hamro khabar bardiya

बर्दियाको राजापुरमा २५औ मुक्त कमैया दिवस भव्य रुपले मनाइयो, पुनःस्थापना हुन बाँकी कमैयालाई व्यवस्थापन गर्न माग

मिन अधिकारी बर्दियाको राजापुरमा आज मुक्त कमैया दिवस भव्य रुपले मनाइएको छ । जेकर सवाल ओकर अगुवाई, जेकर मुद्दा ओकर लराई भन्ने मुल नाराका साथ आज राजापुरमा मुक्ति कमैयहरुले आफ्नो मुक्ति दिवस भव्य रुपले मनाएका हुन् । वि. स २०५७ साल श्रावण २ गते सरकारले कमैयाहरुलाई मुक्तिको घोषणा गरेपछि बधुवा प्रथाका रुपमा रहेका दाङ् बाँके […]

राजापुर नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता भएको पालिका घोषणाका लागि पहल गरिदै, जिम्मेवारीमा प्रतिबद्ध हुदै उत्कृष्ट कार्य गर्न स्वास्थ्यकर्मीलाई नगर प्रमुखको आग्रह ।

मिन अधिकारी राजापुर बर्दियाको राजापुर नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता भएको पालिका घोषणाका लागि पहल थालिएको छ । नगरपालिकामा रहेका १६ महिनादेखि ५९ महिनासम्मका कुनैपनि बालबालिका खोप पाउनबाट बञ्चित नरहेको भन्दै स्वास्थ्य शाखाले राजापुरलाई पूर्ण खोप सुनिश्चितता भएको पालिका घोषणा गराउन तयारी शुरु गरेको नगर प्रमुख लाई जानकारी गराएको हो । पुर्ण खोप सुनिश्चिता को लागी […]

राजापुर नगरपालिका को १३ औँ अधिबेशनमा -राजापुर नगरपालिकाको १ अर्ब १६ करोड ७६ लाख ३ हजार बजेट प्रस्तुत

मिन अधिका्री राजापुर नगरपालिकाको आ व २०८१/०८२ को वजेट प्रस्तुत, बजेट घट्दो क्रममा, चालु आ ब भन्दा आगामी आब मा ८ लाख ६७ हजार कम बजेट विनियोजन राजापुर नगरपालिकाको आ व २०८१/०८२ को वजेट प्रस्तुत गरिएको छ । चालु आ ब भन्दा आगामी आ ब मा ८ लाख ६७ हजार कम गरेर राजापुर नगरपालिकाको १ […]

बर्दियाको राजापुरमा रहेका बादी समुदायको विकासका लागि स्थानीय सरकारले विशेष ध्यान दिएको उपप्रमुख मनकला कुमारी चौधरीको भनाई ।

बर्दियाको राजापुरमा रहेका बादी समुदायको विकासका लागि स्थानीय सरकारले विशेष ध्यान दिएको उपप्रमुख मनकला कुमारी चौधरीले वताउनु भएको छ । बादी बालबालिकाहरुको विद्यालय निरन्तरता तथा शिक्षामा गुणस्तरीयताका लागि स्थानीय सरकार तथा सरोकार राख्ने निकायको भूमिका विषयक अन्तक्रिया कार्यक्रममा उपप्रमुख चौधरीले बताउनु भएको हो । जातिय विभेदले हेपिएको बादी समुदायका विद्यालय उमेर समूहका बालबालिकाहरुको विद्यालय छाड्ने […]

लाका प्रहरी कार्यालय राजापुरले १ क्विन्टल ५० किलो परिमाणमा अवैध कुखुरा बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय राजापुरले १ क्विन्टल ५० किलो परिमाणमा अवैध कुखुरा बरामद गरेको छ । पछिल्लो समय तस्करी मौलाउँदै गएको गुनासाहरु बढ्दै गएको समयमा इलाका प्रहरी कार्यालय बाट खटीएको गस्ती टोलीले राजापुर नगरपालिका वडा न.१० स्थित पखैपुरको भित्री सडक खण्डबाट भन्सार छली ल्याई बेवारीसे अवस्थामा राखिएको प्यारेन्ट जातको करिब ६० हजार मुल्य बराबरको अवैंध कुखुरा […]

खाद्य स्वच्छता सुरक्षा प्राप्तिमा नविनतम प्रविधि विषयक अन्तक्रिया कार्यक्रम सम्पन्न, उखु खेती तर्फ लाग्न किसानलाई आग्रह ।

खाद्य स्वच्छता सुरक्षा प्राप्तिमा नविनतम प्रविधि विषयक अन्तक्रिया कार्यक्रम सम्पन्न, उखु खेती तर्फ लाग्न किसानलाई आग्रह ।खाद्य स्वच्छता सुरक्षा प्राप्तिमा नविनतम प्रविधि विषयक अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । लुम्बिनी प्रदेश र सुदुर पश्चिम प्रदेशमा नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिज्ञ संघ (नेफ्रोष्टा) को आयोजनामा टिकापुर पार्कमा कार्यक्रम सम्पन्न गरिएको हो । मानवीय स्वास्थ्यमा खाद्य वस्तुले […]

राजापुर नगरपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन गरेको छ ।

राजापुर नगरपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन गरेको छ । नगरपालिकाको योजना तर्जुमा विकास निर्माणमा सुधार तथा सेवाग्राहीलाई गुणस्तरीय र प्रभावकारी सेवा दिन, सुशासन कायम गर्न, विकास निर्माणमा स्थानीयको सहभागिता र खबरदारी गर्न सार्वजानिक सुनुवाई गरिएको हो । राजापुर नगरपालिकाले गरेका सेवा प्रवाहका बारेको आर्थिक तथा वित्तिय प्रगति विवरण लेखा अधिकृत वसन्त मल्लले प्रस्तुत गर्नु भएको […]

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याउन राजापुर नगरपालिकाको वडा नं. ५ ले वडा स्तरीय अतिरिक्त क्रियाकलाप र आन्तरिक परीक्षा सञ्चालन गरेको छ ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याउन राजापुर नगरपालिकाको वडा नं. ५ ले वडा स्तरीय अतिरिक्त क्रियाकलाप र आन्तरिक परीक्षा सञ्चालन गरेको छ । सामुदायिक विद्यालयको आधार तहमा शैक्षिक स्तर खस्कदो अवस्थामा रहेको बेला वडा नं. ५ ले भने आफ्नो वडा भित्रका आधार तहका विद्यार्थीहरुबिच प्रतिस्पर्धात्मक मूल्याङ्कन गरेको हो । वडामा रहेको श्री किसान मावि, श्री […]

बर्दियाको राजापुर नगरपालिकामा उचित ढलनिकास नहुँदा दुर्गन्ध बढ्नुका साथै रोग व्याधीको जोखिम बढेको छ

बर्दियाको राजापुर नगरपालिकामा उचित ढलनिकास नहुँदा दुर्गन्ध बढ्नुका साथै रोग व्याधीको जोखिम बढेको छ । स्थानीय सरकारले विकास पूर्वाधारमा सडक निर्माणलाई प्राथमिकता दिदाँ पनि उचित ढल निकासको व्यवस्थापन गर्न नसक्दा समस्या बढेको हो । पछिल्लो समय नगरपालिकाले विकासका कामहरु सम्पन्न गर्दा उचित व्यस्थापन गर्नुको सट्टा दीर्घकालिन सोचविना निर्माण गरिएका नाला रहित बाटोले स्थानीयमा मौसम अनुसारको […]

बर्दियाको राजापुर २ मा युनिक नेपालको केन्द्रीय कार्यालय बन्ने भएको छ ।

बर्दियाको राजापुर २ मा युनिक नेपालको केन्द्रीय कार्यालय बन्ने भएको छ । राजापुरको नयाँगाउँ जोतपुरमा केन्द्रीय कार्यालय रहेको युनिकको करिब ९ करोड लागतमा सुविधा सम्पन्न भवन निर्माण हुने भएको हो । नेपाली काङ्ग्रेशका केन्द्रीय सदस्य पूर्व भूमिसुधार मन्त्री तथा युनिकका संरक्षक गोपाल दहितले जोतपुरको वडघर रोडमा निर्माण हुने भवनको शिलान्यास गर्दै सुरुका दिनमा संस्था स्थापना […]

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com