hamro khabar bardiya

राजापुरमा सञ्चालित ५औँ मेयर कप तथा १६औँ राष्ट्रपति रनिङ शिल्ड को बिजेता कालिका मा.बि चनौरा ।

बर्दियाको राजापुरमा सञ्चालित ५औँ मेयर कप तथा १६औँ राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता सम्पन्न भएको छ । माघ १४ गतेदेखि सुरुभएको रनिङ शिल्ड प्रतियोगिता आज भव्यताका साथ सम्पन्न भएको हो । आज राजापुरमा रहेको खेल मैदानमा प्रतियोगिता समापन गर्दै नगर प्रमुख दिपेश थारुले पठनपाठनसँगै विद्यार्थी भाईबहिनीहरुलाई खेलकुद पनि आवश्यक पर्ने र यसकै माध्यमबाट हरेक क्षेत्रको […]

बर्दियाको राजापुरमा रहेको दिदि बहिनी साना किसान कृषि सहकारी संस्था लिमिटेडले आफ्नो स्थापनाको १२औँ वार्षिक साधारण सभा भव्य रुपले सम्पन्न गरेको छ ।

बर्दियाको राजापुरमा रहेको दिदि बहिनी साना किसान कृषि सहकारी संस्था लिमिटेडले आफ्नो स्थापनाको १२औँ वार्षिक साधारण सभा भव्य रुपले सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि साना किसान सहकारीका जन्मदाता तथा नेपाल कृषि केन्द्रीय संघका उपाध्यक्ष पूर्ण शर्माले सहकारीले सञ्चालन गर्न लागेको चिउरा भुजा उद्योगका लागि २ करोड सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको छ । […]

बर्दियाको राजापुर नगरपालिका वडा नम्बर २ बालाबजार नयाँगाउले वडा मातहतका पाँच सामुदायीक विद्यालयमा अध्यनरत कक्षा १ र २ का छात्र, छात्रालाई पोशाक बितरण गरेको छ ।

बर्दियाको राजापुर नगरपालिका वडा नम्बर २ बालाबजार नयाँगाउले वडा मातहतका पाँच सामुदायीक विद्यालयमा अध्यनरत कक्षा १ र २ का छात्र, छात्रालाई पोशाक बितरण गरेको छ । वडाले १ सय ३४ जना छात्र, छात्रालाई पोशाक हस्तान्तरण गरेको हाे । नेपाल राष्ट्रिय माध्यामिक विद्यालय नयाँगाँउ, नवज्योती प्राथमिक विद्यालय नयाँगाँउ, ज्ञान दर्शन प्राथमिक विद्यालय चैनपुर, ज्ञानदीप प्राथमिक विद्यालय […]

बालिका सशक्त परियोजना प्रारभ्मिक परिचयात्मक बैठक सम्पन्न ।

बालिका सशक्त परियोजना प्रारभ्मिक परिचयात्मक बैठक सम्पन्न । बालिका सशक्त परियोजना अन्तगत पालिका स्तरिय परियोजना प्रारभ्मिक परिचयात्मक बैठक राजापुरमा आईतवार सम्पन्न भएको छ । राजापुर नगरपालिका प्रमुख दिपेश थारुको अध्यक्षतामा बसेको बैठकमा प्लान ईन्टरनेशनल नेपालको आर्थिक सहयोग राजापुर नगरपालिकाको समन्वय तथा राधाकृष्ण थारु जनसेवा केन्द्र गुलरिया को आयोजना गरिएको बैठक मा राधाकृष्ण थारु जनसेवा केन्द्रले […]

अख्तियार द्वारा ३० हजार नगद घुस सहित सई पक्राउ

ईलाका प्रहरी कार्यालय मैनापोखर बर्दियाको मुद्दा शाखामा कार्यरत प्रहरी नायव निरीक्षक पवन साउद (सई) लाई मुद्दा मिलाइदिने भन्दै ३० हजार रूपैयाँ लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगन्जबाट खटेको टोलिले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मैनापोखरमा लागुऔषध मुद्दा मिलाइदिने भनि सहजिकरण गरि सेवा ग्राहि संगबाट ३० हजार रुपैया लिएको आरोपमा […]

बर्दियाको राजापुर नगरपालिकाले कर्णाली प्रदेशका भूकम्प प्रभावित क्षेत्रका बासिन्दाका लागि राहत सामग्री पठाएको छ ।

साथी खबर राजापुर २०८०-०७-२१ बर्दियाको राजापुर नगरपालिकाले कर्णाली प्रदेशका भूकम्प प्रभावित क्षेत्रका बासिन्दाका लागि राहत सामग्री पठाएको छ । नगरपालिकामा बसेको विपत् व्यवस्थापन समितिको बैठकले र नगरकार्यापालिकाको बैठकले गरेको निर्णय अनुसार विपत्तिको घडिमा एक अर्कालाई हृदयदेखि नै सहयोग गर्नु पर्छ भन्दै राजापुरबाट यथासक्य राहत सामग्री लिएर जनप्रतिनिधिको टोलि भूकम्प प्रभावित क्षेत्रमा पुगेको हो । राजापुरमा […]

नेपाल शिक्षक महासंघले सरकारसँग गरेको वार्ता र सहमतिमा कहिकतै शंका नगर्न नेपाल शिक्षक संघका संघीय अध्यक्ष सोमनाथ गिरीले आग्रह गर्नु भएको छ ।

साथी खबर राजापुर २०८०-०७-१९ नेपाल शिक्षक महासंघले सरकारसँग गरेको वार्ता र सहमतिमा कहिकतै शंका नगर्न नेपाल शिक्षक संघका संघीय अध्यक्ष सोमनाथ गिरीले आग्रह गर्नु भएको छ । बर्दियाको गुलरियामा नेपाल शिक्षक संघ जिल्ला कार्य समिति बर्दियाले आयोजना गरेको शुभकामना आदान प्रदान तथा अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै नेपाल शिक्षक संघका संघीय अध्यक्ष गिरीले यस्तो […]

जाजरकोटको नलगाडका उपप्रमुखको भुकम्पमा परी मृत्यु साथै हालसम्म मर्नेको सङ्ख्या ७२ पुगेको छ

निरुता सिह

हाम्रो खबर बर्दिया । शुक्रबार रातिको भुइँचालोमा परेर जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुख सरिता सिंहको मृत्यु भएको छ।साथै थप्जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म मर्नेको सङ्ख्या ७२ पुगेको छ । थप विवरण आउने क्रम जारी छ । सदरमुकाम खलंगास्थित माथिल्लो थाप्लेमा सुतिरहेको अवस्थामा घर भत्किँदा उनको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी किशोर श्रेष्ठले जानकारी दिए। […]

संविधान सभा सदस्य स्व. राम चरण थारुको ८ औँं स्मृति दिवस आज एक कार्यक्रम गरि गेरुवामा मनाइएको छ ।

संविधान सभा सदस्य स्व. राम चरण थारुको ८ औँं स्मृति दिवस आज एक कार्यक्रम गरि गेरुवामा मनाइएको छ । राम चरण स्मृति प्रतिष्ठान नेपाल, गेरुवा ५ पशुपतिनगर बर्दियाले गेरुवा १ जनकनगरमा सोमबार आयोजना गरेको स्मृति दिवसमा बोल्ने अधिकांश वक्ताहरुले उहाँको सरल स्वभावको खुलेरै प्रसंसा गरेका थिए । कार्यक्रममा पूर्व वन तथा भुमिसुधार मन्त्री समेत रहनुभएको […]

बर्दियाको राजापुर १ का स्थायीवासी तथा पूर्वमन्त्री खेमराज भट्ट ‘मायालु’ ७६ वर्षको उमेरमा निधन भएको छ

साथी खबर राजापुर २०८०-०६-०५ बर्दियाको राजापुर १ का स्थायीवासी तथा पूर्वमन्त्री खेमराज भट्ट ‘मायालु’ ७६ वर्षको उमेरमा निधन भएको छ । क्यान्सर रोगबाट पीडित उहाँको गएराति काठमाण्डौको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको हो । २०५६ सालको आम चुनावमा नेपाली कांग्रेसबाट प्रतिनिधि सभामा निर्वाचित भएका उहाँ केही समय सामान्य प्रशासन मन्त्रीसमेत बन्नुभएको थियो । त्यसपछि […]

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com