राजापुरमा प्रथम युनिक बर्दिया दौड प्रतियोगिता २०८१ हुने, प्रतिभावान खेलाडीको पहिचान र खेल प्रति युवाको आकर्षण हुने आयोजकको विश्वास,

मिन प्रसाद अधिकारी बर्दियाको राजापुरमा प्रथम युनिक बर्दिया दौड प्रतियोगिता २०८१ हुने भएको छ । भौरा क्षेत्रका खेलाडी युवाहरुको क्षमता बाहिर ल्याउने मुख्य उद्देश्यले खुला पुरुष तथा महिला दौड प्रतियोगिता कार्यक्रम युनिक स्पोर्टस् क्लवको समन्वयमा युनिक नेपालको आयोजनामा दौड प्रतियोगिता गर्न लागिएको आज आयोजित पत्रकार संम्मेलनमार्फत जानकारी गरिएको हो । नेपाल सरकारले खेल क्षेत्रमा […]
मुक्त कमैया समाज राजापुर द्वारा दबाबमूलक ¥याली तथा कोणसभा कार्यक्रम सम्पन्न, कमैया र श्रमिकको समस्या समाधानमा पहल गरिदिन स्थानीय सरकार संग अनुरोध ।

मुक्त कमैया समाज राजापुरले आज दबाबमूलक ¥याली तथा कोणसभा कार्यक्रम सम्पन्न गरेको छ । मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान भन्दै आज समान कामको समान ज्याला र श्रम अधिकार सम्बन्धी दबाबमूलक ¥याली तथा कोण सभा कार्यक्रम आयोजना गरिएको हो । मुक्त भएको लामो समय हुँदासम्म पनि कमैयाहरुको जीवन स्तर माथि उठ्न नसकेको र सबैपाटीका […]
बर्दियाको राजापुरमा २५औ मुक्त कमैया दिवस भव्य रुपले मनाइयो, पुनःस्थापना हुन बाँकी कमैयालाई व्यवस्थापन गर्न माग

मिन अधिकारी बर्दियाको राजापुरमा आज मुक्त कमैया दिवस भव्य रुपले मनाइएको छ । जेकर सवाल ओकर अगुवाई, जेकर मुद्दा ओकर लराई भन्ने मुल नाराका साथ आज राजापुरमा मुक्ति कमैयहरुले आफ्नो मुक्ति दिवस भव्य रुपले मनाएका हुन् । वि. स २०५७ साल श्रावण २ गते सरकारले कमैयाहरुलाई मुक्तिको घोषणा गरेपछि बधुवा प्रथाका रुपमा रहेका दाङ् बाँके […]
बर्दियाको भौरा क्षेत्रमा विद्युत अनियमित हुदाँ स्थानीयलाई समस्या ।

बर्दियाको भौरा क्षेत्रमा विद्युत अनियमित हुदाँ स्थानीयलाई समस्या भएको छ । प्रचण्ड गर्मी भएसँगै राजापुर क्षेत्रको विद्युतमा नियमित हुन नसक्दा स्थानीय समस्यामा परेका हुन् । विहानैदेखि वढेको गर्मीले विद्यालयमा बालबालिका, घरमा रहने जेष्ठ नागरिक, स्थानीयलाई समस्या परेको छ । बत्ती नियमित नभएर आउने र जाने हुँदा विद्युतिय सामान समेत धेरै विग्रने गरेको स्थानीयको गुनासो छ […]
बर्दियाको भौरा क्षेत्रमा रासायनिक मलको अभाव भएको छ ।

बर्दियाको भौरा क्षेत्रमा रासायनिक मलको अभाव भएको छ । धान उत्पादनका दृष्टीले निकै अब्बल भौरा क्षेत्रको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका स्थानीय किसान यतिबेला रासायनिक मलका लागि विभिन्न सहकारीका ढोका चाहार्न पुग्न थालेका हुन् । खेती गर्ने बेलामा हरेक वर्ष मलको अभाव हुने भए पछि यस क्षेत्रका किसान रामकृष्ण न्यौपानेले अब खेती गर्न समस्या हुन […]
बर्दियाको राजापुरमा रहेका बादी समुदायको विकासका लागि स्थानीय सरकारले विशेष ध्यान दिएको उपप्रमुख मनकला कुमारी चौधरीको भनाई ।

बर्दियाको राजापुरमा रहेका बादी समुदायको विकासका लागि स्थानीय सरकारले विशेष ध्यान दिएको उपप्रमुख मनकला कुमारी चौधरीले वताउनु भएको छ । बादी बालबालिकाहरुको विद्यालय निरन्तरता तथा शिक्षामा गुणस्तरीयताका लागि स्थानीय सरकार तथा सरोकार राख्ने निकायको भूमिका विषयक अन्तक्रिया कार्यक्रममा उपप्रमुख चौधरीले बताउनु भएको हो । जातिय विभेदले हेपिएको बादी समुदायका विद्यालय उमेर समूहका बालबालिकाहरुको विद्यालय छाड्ने […]