं. ४ का वडाध्यक्ष विदुर पोख्रेल, कार्यपालिका सदस्य सविता परियार, क्याम्पस प्रमुख अनिलदत्त चौधरी, अमर शहिद श्री दशरथ चन्द मा वि राजापुरका शिक्षक पुरुषोत्तम खनाल, श्री जनचेतना माविका प्रधानाध्यापक शरद कुमार लम्साल, लगायतले शिक्षा क्षेत्रमा जोड दिन अभिभावक शिक्षामा जोड, समुदायको सकारात्मक भूमिका, प्राविधिक शिक्षा तथा जीवनोपयोगी सीप सिकाउन सके बाध्य भएर लाग्नु परेको यौन व्यवसाय हटाउन सकिने र बालबालिकाहरुमा सकारात्मक प्रभाव पर्ने धारणा राख्नु भएको थियो । स्थानीय सरकारले आफूहरुको जीवन स्तर उकास्न के कस्ता काम गर्नु पर्छ त्यसका लागि बादी समुदायबाट प्रतिनिधित्व गर्ने वडा सदस्य तथा कार्यपालिका सदस्यहरुलाई सहभागि गरेर नीति तथा कार्यक्रम बनाए पनि व्यवहारमा सफल हुन नसकेको धारणा सहभागीहरुले राख्नु भएको थियो ।

अभिभावकको कम्जोर आर्थिक अवस्थासँग पिल्सिएर पठनपाठनबाट बाहिरिनु परेका विद्यार्थीलाई विद्यालय, क्याम्पस तथा वडा कार्यालय, नगरपालिकाले पूर्ण सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनु भएको छ । कार्यक्रमको समापन गर्दै सभाध्यक्ष तथा कमिट नेपालका अध्यक्ष प्रकाश नेपालीले संस्थाले विगत सात वर्ष देखि बादी समुदायको शैक्षिक तथा आर्थि अवस्था सुधारका लागि काम गरिरहेको र एक्लैको प्रयासले भन्दा सरोकारवाला सबैको समन्वय र सहकार्यमा सहज बनेको भन्दै सबैले बादी समुदायको जीवन स्तर माथि उठाउन प्रयास गर्नु पर्ने धारणा राख्नु भएको थियो ।

कमिट नेपालका अध्यक्ष प्रकाश नेपालीको सभाध्यक्षतामा आयोजित अन्तरक्रिया कार्यक्रमको प्रमुख अतिथि राजापुर नगरउपप्रमुख मनकला कुमारी चौधरी, अतिथिहरुमा प्रमुख प्रशासकीय अधिकृत दशरथ बुढा, विभिन्न वडाका अध्यक्ष, कार्यपालिका सदस्य, क्याम्पस प्रमुख, प्रअ तथा प्रतिनिधि, कमिट नेपाल संस्थाका पदाधिकारीहरु, पत्रकारको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन कमिट नेपालका कार्यक्रम संयोजक सरोज खडकाले गर्नु भएको थियो ।

लेखकको बारेमा

भर्खरै गरेका पोस्ट

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com