अर्थतन्त्र Archives - Hamro Khabar Bardiya – Best News Portal from Nepal in Nepali. https://hamrokhabarbardiya.com/archives/category/अर्थतन्त्र सहि सूचना, सत्य समाचारको संगालो- हाम्रो खबर बर्दिया Sat, 05 Oct 2024 10:16:24 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.6.2 https://hamrokhabarbardiya.com/wp-content/uploads/2024/02/cropped-हाम्रो-32x32.png अर्थतन्त्र Archives - Hamro Khabar Bardiya – Best News Portal from Nepal in Nepali. https://hamrokhabarbardiya.com/archives/category/अर्थतन्त्र 32 32 आधारभूत तहमा सिकाई आपुरण र द्रुत सिकाइ सहयोग सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न, गुणस्तर बढाउन सबै लाग्नु पर्ने सहभागिहरुको भनाई । https://hamrokhabarbardiya.com/archives/4719 https://hamrokhabarbardiya.com/archives/4719#respond Wed, 25 Sep 2024 13:59:41 +0000 https://hamrokhabarbardiya.com/?p=4719 मिन अधिकारी राजापुर आधारभूत तहमा सिकाई आपुरण र द्रुत सिकाइ सहयोग सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाको सामुदायिक विद्यालयहरुमा अध्ययन गर्ने आधार तहका विद्यार्थीहरुमा सिकाई गुणस्तर बढाउन शसक्तीकरण बालिका परियोजना रियल प्लान अन्तर्गत एक दिने अभिमुखीकरण गरेको हो ।   राजापुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजना र प्लान इन्टरनेशनल […]

The post आधारभूत तहमा सिकाई आपुरण र द्रुत सिकाइ सहयोग सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न, गुणस्तर बढाउन सबै लाग्नु पर्ने सहभागिहरुको भनाई । appeared first on Hamro Khabar Bardiya – Best News Portal from Nepal in Nepali..

]]>
मिन अधिकारी

राजापुर आधारभूत तहमा सिकाई आपुरण र द्रुत सिकाइ सहयोग सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

नगरपालिकाको सामुदायिक विद्यालयहरुमा अध्ययन गर्ने आधार तहका विद्यार्थीहरुमा सिकाई गुणस्तर बढाउन शसक्तीकरण बालिका परियोजना रियल प्लान अन्तर्गत एक दिने अभिमुखीकरण गरेको हो ।

 

राजापुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजना र प्लान इन्टरनेशनल नेपाल र राधाकृष्ण थारु जनसेवा केन्द्र | RKJS को सहयोगमा पलिकाभर सञ्चालति सामुदायिक विद्यालयका ३६ जना प्रअ तथा प्रतिनिधिहरुलाई एक दिने अभिमुखीकरण कार्यक्रम गरेको हो ।

कोभिडका वेलामा विद्यालय जान नसकेर शिक्षा गुणस्तर घट्दै गएको अवस्थालाई वृद्धि गर्न टेवा पु¥याउने उद्देश्यले कार्यक्रम गरिएको हो । राजापुर नगरपालिकामा आयोजित कार्यक्रमको उद्देश्यमाथि शिक्षा शाखा प्रमुख दल बहादुर थारुले गर्नु भएको थियो ।

 

 

सहभागी प्रअ तथा प्रतिनिधिले अंग्रेजी, गणित र विज्ञान विषयमा मात्रै जोड नदिएर अनिवार्य सबै विषयलाई आपुरण कक्षामा जोड्नु पर्ने, कक्षाको अनुगमनमा पालिकाले ध्यान दिनु पर्ने सुझाव र्दिका थिए । कार्यक्रमलाई समापन गर्दै सामाजिक विकास समितिका संयोजक रमेश दहितले शिक्षामा गुणस्तर बढाउने कार्यमा शिक्षकहरु सक्रिय भए सम्भव हुने धारणा राख्नु भयो । पालिकाका केही विद्यालयमा विषयगत शिक्षकको अभाव रहे पनि आफुहरु शिक्षक परिपूर्ति गर्न लागि परेको भन्दै नगरपालिकाले विद्यालय अनुगमनमा निरन्तरता दिने बताउदै कार्यक्रम समापन गर्नु भएको थियो । फिल्ड सुपर भाइजर रेणुका चन्दले सञ्चालन गरेको कार्यक्रममा कार्यक्रम अधिकृत तथा शिक्षा संरक्षक सिमा वली, फिल्ड सुपरभाइजर दिक्षा बिष्ट तथा पत्रकारहरुको सहभागिता रहेको थियो ।

The post आधारभूत तहमा सिकाई आपुरण र द्रुत सिकाइ सहयोग सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न, गुणस्तर बढाउन सबै लाग्नु पर्ने सहभागिहरुको भनाई । appeared first on Hamro Khabar Bardiya – Best News Portal from Nepal in Nepali..

]]>
https://hamrokhabarbardiya.com/archives/4719/feed 0
उत्कृष्ट महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको दशौ चुनाबी सभा सम्पन्न, अध्यक्षमा पुनः खत्री निर्वाचित, । https://hamrokhabarbardiya.com/archives/4697 https://hamrokhabarbardiya.com/archives/4697#respond Sat, 14 Sep 2024 04:14:22 +0000 https://hamrokhabarbardiya.com/?p=4697 मिन प्रसाद अधिकारी   बर्दिया राजापुर को उत्कृष्ट महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई आफ्नो क्षमताले भ्याएसम्मको उत्कृष्ट बनाउने अध्यक्ष धनलक्ष्मी खत्रीले बताउनु भएको छ ।   दशौँ साधारण सभामा पुनः अध्यक्ष बन्नु भएकी खत्रीले संस्थाको हितमा सबै व्यवस्थापन, लेखा र कर्मचारीहरुलाई मिलाएर अघि बढ्ने बताउनु भएको हो ।   आज संस्थाको दशौँ चुनावी […]

The post उत्कृष्ट महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको दशौ चुनाबी सभा सम्पन्न, अध्यक्षमा पुनः खत्री निर्वाचित, । appeared first on Hamro Khabar Bardiya – Best News Portal from Nepal in Nepali..

]]>
मिन प्रसाद अधिकारी

 

बर्दिया राजापुर को उत्कृष्ट महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई आफ्नो क्षमताले भ्याएसम्मको उत्कृष्ट बनाउने अध्यक्ष धनलक्ष्मी खत्रीले बताउनु भएको छ ।

 

दशौँ साधारण सभामा पुनः अध्यक्ष बन्नु भएकी खत्रीले संस्थाको हितमा सबै व्यवस्थापन, लेखा र कर्मचारीहरुलाई मिलाएर अघि बढ्ने बताउनु भएको हो ।

 

आज संस्थाको दशौँ चुनावी साधारण सभामा ४ करोड ५६ लाख ८७ हजार ८ सय त्रियासी रुपैया छप्पन पैसा कारोवार रहेको र संस्थाले ४ लाख २९ हजार ८ सय २४ रुपैया ८१ पैसा नाफा गरेको आर्थिक विवरण कोषाध्यक्ष मिना आचार्यले पेश गर्नु भएको थियो । संस्थाले यो आ. ब मा शेयर सदस्यता संख्यामा वृद्धि भएको, शेयर पूजीमा वृद्धि भएको, वचत रकममा वृद्धि भएको, ऋण लगानी रकममा वृद्धि भएको लगायतको प्रगति गरेको छ ।

 

चुनावी साधारण सभामा प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै नगरउपप्रमुख मनकला कुमारी चौधरीले महिला व्यवस्थापक रहेको संस्था निरन्तर प्रगतिको बाटोमा रहेको र अझैँ धेरै सफलताको शुभकामना दिनु भयो । नगरभरका सहकारीको प्रगति गर्न नगर सहकारी सञ्जाल गठन गरी काम अगाडी बढाइ रहेकाले सबैले सहयोग गर्नु पर्ने बताउनु भयो ।

शुभकामना मन्तव्य राख्दै शुशेली बहुमुखी सहकारी संस्थाका अध्यक्ष तथा जिल्ला दुग्ध उत्पादक सहकारी संघका कोषाध्यक्ष टीकाराम रेग्मीले सहकारीले सधैभरी सदस्यको जीवनस्तर उठाउने सीपमूलक र उत्पादनमुखी कार्यक्रममा लगानी गर्नु पर्ने बताउनु भयो ।

 

दिदी बहिनी सहकारी संस्थाको अध्यक्ष सीता अर्यालले शुभकामना मन्तव्य दिदै सहकारीको विकासमा धरातल विर्सन नहुने भन्दै राजनितिक र मेडिकल माफियाले सोझा सिधालाई उक्साउने गरेकाले सदस्य दोधारमा परेको भन्दै निरन्तर आफ्नो जिम्मेवारीमा रहनु पर्ने भन्दै संस्थाले प्रगति र उन्नति गरिरहोस् भन्दै शुभकामना दिनु भएको थियो ।

संस्थाको दशौ चुनावी साधारण सभाको अध्यक्षमा धनलक्ष्मी खत्री, उपाध्यक्ष नुस्मा चौधरी, सचिव रिता आचार्य, कोषाध्यक्ष आशा खड्का सहसचिवमा माया दहित लगायत ११जना सदस्य निर्वाचित भएका छ ।

 

संस्थाको दशौँ साधारण सभाले कमला न्यौपानेको संयोजकत्वमा रामदुलारी चौधरी र चन्की कुमारी चौधरी सदस्य रहेको लेखा समिति समेत गठन गरेको छ ।

 

कार्यक्रममा नगरपालिकाको आर्थिक शाखा प्रमुख सुनिता चौधरी, विभिन्न सहकारी संस्थाका प्रमुख, प्रतिनिधि, शेयर सदस्यहरुको उपस्थिति रहेको दशौँ साधारण सभामा सभाध्यक्ष धनलक्ष्मी खत्रीले प्रगति प्रतिवेदन र अनुगमन प्रतिवेदन लेखा संयोजक कमला न्यौपानेले प्रस्तुत गर्नु भएको थियो भने कार्यक्रममा रिता आचार्यले स्वागत मन्तव्य र कार्यक्रमको संञ्चालन संस्था प्रबन्धक मिरा चौधरीले गर्नु भएको थियो ।

The post उत्कृष्ट महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको दशौ चुनाबी सभा सम्पन्न, अध्यक्षमा पुनः खत्री निर्वाचित, । appeared first on Hamro Khabar Bardiya – Best News Portal from Nepal in Nepali..

]]>
https://hamrokhabarbardiya.com/archives/4697/feed 0
सरकारले आर्थिक वर्ष २०८१/०८२ का लागि धानको समर्थन मूल्य तोकेको छ । https://hamrokhabarbardiya.com/archives/4596 https://hamrokhabarbardiya.com/archives/4596#respond Fri, 05 Jul 2024 15:12:53 +0000 https://hamrokhabarbardiya.com/?p=4596 मिन अधिकारी हिजो बसेको मन्त्रिपरिषद् बैठकले उद्योग मन्त्रालयको प्रस्तावमा मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार चार सय १० रुपैयाँ ५१ पैसा तोकेको छ । यसैगरी मध्यम धानको समर्थन मूल्य तीन हजार पाँच सय ८० रुपैयाँ ६२ पैसा तोकेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । चालू आर्थिक वर्षकोभन्दा मोटा धान दुई सय […]

The post सरकारले आर्थिक वर्ष २०८१/०८२ का लागि धानको समर्थन मूल्य तोकेको छ । appeared first on Hamro Khabar Bardiya – Best News Portal from Nepal in Nepali..

]]>
मिन अधिकारी

हिजो बसेको मन्त्रिपरिषद् बैठकले उद्योग मन्त्रालयको प्रस्तावमा मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार चार सय १० रुपैयाँ ५१ पैसा तोकेको छ ।

यसैगरी मध्यम धानको समर्थन मूल्य तीन हजार पाँच सय ८० रुपैयाँ ६२ पैसा तोकेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । चालू आर्थिक वर्षकोभन्दा मोटा धान दुई सय १२ रुपैयाँ र मध्यम धान दुई सय १७ रुपैयाँले बढी हो । सरकारले हरेक वर्ष धानको समर्थन मूल्य वृद्धि गर्दै लगेको छ । चालू आर्थिक वर्ष २०८०÷८१ का लागि मोटा धान प्रतिक्विन्टल तीन हजार एक सय ९८ रुपैयाँ र मध्यम धान प्रतिक्विन्टल तीन हजार तीन सय ६३ रुपैयाँ थियो । सरकारले तोकेको न्यूनतम समर्थन मूल्यअनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान खरिद गर्नेछ ।

The post सरकारले आर्थिक वर्ष २०८१/०८२ का लागि धानको समर्थन मूल्य तोकेको छ । appeared first on Hamro Khabar Bardiya – Best News Portal from Nepal in Nepali..

]]>
https://hamrokhabarbardiya.com/archives/4596/feed 0