राजापुर नगरपालिकामा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न

राजापुर नगरपालिकामा गरिएको सामाजिक परिक्षण कार्यक्रममा बोल्दै राजापुर नगरपालिकाका प्रमुख दिपेश थारुले जनताबाट आएका गुनासो सम्वोधन गर्न कुनै कसुर बाँकी नराख्ने बताउनु भएको छ । राजापुर नगरपालिको प्रमुख हुनुपुर्व आफु प्रदेशको सांसद भइसकेको बताउदै हुलाकी रोड दक्षिण रिंगरोड, राजापुर नगरपालिकामा ढल निकास गुरुयोजना लागु गरीसकेकाले अब उप्रान्त राजापुरले विकासको फड्कोमार्दै गएको धारणा व्यक्त गर्नुभयो ।

संघ र प्रदेशसँगको समन्वयमा कामहरु तिव्र गतिले भइरहेको भन्दै प्रमुख थारुले जनताबाट आफुले सकारात्मक सुझावको अपेक्षा राखेको बताउनु भयो । कार्यक्रममा बोल्दै उप प्रमुख मनकला कुमारी चौधरीले बस्ती योजना उठाउँदा नेपाल सरकारको दिगो बिकास योजना अनुरुप नआउने हुँदा भौतिक बाहेक अन्य मानव बिकासका योजना उठाउदा यसतर्फ ध्यान दिन उपभोक्तालाई सुझाव दिनुभयो । उपप्रमुख चौधरीले वर्षेनि ५ सय देखी हजार जनालाई तालिम दिरहेको दाबीगर्दै आगामी दिनमा अझै सुधारगर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

राजापुर नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत महेन्द्र जंग शाहीले आवधिक योजना कार्यान्वयन, क्षेत्रगत योजना कार्यान्वयन तथा योजना बैंक आगामी आबबाट संचालनमा ल्याउने, मध्यकालीन योजना बनाउने तथा क्षमता बिकास योजना बनाउने जानकारी दिनुभयो । यस्तै सडक गुरु योजना प्रकृयामा मर्मत सम्भार कोष निर्माण भैरहेको बताउदै जनप्रतिनिधको आचार संहिता बनाइ सकेको र कार्यान्वयनको चरणमा रहेको जानकारी दिनुभयो । राजापुर न पा वडा नं ८ का स्थानीय अशोक थारुले जनप्रतिनिधिले नागरीकको गुनासो तर्फ ध्यान दिन सुझाव दिनुभयो । कार्यक्रममा बोल्दै राजापुर नगरपालिकाका प्रवक्ता तथा वडा न ६ का वडा अध्यक्ष अशराज न्यौपानेले जनाताको गुनासो आउनु स्वभाविक भएको धारणा राख्दै आगामी दिनमा जनतालाई सन्तुष्ट हुने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

राजापुर नपाका शिक्षा शाखा सहायक राजकुमार खड्काले बिभिन्न तालिमहरुलाई नियमितगर्दै लैजाने बताउनु भयो । किसान माबिका विव्यस अध्यक्ष हेलुराम चौधरीले विव्यस को बैठक गर्दा आर्थिक अभाव हुने गरेको भन्दै शैक्षिक गुणस्तरका लागी शैक्षीक भ्रमण तालीम संचालन गर्नुपर्ने औल्याउनु भयो । उपभोक्ता मार्फत गरीने बिकास निर्माणका कार्यमा सहजता ल्याउनुपर्ने वडा नम्बर ८ का सेवाग्राहि मोतिराम चौधरीले बताउनुभयो । राजापुर नगरपालिकाको आयोजना तथा परिमार्ग मिडीयाको समन्वयमा संचालन गरिएको आर्थिक बर्ष ०७९÷०८० को सेवा सुबिधा सम्वन्धी सामाजिक परिक्षण कार्यक्रममा राजापुर नपाले प्रदान गर्ने सेवा सुबिधाको प्रभावकारीता बिषयक सामाजीक परीक्षण सुनुवाई कार्यक्रमको संचालन परिमार्ग मिडिया सेन्टर गुलरीया बर्दियाका प्रबन्ध निर्देशक डिल प्रकास गौतमले गर्नुभएको थियो ।

लेखकको बारेमा

भर्खरै गरेका पोस्ट

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com