hamro khabar bardiya

बर्दियाको राजापुरमा यशोदा इन्टर नेशनल नेपाल राजापुर शाखाको उद्घाटन गरिएको छ ।

मिन अधिकारी बर्दियाको राजापुरमा यशोदा इन्टर नेशनल नेपाल राजापुर शाखाको उद्घाटन गरिएको छ । आज हरिशयनी एकादशीका अवसर पार्दै गरिएको कार्यक्रममा राजापुर नगरपालिका वडा नं. ४ का वडाध्यक्ष विदुर पोख्रेलले रिवन काटेर उद्घाटन गर्दै यस क्षेत्रका पढ्न रुचि भएका न्यून आय स्रोत भएका विद्यार्थीहरुलाई घरमै बसेर पढ्न पाउने वातावरण बनाएको भन्दै यस इन्सिच्युटमा पढाइने भाषामा […]

राजापुर नगरपालिकाद्वारा विभिन्न आयोजनाहरुको अनुगमन, उत्कृष्ट काम गरेका कृषकलाई प्रोत्साहन गर्ने नगर प्रमुखको प्रतिबद्धता

मिन अधिकारी राजापुर नगरपालिकाको कृषि विकास शाखा र पशु सेवा शाखाबाट चालु आयोजनाको अनुगमन गरिएको छ । अनुगमनका क्रममा राजापुर नगरपालिकाका नगर प्रमुख दिपेश थारुले सञ्चालित आयोजनाहरु गुणस्तरीय हुनु पर्ने वताउनु भएको छ । राजापुर नगरपालिकाले कृषि र पशु पालनका क्षेत्रमा गरेको लगानी अनुगमनका क्रममा हेर्दा सदुपयोग भएको वताउदैँ दुध उत्पादक किसानको आवश्यकतामा परेर माग […]

बर्दियाको राजापुरमा संचार क्षेत्रमा कलम चलाउने ४ जना पत्रकार सहित उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारी सम्मानित।

मिन अधिकारी, बर्दियाको राजापुरमा संचार क्षेत्रमा कलम चलाउने ४ जना पत्रकार सहित उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारी सम्मानित। आत्म सन्तुष्टि सहित काममा थप उर्जा थपिने उपप्रमुख चौधरीको भनाई । बर्दियाको राजापुरमा रहेर लामो समयदेखि संचार क्षेत्रमा कलम चलाउदै आएका चार पत्रकारलाई सम्मान गरिएको छ । आज एक कार्यक्रमको आयोजना गरी वडा नम्बर ८ ले वडामा रहेका […]

बर्दियाको भौरा क्षेत्रमा विद्युत अनियमित हुदाँ स्थानीयलाई समस्या ।

rajapur bardiya

बर्दियाको भौरा क्षेत्रमा विद्युत अनियमित हुदाँ स्थानीयलाई समस्या भएको छ । प्रचण्ड गर्मी भएसँगै राजापुर क्षेत्रको विद्युतमा नियमित हुन नसक्दा स्थानीय समस्यामा परेका हुन् । विहानैदेखि वढेको गर्मीले विद्यालयमा बालबालिका, घरमा रहने जेष्ठ नागरिक, स्थानीयलाई समस्या परेको छ । बत्ती नियमित नभएर आउने र जाने हुँदा विद्युतिय सामान समेत धेरै विग्रने गरेको स्थानीयको गुनासो छ […]

लाका प्रहरी कार्यालय राजापुरले १ क्विन्टल ५० किलो परिमाणमा अवैध कुखुरा बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय राजापुरले १ क्विन्टल ५० किलो परिमाणमा अवैध कुखुरा बरामद गरेको छ । पछिल्लो समय तस्करी मौलाउँदै गएको गुनासाहरु बढ्दै गएको समयमा इलाका प्रहरी कार्यालय बाट खटीएको गस्ती टोलीले राजापुर नगरपालिका वडा न.१० स्थित पखैपुरको भित्री सडक खण्डबाट भन्सार छली ल्याई बेवारीसे अवस्थामा राखिएको प्यारेन्ट जातको करिब ६० हजार मुल्य बराबरको अवैंध कुखुरा […]

गेरूवा १ थापापुरमा पिच पेल्ने क्रममा रोलरले किचेर एक जनाको मृत्यु भएको छ।

गेरूवा १ थापापुरमा पिच पेल्ने क्रममा रोलरले किचेर एक जनाको मृत्यु भएको छ। बुधबार साँझ ६ बजेतिर बाटोको पिच पेल्ने क्रममा रोलरले किचेर अमर–बर्दिया ब्ल्याक बक जेभी निर्माण कम्पनीमा कार्यरत भारतको विहार निवासी करिव २२ वर्षका प्रवेश आलमको मृत्यु भएको इलाका प्रहरी कार्यालय पाताभारका प्रमुख प्रहरी निरीक्षक राजेन्द्र बहादुर केसीले बताउनुभयो। रोलर चालक भने फरार […]

बर्दियाको भौरा क्षेत्रका किसानले चैते धान खेतीको तयारी गरेका छन् ।

बर्दियाको भौरा क्षेत्रका किसानले चैते धान खेतीको तयारी गरेका छन् । धान उत्पादनको दृष्टिले निकै अब्बल भौरा क्षेत्रको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका किसानहरु चैते धान खेतीमा लागेका हुन् । हरेक वर्ष भौरा क्षेत्रमा चैते धान खेती गर्ने किसानको सङ्ख्या बढ्दै गए पनि व्यवस्थित सिँचाई, मलखादको अभाव भने किसानले भोग्दै आएका छन् । राजापुर नगरपालिका […]

बर्दियाको राजापुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

बर्दियाको राजापुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान जीवनदान भन्ने मूल नारा सहित आज युनिक नेपाल बर्दियाको केन्द्रीय कार्यालय नयाँगाउँ २ जोतपुरमा रक्तदान कार्यक्रम Aसम्पन्न गरिएको हो । बर्दिया जिल्लामा दिन प्रतिदिन सिकलसेलको विरामीको संख्या बढेकाले रगत अभाव हुन थाले पछि विरामीको ज्यान जोगाउन रक्तदान कार्यक्रमको आयोजना गरिएको युनिक नेपालको अध्यक्ष प्रिम बहादुर थारुले […]

राजापुरमा सञ्चालित ५औँ मेयर कप तथा १६औँ राष्ट्रपति रनिङ शिल्ड को बिजेता कालिका मा.बि चनौरा ।

बर्दियाको राजापुरमा सञ्चालित ५औँ मेयर कप तथा १६औँ राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता सम्पन्न भएको छ । माघ १४ गतेदेखि सुरुभएको रनिङ शिल्ड प्रतियोगिता आज भव्यताका साथ सम्पन्न भएको हो । आज राजापुरमा रहेको खेल मैदानमा प्रतियोगिता समापन गर्दै नगर प्रमुख दिपेश थारुले पठनपाठनसँगै विद्यार्थी भाईबहिनीहरुलाई खेलकुद पनि आवश्यक पर्ने र यसकै माध्यमबाट हरेक क्षेत्रको […]

गेरुवामा बिजुलीको तार सर्ट भई गोठमा आगलागी, सवा चार लाख वरावरको क्षति

पुस्कर काफले बर्दियाको गेरुवामा एक गाेठमा आगलागी भएकाे छ । गेरुवा गाउँपालिका वडा नं. १ जनकनगर (पश्चिमपुरुवा) मा विजुलीको तार सर्ट भई गोठमा आगलागी भएकाे प्रहरीले जनाएकाे छ । आगलागीबाट सवा चार लाख वरावरको क्षति भएको छ ।सोमवार राती करिव १ बजे तिर जनकनगर बस्ने कृष्ण प्रसाद थारुको धर छेउमै रहेको खरवारले बनेको २ कोठे […]

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com