hamro khabar bardiya

बर्दियाको राजापुरमा लोक नृत्य प्रतियोगिताको आयोजना, निजी विद्यालयबाट धेरै कुरा सिक्नु पर्ने नगर प्रमुख दिपेश थारुको धारणा

बर्दियाको राजापुरमा जिल्ला स्तरीय लोक नृत्य प्रतियोगिताको आयोजना गरिएको छ । संस्थागत विद्यालयको छाता संगठन राष्ट्रिय निजि तथा आवासीय विद्यालयको आयोजनामा आज भव्य लोक नृत्य प्रतियोगिता सम्पन्न गरिएको हो । कार्यक्रमलाई संबोधन गर्दै प्रमुख अतिथि नगर प्रमुख दिपेश थारुले निजी विद्यालयले शिक्षा क्षेत्रमा ठूलो फड्को मारेको र शिक्षासँगै लोक संस्कृतिको जगेर्ना गर्दै बालबालिकाहरुबाट देश विदेशमा […]

अख्तियार द्वारा ३० हजार नगद घुस सहित सई पक्राउ

ईलाका प्रहरी कार्यालय मैनापोखर बर्दियाको मुद्दा शाखामा कार्यरत प्रहरी नायव निरीक्षक पवन साउद (सई) लाई मुद्दा मिलाइदिने भन्दै ३० हजार रूपैयाँ लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगन्जबाट खटेको टोलिले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मैनापोखरमा लागुऔषध मुद्दा मिलाइदिने भनि सहजिकरण गरि सेवा ग्राहि संगबाट ३० हजार रुपैया लिएको आरोपमा […]

बामपन्थी नेता ईन्द्र सेन पन्चतत्वमा बिलिन ।

राजापुर नगरपालिका -४, दलै गाउ निवासी इन्द्रबहादुर सेनको ६८ वर्षको उमेरमा निधन भएको छ। वहा सुगर लगायतका समस्याबाट ग्रसित हुनुहुन्थ्यो। इन्द्र सेनको जन्म बि.स. २०१२ सालमा बागलुङमा भएको थियो। जिविकोपार्जन को क्रममा भारतमा गएपछि उतै बाट बर्दिया बसाई सराई गरी सुरुवाती दिनमा शकंरपुर र हाल राजापुर बजारमा व्यापार व्यावसाय गर्दै आउनुभएको थियो। वहाको राजनीति र […]

गणतन्त्रवादी र राजावादीबीच बढ्दै द्वन्द्व, आन्दोलन चर्काउन राप्रपालाई पूर्वराजाको ‘ब्याक सपोर्ट’

आज मिति २०७९ साल चैत महिनाको ९ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको रात्रीकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा प्रस्तुत गरिएको छ– १. आन्दोलन चर्काउन पूर्वराजाको ब्याक सपोर्ट पूर्वराजा ज्ञानेन्द्र शाहले राप्रपालाई शीर्ष नेताहरूलाई बोलाएर राजतन्त्रको पक्षमा माहौल बनाउन सुझाव दिएका छन् । झापामा भेट्न पुगेका नेताहरूलाई पूर्वराजाले राजतन्त्रको पक्षमा राप्रपा प्रमुख शक्ति रहेकाले […]

सरकारी कर्मचारीका फोनमा टिकटक चलाउन प्रतिबन्ध !

लोकप्रिय सोसल मिडिया प्लाटर्फम टिकटकमाथिको प्रतिबन्धको सिलसिला डेनमार्कसम्म पुगेको छ । अमेरिकापछि डेनमार्ककेा रक्षा मन्त्रालयले आफ्ना सरकारी कर्मचारीहरुको फोनमा टिकटकको प्रयोगमाथि प्रतिबन्ध लगाएको छ । उत्तर एटलान्टिक सन्धि संगठन नाटोको सदस्य रहेको डेनमार्कले साइबर सुरक्षाको कारण देखाउँदै टिकटकमाथि यस्तो कदम उठाएको हो । डेनमार्क सरकारले टिकटक एपको सुरक्षा र डाटाको गोपनीयताका विषयमा पनि चिन्ता व्यक्त […]

आइफोन बनाउन एप्पलले किन रोज्यो भारत ?

काठमाडौं । ५ असोजमा एप्पलले आफ्नो नयाँ ‘आइफोन १४’ भारतमा बनाउने घोषणा ग¥यो । ‘आइफोन १४’ को पाँच प्रतिशत उत्पादन यही वर्षदेखि भारतमा सुरु हुनेछ । यस अगाडि एप्पलले ‘आई फोन’ चीनमा उत्पादन गर्दै आएको थियो । लगानी मामिलाका विशेषज्ञ जेपी मोर्गनका अनुसार २०२५ सम्म एप्पलले आफ्नो एक चौथाई उत्पादन भारतमा गर्नेछ । त्यसो त […]

एप्पलले ल्यायो दुई नयाँ आइफोन

२४ फागुन, काठमाडौं। आइफोन निर्माता कम्पनी एप्पलले आफ्नो आइफोन १४ सिरिजका दुई नयाँ आइफोन सार्वजनिक गरेको छ । एप्पलले पहेँलो रङमा आइफोन १४ र आइफोन १४ प्लसका नयाँ भेरिएन्ट सार्वजनिक गरेको हो । पछिल्लो केही दिनदेखि कम्पनीले आइफोन १४ का नयाँ मोडेलहरु सार्वजनिक गर्ने चर्चा चलिरहेको थियो, जसलाई एप्पलले सही सावित गरिदिएको छ । यद्यपि […]

ट्वीटरमा थपिंदै नयाँ सुविधा, १० हजार अक्षरको ट्वीट गर्न सकिने

एकपछि अर्को गर्दै आश्चर्यजनक कदम चाल्दै आएका ट्वीटरका नयाँ मालिक एलन मस्कले ट्वीटर प्रयोगकर्ताहरुका लागि एउटा गज्जब उपहार दिंदैछन् । अहिलेसम्म आम ट्वीटर प्रयोगकर्ताले अधिकतम २४० अक्षरसम्मको मात्रै ट्वीट गर्न पाइरहेकोमा छिट्टै नै १० हजार अक्षरसम्मको ट्वीट गर्न पाइनेछ । एउटा ट्वीटको जवाफमा एलन मस्कले यस्तो घोषणा गरेका हुन् । यद्यपि १० हजार क्यारेक्टरमा ट्वीट […]

दीपिका पादुकोणले हलिउड कलाकारसँगै ओस्कार अवार्ड हस्तान्तरण गर्ने

काठमाडौं । बलिउड अभिनेत्री दीपिका पादुकोणले विजेतालाई ओस्कार अवार्ड हस्तान्तरण गर्ने भएकी छन् । एकेडेमी अफ आर्ट्स एण्ड साइन्सेजले ‘प्रेजेन्टरको’ रुपमा पादुकोणको नाम घोषणा गरेको छ । इन्स्टाग्राममार्फत दीपिकाले आफूसहितका सम्पूर्ण ‘प्रेजेन्टर’को नाम सार्वजनिक गरेकी छन् । यो सूचीमा ड्वेन जोन्सन, माइकल बी जोर्डन, रिज अहमद, एमिली ब्लन्ट, ग्लेन क्लोज, ट्रोय कोट्सर, ड्वेन जोन्सन, जेनिफर […]

फिल्म र संगीत क्षेत्रका कलाकारले मनाए होली (तस्वीरहरु)

काठमाडौं । फिल्म र संगीत क्षेत्रका कलाकारहरुले सोमबार आ-आफ्नै स्टाइलमा फागूपर्व (होली) मनाएका छन् । अभिनेता राजेश हमालले कपुरधारास्थित निवासमा आइपुगेका फिल्मकर्मीसँग रङ साटासाट गर्दै होली मनाए । अभिनेत्रीद्वय रेखा थापा र श्वेता खड्काले सँगै होली मनाए । अभिनेत्री मनीषा कोइरालाले सपरिवार होली मनाइन् । मनीषासँग होली मनाउन कांग्रेस नेतृ सुजाता कोइराला पनि पुगेकी थिइन् […]

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com