Hamro Khabar Bardiya – Best News Portal from Nepal in Nepali. https://hamrokhabarbardiya.com/ सहि सूचना, सत्य समाचारको संगालो- हाम्रो खबर बर्दिया Sat, 05 Oct 2024 10:12:03 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.6.2 https://hamrokhabarbardiya.com/wp-content/uploads/2024/02/cropped-हाम्रो-32x32.png Hamro Khabar Bardiya – Best News Portal from Nepal in Nepali. https://hamrokhabarbardiya.com/ 32 32 राजापुरमा प्रथम युनिक बर्दिया दौड प्रतियोगिता २०८१ हुने, प्रतिभावान खेलाडीको पहिचान र खेल प्रति युवाको आकर्षण हुने आयोजकको विश्वास, https://hamrokhabarbardiya.com/archives/4783 https://hamrokhabarbardiya.com/archives/4783#respond Sun, 29 Sep 2024 15:54:46 +0000 https://hamrokhabarbardiya.com/?p=4783 मिन प्रसाद अधिकारी बर्दियाको राजापुरमा प्रथम युनिक बर्दिया दौड प्रतियोगिता २०८१ हुने भएको छ ।  भौरा क्षेत्रका खेलाडी युवाहरुको क्षमता बाहिर ल्याउने मुख्य उद्देश्यले खुला पुरुष तथा महिला दौड प्रतियोगिता कार्यक्रम युनिक स्पोर्टस् क्लवको समन्वयमा युनिक नेपालको आयोजनामा दौड प्रतियोगिता गर्न लागिएको आज आयोजित पत्रकार संम्मेलनमार्फत जानकारी गरिएको हो ।   नेपाल सरकारले खेल क्षेत्रमा […]

The post राजापुरमा प्रथम युनिक बर्दिया दौड प्रतियोगिता २०८१ हुने, प्रतिभावान खेलाडीको पहिचान र खेल प्रति युवाको आकर्षण हुने आयोजकको विश्वास, appeared first on Hamro Khabar Bardiya – Best News Portal from Nepal in Nepali..

]]>
मिन प्रसाद अधिकारी

बर्दियाको राजापुरमा प्रथम युनिक बर्दिया दौड प्रतियोगिता २०८१ हुने भएको छ ।  भौरा क्षेत्रका खेलाडी युवाहरुको क्षमता बाहिर ल्याउने मुख्य उद्देश्यले खुला पुरुष तथा महिला दौड प्रतियोगिता कार्यक्रम युनिक स्पोर्टस् क्लवको समन्वयमा युनिक नेपालको आयोजनामा दौड प्रतियोगिता गर्न लागिएको आज आयोजित पत्रकार संम्मेलनमार्फत जानकारी गरिएको हो ।

 

नेपाल सरकारले खेल क्षेत्रमा न्यून लगानी गरेपनि खेलाडीहरुले निकै कडा परिश्रम गरेर स्थानीय तहका राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कपहरु, जिल्ला प्रदेश, संघीय तथा अन्तराष्ट्रिय प्रतियोतिगामा सफलता पाएको युनिक नेपालका अध्यक्ष प्रिम बहादुर थारुले बताउनु भयो ।

 

असोज १७ गते हुने प्रतियोगितामा पुरुष ८ किलो मिटर र महिला ५ किलो मिटर खुला दौड प्रतियोगिता राजापुर भन्सार पृथ्वी चोकबाट बिहान ७ बजेदेखि शुरु हुने दौड सोही स्थानमै समापन हुने जानकारी गरिएको छ । प्रतियोगितामा ११ जना पाहुना खेलाडी सहित १ सय ६५ जनाले नाम दर्ता गरिसकेको बताईएको छ । दौड प्रतियोगिता को लागि जिल्ला प्रशासन, इलाका प्रशासन, जिल्ला खेलकुद विकास समिति, जिल्ला प्रहरी, जिल्ला एथ्लेटिक्स संघ,इलाका प्रहरी, सशस्त्र प्रहरी बल राजापुर, राजापुर नगरपालिका, स्वास्थ्य शाखा राजापुर सँग समन्वय गरिएको छ भने स्थानिय मिडियाहरु मिडिया पार्टनर रहेको संस्थाले जनाएको छ

 

The post राजापुरमा प्रथम युनिक बर्दिया दौड प्रतियोगिता २०८१ हुने, प्रतिभावान खेलाडीको पहिचान र खेल प्रति युवाको आकर्षण हुने आयोजकको विश्वास, appeared first on Hamro Khabar Bardiya – Best News Portal from Nepal in Nepali..

]]>
https://hamrokhabarbardiya.com/archives/4783/feed 0
मुक्त कमैया समाज राजापुर द्वारा दबाबमूलक ¥याली तथा कोणसभा कार्यक्रम सम्पन्न, कमैया र श्रमिकको समस्या समाधानमा पहल गरिदिन स्थानीय सरकार संग अनुरोध । https://hamrokhabarbardiya.com/archives/4777 https://hamrokhabarbardiya.com/archives/4777#respond Sat, 28 Sep 2024 14:22:20 +0000 https://hamrokhabarbardiya.com/?p=4777 मुक्त कमैया समाज राजापुरले आज दबाबमूलक ¥याली तथा कोणसभा कार्यक्रम सम्पन्न गरेको छ ।  मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान भन्दै आज समान कामको समान ज्याला र श्रम अधिकार सम्बन्धी दबाबमूलक ¥याली तथा कोण सभा कार्यक्रम आयोजना गरिएको हो ।   मुक्त भएको लामो समय हुँदासम्म पनि कमैयाहरुको जीवन स्तर माथि उठ्न नसकेको र सबैपाटीका […]

The post मुक्त कमैया समाज राजापुर द्वारा दबाबमूलक ¥याली तथा कोणसभा कार्यक्रम सम्पन्न, कमैया र श्रमिकको समस्या समाधानमा पहल गरिदिन स्थानीय सरकार संग अनुरोध । appeared first on Hamro Khabar Bardiya – Best News Portal from Nepal in Nepali..

]]>
मुक्त कमैया समाज राजापुरले आज दबाबमूलक ¥याली तथा कोणसभा कार्यक्रम सम्पन्न गरेको छ ।  मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान भन्दै आज समान कामको समान ज्याला र श्रम अधिकार सम्बन्धी दबाबमूलक ¥याली तथा कोण सभा कार्यक्रम आयोजना गरिएको हो ।

 

मुक्त भएको लामो समय हुँदासम्म पनि कमैयाहरुको जीवन स्तर माथि उठ्न नसकेको र सबैपाटीका नेतृत्वहरुले कमैयालाई प्रयोग गर्दै भोट बैक बनाएर झुक्याउने राजनीति गरेको कचहरी केन्द्र राजापुर मुक्त कमैया समाज नगर समिति राजापुरका अध्यक्ष जगतराम थारुले वताउनु भयो । दिनभर झरी परे पनि नगरपालिकाभर रहेका मुक्त कमैयाहरु आजको कार्यक्रममा सहभागी हुन विभिन्न ठाउँबाट राजापुर आएका थिए ।

कोण सभापछि समितिले राजापुर नगरपालिकाका निमित्त कार्यकारी प्रमुख दलबहादुर चौधरीलाई ध्यानाकर्षण पत्र बुझाएको थियो । याली सहित नगरपालिकामा पुगेका मुक्त कमैयाहरुले जिल्ला दररेट समिति, बर्दियाले आ.व. २०८०÷८१ को लागि स्वीकृत गरेको जिल्ला दररेट अनुसार निर्धारण गरेको ज्याला रु ६५० सुनिश्चित गरियोस ।

कार्य स्थलमा श्रमिकहरुको सुरक्षा सामाग्रीहरुको प्रबन्ध मिलाउने व्यवस्था गरियोस । श्रमिकहरुको सामाजिक सुरक्षा तथा म्यादी बीमाको लागि सम्बन्धित सरोकारवालासंग समन्वयगरि व्यवस्था गरियोस । सबै प्रकारको निर्माण कार्यमा काम गर्ने श्रमिकहरुको लागि अनिवार्य हाजिरी कार्डको व्यवस्था गरियोस । श्रम कार्य क्षेत्रमा हुने कुनै पनि प्रकारको हिंसा, भेदभाव, दुव्र्यवहार र शोषणको अन्त्य गरियोस । श्रमिकहरुलाई ‘काम गरेको ज्याला समयमा उपलब्ध नगराउने सबै निर्माण व्यवसायीहरुलाई नियमन गरियोस ।

 

भौतिक संरचना निर्माण सम्पन्न भएपछि श्रमिकहरुको पनि अनुगमन गरियोस । श्रमिकहरुको लागि सहायता केन्द्रको व्यवस्था गरियोस । आंशिक र नियमित श्रमिकहरुको पहिचाान गरि रोजगारीको सिर्जना गरियोस । श्रम ऐन २०७४ कार्यान्वयन गरियोस लगायतका माग राखेका छन् ।

The post मुक्त कमैया समाज राजापुर द्वारा दबाबमूलक ¥याली तथा कोणसभा कार्यक्रम सम्पन्न, कमैया र श्रमिकको समस्या समाधानमा पहल गरिदिन स्थानीय सरकार संग अनुरोध । appeared first on Hamro Khabar Bardiya – Best News Portal from Nepal in Nepali..

]]>
https://hamrokhabarbardiya.com/archives/4777/feed 0
नगर स्तरीय अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न, विद्यार्थीहरुमा सकारात्मक भावनाको विकास हुने प्रमुख अतिथि चौधरीको विश्वास । https://hamrokhabarbardiya.com/archives/4767 https://hamrokhabarbardiya.com/archives/4767#respond Sat, 28 Sep 2024 14:18:02 +0000 https://hamrokhabarbardiya.com/?p=4767 पुरुषोत्तम खनाल बर्दियाको राजापुर नगरपालिकामा आज नगर स्तरीय अन्तर विद्यालय माध्यमिक तह हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । हाजिरी जवाफ प्रतियोगिता लाइ प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै राजापुर नगरपालिका सामाजिक विकास समिति संयोजक तथा वडा नं. ५ का वडाध्यक्ष रमेश दहितले विद्यार्थीहरुको मेहनत निकै धेरै रहेको बताउनु भयो ।   नगर पालिका भरका विद्यालयहरुमा […]

The post नगर स्तरीय अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न, विद्यार्थीहरुमा सकारात्मक भावनाको विकास हुने प्रमुख अतिथि चौधरीको विश्वास । appeared first on Hamro Khabar Bardiya – Best News Portal from Nepal in Nepali..

]]>
पुरुषोत्तम खनाल

बर्दियाको राजापुर नगरपालिकामा आज नगर स्तरीय अन्तर विद्यालय माध्यमिक तह हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

हाजिरी जवाफ प्रतियोगिता लाइ प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै राजापुर नगरपालिका सामाजिक विकास समिति संयोजक तथा वडा नं. ५ का वडाध्यक्ष रमेश दहितले विद्यार्थीहरुको मेहनत निकै धेरै रहेको बताउनु भयो ।

 

नगर पालिका भरका विद्यालयहरुमा गरिने शैक्षिक कार्यक्रममा नगरपालिकाको लगानी हुने भएकाले सबै विद्यालयहरु राजापुर जस्तै सक्रिय भएर लाग्नु पर्ने वताउनु भयो । बौद्धिक खेलहरुमा प्रतिस्पर्धी हुने विद्यार्थीहरु अत्यन्तै चलाख, जिज्ञासु, र चौतर्फी विषयवस्तुमा रुचि राख्ने हुनु पर्ने भन्दै आजको सफलताले मात्तिन र असफलताले आत्तिन नहुने निरन्तर मेहनत गर्न सुझाव दिदै नगरस्तरीय जस्तो प्रतिस्पधामा सहभागी नहुने विद्यालयको मूल्याङ्कन कम्जोर हुने धारणा राख्दै असल नागरिक बनेर प्रगति गर्दै अघि बढ्न पनि शुभकामना दिनु भएको थियो ।

 

 

कार्यक्रममा सहभागी विद्यार्थीहरुलाई धन्यवाद र बधाई दिदै विशिष्ट अतिथि वडा नं. ४ का वडाध्यक्ष विदुर पोख्रेलले शिक्षा किताबी ज्ञानले मात्रै पुरा नहुने भन्दै यस्ता अतिरिक्त क्रियाकलापको आयोजना हुनु पर्ने र हारजितले अझै लगनशील, मेहनती, अनुशासित बन्न सहयोग पुग्ने धारणा राख्दै सबै सहभागी अब्बल रहेको भन्दै सफलताको शुभकामना दिनु भएको थियो ।

 

अमर शहीद श्री दशरथ चन्द मा वि राजापुरको आयोजनामा राजापुर नगरपालिकामा सञ्चालित ९ वटा सामुदायिक विद्यालयहरुमा ८ वटा र ५ वटा संस्थागत विद्यालयहरु गरी १३ टिमको उत्साहपूर्ण सहभागितामा प्रतियोगिता सम्पन्न भएको हो ।

 

प्रतियोगितामा राजापुर ४ को रिनेसाँ मा वि प्रथम, वडा नं. १० को श्री जनचेतना मा वि मंगलपुर द्वितीय र वडा नं. ५ को श्री किसान मा वि बदालपुर खल्लाजयपुर तृतीय भएका थिए । सहभागी संरक्षक शिक्षकहरुको तर्फबाट मन्तव्य राख्दै रिनेँसा मा वि का शिक्षक शिवाङ्ग दाहालले राजापुर विद्यालयले नगर स्तरीय कार्यक्रम गर्नु निकै सह्रानीय कार्य भएको बताउनु भयो ।

 

सबै विद्यालयमा हरेक शुक्रबार विभिन्न दिवसका दिन कार्यक्रमहरु गरिए पनि नगर स्तरीय प्रतियोगिताहरुले सकारात्मक प्रतिस्पर्धाको भावना बढ्ने भन्दै शुभकामना दिनु भएको थियो । आयोजक विद्यालय अमर शहीद श्री दशरथ चन्द मा वि राजापुरका प्रधानाध्यापक सरोज कुमार झा ले आजको जस्तो प्रतिकुल मौसममा पनि धेरै विद्यालयले निम्ता स्वीकार गरी सहभागिता गराएकोमा धन्यबाद दिदैँ आजको उत्कृष्टले अझैँ मेहनत गर्न र अरु बाँकी टिमले पनि उत्कृष्ट बन्ने लक्ष्य लिएर पढ्नु पर्ने भन्दै शुभकामना दिनु भएको थियो ।

 

 

कार्यक्रमको समापन गर्दै शिक्षक अभिभावक संघ ( एत्ब्) का अध्यक्ष जयराम थारुले आजको कार्यक्रमले विद्यार्थीमा पढ्ने वातावरण विकास हुने वताउनु भयो । नगरपालिका भर जहाँ पढेपनि विद्यार्थी हाम्रै भएकाले किताबसँगै प्रतिस्पर्धाका साझा कार्यक्रमहरु गर्न सके सिकाइ बढ्ने भन्दै सबै शिक्षक कर्मचारी, विद्यार्थीहरुलाई धन्यवाद सहित समापन गर्नु भएको थियो ।

 

विद्यालयको शिक्षक अभिभावक संघ ( एत्ब्) का अध्यक्ष जयराम थारुको सभाध्यक्षतामा आयोजित हाजिरीजवाफ प्रतियोगिताको प्रमुख अतिथि राजापुर नगरपालिका सामाजिक विकास समिति संयोजक तथा वडा नं. ५ का वडाध्यक्ष रमेश दहित विशिष्ट अतिथिमा वडा नं. ४ का वडाध्यक्ष विदुर पोख्रेल तथा विभिन्न विद्यालयका संरक्षक शिक्षकहरु अतिथिका रुपमा रहनु भएको थियो ।

The post नगर स्तरीय अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न, विद्यार्थीहरुमा सकारात्मक भावनाको विकास हुने प्रमुख अतिथि चौधरीको विश्वास । appeared first on Hamro Khabar Bardiya – Best News Portal from Nepal in Nepali..

]]>
https://hamrokhabarbardiya.com/archives/4767/feed 0
सक्रिय गुरुवाहरुलाई सम्मान, निस्वार्थ समाजसेवामा लाग्ने गुरुवाको प्राचीन उपचार विधि संरक्षण गर्नु पर्ने वडा न. ३ वडा अध्यक्ष प्रसादु थारुको भनाई । https://hamrokhabarbardiya.com/archives/4752 https://hamrokhabarbardiya.com/archives/4752#respond Fri, 27 Sep 2024 02:53:25 +0000 https://hamrokhabarbardiya.com/?p=4752 मिन अधिकारी बर्दियाको राजापुरमा आज गुरुवाहरुलाई सम्मान गरिएको छ । राजापुर नगरपालिका वडा नं. ३ को कार्यालयले आज वडामा रहेर सक्रियताका साथ प्राचीन उपचार विधिमा संलग्न गुरुवाहरुलाई सम्मान गरेको हो ।   वडाले आफ्नो स्वीकृत बजेटबाट छुट्याएको ३० हजार बराबरको २६ । २६ थान छाता र टर्च वितरण गर्दै सम्मान गरेको हो । वडामा ४३ […]

The post सक्रिय गुरुवाहरुलाई सम्मान, निस्वार्थ समाजसेवामा लाग्ने गुरुवाको प्राचीन उपचार विधि संरक्षण गर्नु पर्ने वडा न. ३ वडा अध्यक्ष प्रसादु थारुको भनाई । appeared first on Hamro Khabar Bardiya – Best News Portal from Nepal in Nepali..

]]>
मिन अधिकारी

बर्दियाको राजापुरमा आज गुरुवाहरुलाई सम्मान गरिएको छ । राजापुर नगरपालिका वडा नं. ३ को कार्यालयले आज वडामा रहेर सक्रियताका साथ प्राचीन उपचार विधिमा संलग्न गुरुवाहरुलाई सम्मान गरेको हो ।

 

वडाले आफ्नो स्वीकृत बजेटबाट छुट्याएको ३० हजार बराबरको २६ । २६ थान छाता र टर्च वितरण गर्दै सम्मान गरेको हो । वडामा ४३ जना समाजसेवी गुरुवाहरुको नामावली प्राप्त भए पनि यस वर्ष छुट्याइएको बजेटबाट संयुक्त रुपमा गुरुवाहरुलाई सम्मान सोरुप छाता र टर्च वितरण गरेको छ ।

वडामा सक्रिय दुबै टोलीका अध्यक्षहरु कुलराम थारु र दुहना थारुले वडाबाट प्रदान गरेको सामान बुझ्दै आफुहरुलाई वडाले गरेको सहयोगले समाज सेवामा लाग्न थप बल पुगेको भन्दै धन्यवाद सहित सहयोग निरन्तर गर्न आग्रह गर्नु भएको थियो ।

 

गाउँघरमा प्राचीन उपचार विधिका माध्यमले धेरैको ज्यान जोगिएको भन्दै उच्च सम्मानका साथ गुरुवाहरुलाई सहयोग गर्न पाउँदा वडा कार्यालय परिवार खुशी भएको वडाध्यक्ष तथा गुरुवाहरुलाई सम्मान कार्यक्रमका सभाध्यक्ष प्रसादु थारुले बताउनु भयो ।

 

रात विहान नभनेर समाज सेवामा निस्वार्थ समर्पित ज्यातिष तथा गुरुवाहरुको प्राचीन उपचार विधिलाई संरक्षण गर्नु पर्ने र सेवालाई सहज बनाउन धेरै आवश्यकता रहे पनि उहाँहरुको माग अनुसार सेवालाई निरन्तरता दिने भन्दै कार्यक्रमको समापन गर्नु भएको थियो । वडा सदस्यहरुको उपस्थितिमा वडा नं. ३ को नवनिर्मित भवन प्रयागपुरमा गरिएको कार्यक्रमको सञ्चालन वडा सचिव सोनु सिजापति मगरले गर्नु भएको थियो ।

The post सक्रिय गुरुवाहरुलाई सम्मान, निस्वार्थ समाजसेवामा लाग्ने गुरुवाको प्राचीन उपचार विधि संरक्षण गर्नु पर्ने वडा न. ३ वडा अध्यक्ष प्रसादु थारुको भनाई । appeared first on Hamro Khabar Bardiya – Best News Portal from Nepal in Nepali..

]]>
https://hamrokhabarbardiya.com/archives/4752/feed 0
बर्दियाको राजापुरमा जैविक विविधता प्रबद्र्धनमा लैङ्गिक समानता र सामाजिक समावेशीकरण तथा नेतृत्व विकास तालिम सम्पन्न । https://hamrokhabarbardiya.com/archives/4741 https://hamrokhabarbardiya.com/archives/4741#respond Wed, 25 Sep 2024 14:17:11 +0000 https://hamrokhabarbardiya.com/?p=4741 मिन अधिकारी बर्दियाको राजापुरमा जैविक विविधता प्रबद्र्धनमा लैङ्गिक समानता र सामाजिक समावेशीकरण तथा नेतृत्व विकास तालिम सम्पन्न भएको छ । नगरपालिकाको १० वटै वडाका वन उपभोक्ता समिति, खानेपानी उपभोक्ता समिति, विपत व्यवस्थापन समिति र युवा सञ्जालका पदाधिकारीहरुलाई जैविक विविधता प्रबद्र्धनमा स्थानीयको भूमिकासँगै जैविक विविधतामा अहिलेको अवस्था र भावि योजनाको बारेमा समावेश गर्नु पर्ने विषयवस्तुका बारेमा […]

The post बर्दियाको राजापुरमा जैविक विविधता प्रबद्र्धनमा लैङ्गिक समानता र सामाजिक समावेशीकरण तथा नेतृत्व विकास तालिम सम्पन्न । appeared first on Hamro Khabar Bardiya – Best News Portal from Nepal in Nepali..

]]>
मिन अधिकारी

बर्दियाको राजापुरमा जैविक विविधता प्रबद्र्धनमा लैङ्गिक समानता र सामाजिक समावेशीकरण तथा नेतृत्व विकास तालिम सम्पन्न भएको छ ।

नगरपालिकाको १० वटै वडाका वन उपभोक्ता समिति, खानेपानी उपभोक्ता समिति, विपत व्यवस्थापन समिति र युवा सञ्जालका पदाधिकारीहरुलाई जैविक विविधता प्रबद्र्धनमा स्थानीयको भूमिकासँगै जैविक विविधतामा अहिलेको अवस्था र भावि योजनाको बारेमा समावेश गर्नु पर्ने विषयवस्तुका बारेमा सिएटिएन प्रा लि पदम प्रसाद जमरकट्टेल र उर्मिला ताम्राकारले सहजीकरण गर्नु भएको थियो ।

 

नगरपालिकाका सबै वडाबाट ५ सय सहभागीहरुलाई नेपालको संविधान २०७२ मा भएका प्रमुख व्यवस्था, वन ऐन २०७६, वन नियमावली २०७९, जैविक विविधता रण नीति सन २०१८ राष्ट्रिय जलवायु परिवर्तन नीति २०७६, जलवायु परिवर्तन सम्बन्धी लैङ्गिक तथा सामाजिक समावेशीकरण रणनीति तथा कार्ययोजना २०७७ २०८७, स्थानीय सरकार सञ्चालन ऐन २०७४ का वारेमा जानकारी गरिएको थियो ।

The post बर्दियाको राजापुरमा जैविक विविधता प्रबद्र्धनमा लैङ्गिक समानता र सामाजिक समावेशीकरण तथा नेतृत्व विकास तालिम सम्पन्न । appeared first on Hamro Khabar Bardiya – Best News Portal from Nepal in Nepali..

]]>
https://hamrokhabarbardiya.com/archives/4741/feed 0
बर्दियाको राजापुरमा धार्मिक सप्ताह ज्ञान महायज्ञ हुने, धर्मले मानिसलाई सत्मार्ग देखाउने वडाध्यक्ष न्यौपानेको धारणा, यज्ञमा सहयोग गर्नै सबैमा आग्रह । https://hamrokhabarbardiya.com/archives/4729 https://hamrokhabarbardiya.com/archives/4729#respond Wed, 25 Sep 2024 14:07:33 +0000 https://hamrokhabarbardiya.com/?p=4729 मिन प्रसाद अधिकारी बर्दियाको राजापुर नगर पालिका वडा न.६ मा धार्मिक सप्ताह ज्ञान महायज्ञ २०८१ श्रीमद् भागवत कथा वचान हुने भएको छ । राजापुर नगरपालिकाको वडा नं. ६ मानपुर महुँवामा यहि असोज १७ गते घटस्थापनादेखि २३ गते सम्म धार्मिक सप्ताह ज्ञान महायज्ञ २०८१ हुने भएको हो ।   विधिवत् रुपमा सचिवालयको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै […]

The post बर्दियाको राजापुरमा धार्मिक सप्ताह ज्ञान महायज्ञ हुने, धर्मले मानिसलाई सत्मार्ग देखाउने वडाध्यक्ष न्यौपानेको धारणा, यज्ञमा सहयोग गर्नै सबैमा आग्रह । appeared first on Hamro Khabar Bardiya – Best News Portal from Nepal in Nepali..

]]>
मिन प्रसाद

अधिकारी बर्दियाको राजापुर नगर पालिका वडा न.६ मा धार्मिक सप्ताह ज्ञान महायज्ञ २०८१ श्रीमद् भागवत कथा वचान हुने भएको छ ।

राजापुर नगरपालिकाको वडा नं. ६ मानपुर महुँवामा यहि असोज १७ गते घटस्थापनादेखि २३ गते सम्म धार्मिक सप्ताह ज्ञान महायज्ञ २०८१ हुने भएको हो ।

 

विधिवत् रुपमा सचिवालयको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राजापुर नगरपालिकाका प्रबक्ता तथा वडा नंं ६ का वडाध्यक्ष असराज न्यौपानेले समाजमा शान्ति ल्याउन र बढ्दै गएको अमानवीय व्यवहार घटाउन धार्मिक आस्थाका धरोहरले सहयोग गर्ने भएकाले आफुले सक्दो सहयोग गर्ने बताउनु भयो ।

 

धर्म र संस्कृति कानुन भएको र यसैको आडमा मानिसले गलत काम गर्दैनथेँ ।

विविधताको देश नेपाल भए पनि पुकार गर्ने ईश्वर एकै भएको र कसैप्रति नकारात्मक विचार नराखे धर्म कमाइने भन्दै सकेको दान गर्न अनुरोध गर्नु भएको छ ।

 

महुँवामा निर्मार्णाधिन अधुरो शिव मन्दिर निर्माण, दिव्य धाम निर्माणका लागि सहस्र शालिग्राम परिक्रमा योग विज्ञान शिविर तथा बाल संस्कार कार्यक्रम गरिन लागेको कार्यक्रमका महासचिव जगतराम थारुले बताउनु भएको छ ।

महुँवामा हुने धार्मिक सप्ताह ज्ञान महायज्ञमा प्रसिद्ध कथा बाचक आचार्य नरेश नेपालले कथा बाचन गर्नु हुने धार्मिक कार्यक्रममा १७ गते विहान कलशयात्रा गरिने महा सचिव थारुले वताउनु भएको छ । मूल आयोजक समितिका अध्यक्ष लक्ष्मण बुढाथोकीको सभाध्यक्षतामा गरिएको उद्घाटन कार्यक्रमको सञ्चालन हरिलाल थारुले गर्नु भएको थियो ।

The post बर्दियाको राजापुरमा धार्मिक सप्ताह ज्ञान महायज्ञ हुने, धर्मले मानिसलाई सत्मार्ग देखाउने वडाध्यक्ष न्यौपानेको धारणा, यज्ञमा सहयोग गर्नै सबैमा आग्रह । appeared first on Hamro Khabar Bardiya – Best News Portal from Nepal in Nepali..

]]>
https://hamrokhabarbardiya.com/archives/4729/feed 0
आधारभूत तहमा सिकाई आपुरण र द्रुत सिकाइ सहयोग सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न, गुणस्तर बढाउन सबै लाग्नु पर्ने सहभागिहरुको भनाई । https://hamrokhabarbardiya.com/archives/4719 https://hamrokhabarbardiya.com/archives/4719#respond Wed, 25 Sep 2024 13:59:41 +0000 https://hamrokhabarbardiya.com/?p=4719 मिन अधिकारी राजापुर आधारभूत तहमा सिकाई आपुरण र द्रुत सिकाइ सहयोग सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाको सामुदायिक विद्यालयहरुमा अध्ययन गर्ने आधार तहका विद्यार्थीहरुमा सिकाई गुणस्तर बढाउन शसक्तीकरण बालिका परियोजना रियल प्लान अन्तर्गत एक दिने अभिमुखीकरण गरेको हो ।   राजापुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजना र प्लान इन्टरनेशनल […]

The post आधारभूत तहमा सिकाई आपुरण र द्रुत सिकाइ सहयोग सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न, गुणस्तर बढाउन सबै लाग्नु पर्ने सहभागिहरुको भनाई । appeared first on Hamro Khabar Bardiya – Best News Portal from Nepal in Nepali..

]]>
मिन अधिकारी

राजापुर आधारभूत तहमा सिकाई आपुरण र द्रुत सिकाइ सहयोग सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

नगरपालिकाको सामुदायिक विद्यालयहरुमा अध्ययन गर्ने आधार तहका विद्यार्थीहरुमा सिकाई गुणस्तर बढाउन शसक्तीकरण बालिका परियोजना रियल प्लान अन्तर्गत एक दिने अभिमुखीकरण गरेको हो ।

 

राजापुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजना र प्लान इन्टरनेशनल नेपाल र राधाकृष्ण थारु जनसेवा केन्द्र | RKJS को सहयोगमा पलिकाभर सञ्चालति सामुदायिक विद्यालयका ३६ जना प्रअ तथा प्रतिनिधिहरुलाई एक दिने अभिमुखीकरण कार्यक्रम गरेको हो ।

कोभिडका वेलामा विद्यालय जान नसकेर शिक्षा गुणस्तर घट्दै गएको अवस्थालाई वृद्धि गर्न टेवा पु¥याउने उद्देश्यले कार्यक्रम गरिएको हो । राजापुर नगरपालिकामा आयोजित कार्यक्रमको उद्देश्यमाथि शिक्षा शाखा प्रमुख दल बहादुर थारुले गर्नु भएको थियो ।

 

 

सहभागी प्रअ तथा प्रतिनिधिले अंग्रेजी, गणित र विज्ञान विषयमा मात्रै जोड नदिएर अनिवार्य सबै विषयलाई आपुरण कक्षामा जोड्नु पर्ने, कक्षाको अनुगमनमा पालिकाले ध्यान दिनु पर्ने सुझाव र्दिका थिए । कार्यक्रमलाई समापन गर्दै सामाजिक विकास समितिका संयोजक रमेश दहितले शिक्षामा गुणस्तर बढाउने कार्यमा शिक्षकहरु सक्रिय भए सम्भव हुने धारणा राख्नु भयो । पालिकाका केही विद्यालयमा विषयगत शिक्षकको अभाव रहे पनि आफुहरु शिक्षक परिपूर्ति गर्न लागि परेको भन्दै नगरपालिकाले विद्यालय अनुगमनमा निरन्तरता दिने बताउदै कार्यक्रम समापन गर्नु भएको थियो । फिल्ड सुपर भाइजर रेणुका चन्दले सञ्चालन गरेको कार्यक्रममा कार्यक्रम अधिकृत तथा शिक्षा संरक्षक सिमा वली, फिल्ड सुपरभाइजर दिक्षा बिष्ट तथा पत्रकारहरुको सहभागिता रहेको थियो ।

The post आधारभूत तहमा सिकाई आपुरण र द्रुत सिकाइ सहयोग सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न, गुणस्तर बढाउन सबै लाग्नु पर्ने सहभागिहरुको भनाई । appeared first on Hamro Khabar Bardiya – Best News Portal from Nepal in Nepali..

]]>
https://hamrokhabarbardiya.com/archives/4719/feed 0
अविरल वर्षाका कारण राजापुर नगरपालिकाका गाउँवस्ती तथा विद्यालयहरु जलमग्न, पठनपाठनमा समस्या, आफुहरु उद्धारमा रहेको नगर प्रमुख थारुको भनाई । https://hamrokhabarbardiya.com/archives/4707 https://hamrokhabarbardiya.com/archives/4707#respond Sat, 14 Sep 2024 04:21:31 +0000 https://hamrokhabarbardiya.com/?p=4707 मिन प्रसाद अधिकारी   २ दिन अघिदेखि परेको अविरल वर्षाका कारण बर्दियाको राजापुर नगरपालिकामा बस्ती तथा विद्यालयहरु जलमग्न भएका छन् । २ दिन अघिदेखि परेको अविरल वर्षा र झरीले राजापुर नगरपालिकाको वडा नं. १ दौलतपुर, सोनपुर, चनौरा, वडा नं. ३ को श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय टेडिया, वडा नं. ७ बाजुरा टोल, शंकरपुर वडा नं. […]

The post अविरल वर्षाका कारण राजापुर नगरपालिकाका गाउँवस्ती तथा विद्यालयहरु जलमग्न, पठनपाठनमा समस्या, आफुहरु उद्धारमा रहेको नगर प्रमुख थारुको भनाई । appeared first on Hamro Khabar Bardiya – Best News Portal from Nepal in Nepali..

]]>
मिन प्रसाद अधिकारी

 

२ दिन अघिदेखि परेको अविरल वर्षाका कारण बर्दियाको राजापुर नगरपालिकामा बस्ती तथा विद्यालयहरु जलमग्न भएका छन् ।

२ दिन अघिदेखि परेको अविरल वर्षा र झरीले राजापुर नगरपालिकाको वडा नं. १ दौलतपुर, सोनपुर, चनौरा, वडा नं. ३ को श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय टेडिया, वडा नं. ७ बाजुरा टोल, शंकरपुर वडा नं. ८ को कोइली, सोइली, वडा नं. ९ को श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय गोडियाना र दुर्गानगर र प्रहरी चौकी गोडियाना डुवानमा परेको नगरपालिकाको विपत् व्यवस्थापन समितिका फोकल पर्सन खुशीराम थारुले बताउनु भयो ।

 

अहिलेसम्म करिब ३५० घर धुरी र ३ वटा विद्यालयमा पानी पसेको तथ्याङ्क लिइएको र जोखिम अझैँ बढ्दै गएको बताउनु भयो । राजापुर नगरपालिकाका नगरप्रमुख दिपेश थारु वडा नं. १ का स्थानीयलाई उद्धार गर्दै नदीमा पानीको सतह बढ्दै गएकोले अहिले नै ढुवान भएको तथ्याङ्क पुरा भन्न नसकिने बताउनु भएको छ ।

 

अहिले उद्धारको लागी बिभिन स्थानहरुमा नगरपालिका का प्रतिनिधी प्रहरी गएर ढुवान पीडितलाई सुरक्षित स्थानमा राखेर शुद्ध पिउने पानी वितरण गरिएको र अन्य कु्राको ब्याबस्थापन मिलाउन लागीपरेको भन्दै तटीय क्षेत्रका सबै नगरबासीहरुलाइ महत्वपुर्ण सामान सहित शुरक्षित स्थानमा चनाखो भयर बस्न नगर प्रमुख थारुले आग्रर्ह गर्नु भएको छ ।

 

अविरल वर्षाल र झरीले वडा नं. ३ को श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय टेडिया, वडा नं. ६ को मानपुर मा वि टपरा, र वडा नं. ९ को श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय गोडियाना जलमग्न भएको हो ।

विगतमा वर्षा हुँदा डुवान भएर पठनपाठन बन्द भएको समस्या सरोकारवालालाई जाहेर गरे पनि कुनै सुनुवाई नभएको विद्यालयका समितिहरुले जनाएका छन् ।

 

राजापुरमा रहेको विभिन्न संरचनाहरुको अगाडी उचित निकास नहुँदा डुवानको समस्या बढेको हो । श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयका प्रअ राजकुमार बस्नेतले विद्यालयमा रहेको भौतिक पूर्वाधारहरु निकै जीर्ण रहेको र त्यसमा पनि डुवानको समस्याले विव्यस, पिटिए, शिक्षकहरुले चाहेर समेत केही गर्न नसकेको बताउदैे ।

 

आज विद्यालयका कक्षाकोठामा पसेको पानीले हप्ता दिनसम्म नै समस्या हुने बताउनु भयो । यता दिन रात सुरक्षा मा खटिने प्रहरी बस्ने चौकीमा पानी पसेर समस्या भएको छ भने यता कक्षाकोठामा दुर्गन्धित र लेदो पानी पसेर पूर्ण रुपमा सफा नगरी पठनपाठन गरे मौषमी तथा संक्रामक रोगको जोखिम हुने देखीएको छ ।

The post अविरल वर्षाका कारण राजापुर नगरपालिकाका गाउँवस्ती तथा विद्यालयहरु जलमग्न, पठनपाठनमा समस्या, आफुहरु उद्धारमा रहेको नगर प्रमुख थारुको भनाई । appeared first on Hamro Khabar Bardiya – Best News Portal from Nepal in Nepali..

]]>
https://hamrokhabarbardiya.com/archives/4707/feed 0
उत्कृष्ट महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको दशौ चुनाबी सभा सम्पन्न, अध्यक्षमा पुनः खत्री निर्वाचित, । https://hamrokhabarbardiya.com/archives/4697 https://hamrokhabarbardiya.com/archives/4697#respond Sat, 14 Sep 2024 04:14:22 +0000 https://hamrokhabarbardiya.com/?p=4697 मिन प्रसाद अधिकारी   बर्दिया राजापुर को उत्कृष्ट महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई आफ्नो क्षमताले भ्याएसम्मको उत्कृष्ट बनाउने अध्यक्ष धनलक्ष्मी खत्रीले बताउनु भएको छ ।   दशौँ साधारण सभामा पुनः अध्यक्ष बन्नु भएकी खत्रीले संस्थाको हितमा सबै व्यवस्थापन, लेखा र कर्मचारीहरुलाई मिलाएर अघि बढ्ने बताउनु भएको हो ।   आज संस्थाको दशौँ चुनावी […]

The post उत्कृष्ट महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको दशौ चुनाबी सभा सम्पन्न, अध्यक्षमा पुनः खत्री निर्वाचित, । appeared first on Hamro Khabar Bardiya – Best News Portal from Nepal in Nepali..

]]>
मिन प्रसाद अधिकारी

 

बर्दिया राजापुर को उत्कृष्ट महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई आफ्नो क्षमताले भ्याएसम्मको उत्कृष्ट बनाउने अध्यक्ष धनलक्ष्मी खत्रीले बताउनु भएको छ ।

 

दशौँ साधारण सभामा पुनः अध्यक्ष बन्नु भएकी खत्रीले संस्थाको हितमा सबै व्यवस्थापन, लेखा र कर्मचारीहरुलाई मिलाएर अघि बढ्ने बताउनु भएको हो ।

 

आज संस्थाको दशौँ चुनावी साधारण सभामा ४ करोड ५६ लाख ८७ हजार ८ सय त्रियासी रुपैया छप्पन पैसा कारोवार रहेको र संस्थाले ४ लाख २९ हजार ८ सय २४ रुपैया ८१ पैसा नाफा गरेको आर्थिक विवरण कोषाध्यक्ष मिना आचार्यले पेश गर्नु भएको थियो । संस्थाले यो आ. ब मा शेयर सदस्यता संख्यामा वृद्धि भएको, शेयर पूजीमा वृद्धि भएको, वचत रकममा वृद्धि भएको, ऋण लगानी रकममा वृद्धि भएको लगायतको प्रगति गरेको छ ।

 

चुनावी साधारण सभामा प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै नगरउपप्रमुख मनकला कुमारी चौधरीले महिला व्यवस्थापक रहेको संस्था निरन्तर प्रगतिको बाटोमा रहेको र अझैँ धेरै सफलताको शुभकामना दिनु भयो । नगरभरका सहकारीको प्रगति गर्न नगर सहकारी सञ्जाल गठन गरी काम अगाडी बढाइ रहेकाले सबैले सहयोग गर्नु पर्ने बताउनु भयो ।

शुभकामना मन्तव्य राख्दै शुशेली बहुमुखी सहकारी संस्थाका अध्यक्ष तथा जिल्ला दुग्ध उत्पादक सहकारी संघका कोषाध्यक्ष टीकाराम रेग्मीले सहकारीले सधैभरी सदस्यको जीवनस्तर उठाउने सीपमूलक र उत्पादनमुखी कार्यक्रममा लगानी गर्नु पर्ने बताउनु भयो ।

 

दिदी बहिनी सहकारी संस्थाको अध्यक्ष सीता अर्यालले शुभकामना मन्तव्य दिदै सहकारीको विकासमा धरातल विर्सन नहुने भन्दै राजनितिक र मेडिकल माफियाले सोझा सिधालाई उक्साउने गरेकाले सदस्य दोधारमा परेको भन्दै निरन्तर आफ्नो जिम्मेवारीमा रहनु पर्ने भन्दै संस्थाले प्रगति र उन्नति गरिरहोस् भन्दै शुभकामना दिनु भएको थियो ।

संस्थाको दशौ चुनावी साधारण सभाको अध्यक्षमा धनलक्ष्मी खत्री, उपाध्यक्ष नुस्मा चौधरी, सचिव रिता आचार्य, कोषाध्यक्ष आशा खड्का सहसचिवमा माया दहित लगायत ११जना सदस्य निर्वाचित भएका छ ।

 

संस्थाको दशौँ साधारण सभाले कमला न्यौपानेको संयोजकत्वमा रामदुलारी चौधरी र चन्की कुमारी चौधरी सदस्य रहेको लेखा समिति समेत गठन गरेको छ ।

 

कार्यक्रममा नगरपालिकाको आर्थिक शाखा प्रमुख सुनिता चौधरी, विभिन्न सहकारी संस्थाका प्रमुख, प्रतिनिधि, शेयर सदस्यहरुको उपस्थिति रहेको दशौँ साधारण सभामा सभाध्यक्ष धनलक्ष्मी खत्रीले प्रगति प्रतिवेदन र अनुगमन प्रतिवेदन लेखा संयोजक कमला न्यौपानेले प्रस्तुत गर्नु भएको थियो भने कार्यक्रममा रिता आचार्यले स्वागत मन्तव्य र कार्यक्रमको संञ्चालन संस्था प्रबन्धक मिरा चौधरीले गर्नु भएको थियो ।

The post उत्कृष्ट महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको दशौ चुनाबी सभा सम्पन्न, अध्यक्षमा पुनः खत्री निर्वाचित, । appeared first on Hamro Khabar Bardiya – Best News Portal from Nepal in Nepali..

]]>
https://hamrokhabarbardiya.com/archives/4697/feed 0
राजापुरका स्थानीयवासी शुद्ध खानेपानीको उपयोगबाट बञ्चित, जीर्ण भौतिक संरचना मर्मत सम्भारमा सरोकारवाला मौन । https://hamrokhabarbardiya.com/archives/4691 https://hamrokhabarbardiya.com/archives/4691#respond Thu, 12 Sep 2024 15:12:39 +0000 https://hamrokhabarbardiya.com/?p=4691 बर्दियाको राजापुरका स्थानीयवासी शुद्ध खानेपानीको उपयोगबाट बञ्चित हुँदा पनि सरोकारवाला मौन बसेका छन् । मिन प्र अधिकारी  वि. स. २०४२ सालमा निर्माण सम्पन्न भएर राजापुर बजार, शान्तिपुर, टेडियासम्म विस्तार गरिएको खानेपानी सेवा उचित मर्मत सम्भार नहुँदा खानेपानी संस्थान बन्द भएको हो । सरकारले शुद्ध पिउने पानीलाई मौलिक हकमा राखे पनि सञ्चालनमा रहेको खानेपानी बन्द हुनु, […]

The post राजापुरका स्थानीयवासी शुद्ध खानेपानीको उपयोगबाट बञ्चित, जीर्ण भौतिक संरचना मर्मत सम्भारमा सरोकारवाला मौन । appeared first on Hamro Khabar Bardiya – Best News Portal from Nepal in Nepali..

]]>
बर्दियाको राजापुरका स्थानीयवासी शुद्ध खानेपानीको उपयोगबाट बञ्चित हुँदा पनि सरोकारवाला मौन बसेका छन् ।

मिन प्र अधिकारी 

वि. स. २०४२ सालमा निर्माण सम्पन्न भएर राजापुर बजार, शान्तिपुर, टेडियासम्म विस्तार गरिएको खानेपानी सेवा उचित मर्मत सम्भार नहुँदा खानेपानी संस्थान बन्द भएको हो ।

सरकारले शुद्ध पिउने पानीलाई मौलिक हकमा राखे पनि सञ्चालनमा रहेको खानेपानी बन्द हुनु, राजापुर क्षेत्रका विभिन्न ठाउँमा नयाँ नयाँ खानेपानीका ट्याङकी निर्माण गरिए पनि अलपत्र हुनु, पुरानो र सबैभन्दा धेरै उपभोक्ता भएको राजापुर खानेपानी बन्द हुनु नै बिडम्बनाको विषय भएको छ ।

 

राजापुर खानेपानी सरसफाई तथा उपभोक्ता समितिका सचिब कृष्ण रेग्मीले खानेपानीको समस्या लिएर खानेपानी मन्त्रालय, विभाग, स्थानीय सरकारसँग पटकपटक धाउदा पनि कुनै उपाय नलागेको वताउनु भयो । लुम्बिनी प्रदेका भौतिक पूर्वाधार मन्त्री बैजनाथ थारु, राजापुर क्षेत्रबाटै उपसभामुख बन्नु भएकी कृष्णी थारु, प्रदेश भौतिक पूर्वाधार विकास मन्त्री धर्म बहादुर चौधरी, प्रदेश खानेपानी मन्त्री कृष्णा के सी नमूना, राजापुरको दुई पटकसम्म स्थानीय सरकारको नेतृत्व सम्हालेको नेकपा माओवादी केन्द्रका निवर्तमान मेयर शिव प्रसाद थारु, मेयर दिपेश थारु, उपमेयर मनकला कुमारी चौधरी, वडाध्यक्ष, विभिन्न पार्टी सम्बद्ध प्रमुख प्रतिनिधि, अध्यक्षहरु आएर झुठ्ठा आश्वासन मात्रै दिने र कुनै सहयोग नगरेकाले खानीपानी बन्द भएको हो ।

विकासको अनिवार्य पूर्वाधारमा पर्ने राजापुरको खानेपानी ९ महिनासम्म बन्द हुँदा पनि यसै क्षेत्रका जनताबाट मत पाएर चोक चौराहामा भाषण गर्दै विकासको लहर आएको फलाक्ने नेताहरु मन्त्री, उपसभामुख, मेयर, वडाध्यक्ष भए पनि खानेपानीको समस्या जिउकात्यु रहेको अध्यक्ष नेत्र प्रसाद सोतीले वताउनु भयो ।

सञ्चालनका लागि कतै कुनै ठाउँबाट सहयोग नपाउँदा खानेपानी समिति निष्कृय रहनु र विद्युतको लाइन समेत काटिनु लज्जाको विषय भएको छ ।

The post राजापुरका स्थानीयवासी शुद्ध खानेपानीको उपयोगबाट बञ्चित, जीर्ण भौतिक संरचना मर्मत सम्भारमा सरोकारवाला मौन । appeared first on Hamro Khabar Bardiya – Best News Portal from Nepal in Nepali..

]]>
https://hamrokhabarbardiya.com/archives/4691/feed 0