hamro khabar bardiya

बर्दियाको राजापुरमा थारु परम्परा अनुसार ल्वाङ्गी पूजा र भजहर भज्ने पूजा गर्ने कार्यक्रम सम्पन्न भएको छ ।

बर्दियाको राजापुरमा थारु परम्परा अनुसार ल्वाङ्गी पूजा र भजहर भज्ने पूजा गर्ने कार्यक्रम सम्पन्न भएको छ । राजापुर नगरपालिका वडा नंं. ३ मुरैयामा खेतीपाती राम्रो होस् रोग व्याधिको प्रकोप नदेखियोस् भन्दै खेती गर्ने सबै किसानहरुको उपस्थितिमा गाउँमा ल्वाङ्गी पूजा र भजहर भज्ने कार्यक्रम गरिएको हो । गाउँमा यो वर्ष जजसले खेतिपाती गरे तिनै किसानबाट पुजामा […]

बर्दियाको राजापुरमा रहेको युनिक नेपालको २८औँ साधारण सभा सम्पन्न भएको छ ।

बर्दियाको राजापुरमा रहेको युनिक नेपालको २८औँ साधारण सभा सम्पन्न भएको छ । न्यून आय आजर्न भएका स्थानीयको जीवन स्तर उकास्ने उद्देश्य सहित २०५२ सालमा राजापुर नगरपालिका २ जोतपुरमा स्थापना भएको युनिक नेपाल संस्थाले २८औँ वार्षिक साधारण सभा भव्य रुपले सम्पन्न गरेको हो । संस्थाले अन्तर्राष्ट्रिय सहयोगी संस्थाहरु युएनडीपी, जीइएफ, एसजीपि लगायत बिभिनसंस्थाहरु सँग साझेदारी गरेर […]

बर्दियामा मानव वन्यजन्तु सह–अस्तित्वका लागि हात्ती पूजा सम्पन

बर्दिया राष्ट्रिय निकुञ्जको हात्तीसारमा रहेका हात्तीहरूको पूजा गरिएको छ। बर्दियामा पाइने एशियाकै ठूलो हात्ती राजागज हराएको स्मरणमा हात्तीसारको चउरमा बनाइएको खमारी (हात्ती बाध्ने खम्बा) स्थलमा विविध कार्यक्रमसहित हात्ती पूजा गरिएको छ। परम्परागत दसैंका अवसरमा हात्तीबाट सुँगुर कुल्चाउने परम्परा अन्त्य गर्दै हात्ती पूजा गुरुवाहरु बाट हात्ती पूजा गरिएको हो । पुजा कार्यक्रममा बोल्दै बर्दिया राष्ट्रिय निकुञ्जका […]

बर्दियाको भौरा क्षेत्रमा ‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता, महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ भन्ने मूल नारासहित आजदेखि आउँदो २४ गतेसम्म लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुरु भएको छ ।

बर्दियाको भौरा क्षेत्रमा ‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता, महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ भन्ने मूल नारासहित आजदेखि आउँदो २४ गतेसम्म लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुरु भएको छ । लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियानका अवसरमा राजापुर नगरपालिकाका १० वटै वडाहरुमा प्रभातफेरी ¥याली र कोण सभा सहितको विभिन्न कार्यक्रम गरी अभियानको सुरुवात गरिएको हो । समाजमा […]

बर्दियाको राजापुरमा सरकारी स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धान खरिद प्रक्रिया सुरु गरेको छ ।

साथी खबर राजापुर २०८०-०७-१५ बर्दियाको राजापुरमा सरकारी स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धान खरिद प्रक्रिया सुरु गरेको छ । कम्पनीले सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्य अनुसार दसैँ अघिदेखि बर्दियाको राजापुरबाट धान खरिद सुरु गरेको हो । राजपुरबाट ७२७ किन्टल खरिद गरिएको कम्पनीले जनाएको छ । दसैँ बिदाका कारण केही दिन खरिदमा […]

नेकपा माओवादी केन्द्रको ३ महिने अभियानलाई सम्बोधन गर्दै केन्द्रिय सदस्य अन्जना

hamro khabr

नेकपा माओवादी केन्द्रको ३ महिने अभियानलाई सम्बोधन गर्दै केन्द्रिय सदस्य अन्जना चौधरीले देशमा जति आमुल परिर्वतनहरु भए त्यसमा नेकपा माओवादी केन्द्रको महत्वपुर्ण भुमिका रहेको र जनताको हरेक समस्या ,मागमुद्दाहरुलाई सम्बोधन गर्ने एकमात्र पार्टि नेकपा माओवादी केन्द्र रहेकोले नेकपा माओवादी केन्द्रलाई संगठित गरि नेपालकै पहिलो पार्टी बनाउन सबैलाई आग्रह गर्नुभएको छ । बर्दियाको राजापुरमा नेकपा माओवादी […]

आज नागपञ्चमी: नागको पूजा, आराधना गरी मनाइँदै

hamro khabar bardiya

बर्दिया राजापुर भदौ ४ गते । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँँदै छ ।  यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ । यसवर्ष साउनमा अधिकमास परेका कारण सौरमासअनुसार भदौमा यो पर्व परेको हो । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै […]

बर्दियाको राजापुर पढ्दै कमाउँदै कार्यक्रम सम्बन्धी छलफल सम्पन्न गरिएको छ ।

बर्दियाको राजापुर पढ्दै कमाउँदै कार्यक्रम सम्बन्धी छलफल सम्पन्न गरिएको छ । एक्सनएड नेपाल र कमैया महिला जागरण समाज, नेपाल बर्दियाको आयोजना तथा राजापुर नगरपालिकाको समन्वयमा स्थानीय अधिकार कार्यक्रम अन्तर्गत विद्यालयमा आधारित पढ्दै कमाउँदै कार्यक्रम सम्बन्धी छलफल राजापुर नगरपालिकाको सभाहलमा सम्पन्न भएको हो । राजापुर नगरपालिकाका सामुदायक बिद्यालयहरुमा पढ्दै सिक्दैै कमाउदै बिद्यालय स्तरमानै पढ्दै जिवनउपयोगी ज्ञान […]

बर्दियाको राजापुर नगरपालिका क्षेत्रभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत ३ सय १ वालवालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।

बर्दियाको राजापुर नगरपालिका क्षेत्रभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत ३ सय १ वालवालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको छ । कमैया महिला जागरण समाज नेपालले मुक्त कमैया, कमलरी, दलित, विपन्न परिवार, र अभिभावक विहिन बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको हो । कमैया महिला जागरण समाज नेपालले मुक्तकमैया र कमलरीको हकहितको लागि विभिन्न कार्यक्रम गर्दै आएको छ । कार्यक्रममा […]

पर्यटकको आर्कषणबन्दै बर्दिया स्थित कृष्णसार संरक्षण क्षेत्र आइतबार श्रावण १४ , २०८० पर्यटकको आर्कषणबन्दै बर्दिया स्थित कृष्णसार संरक्षण क्षेत्र

Krishnasar

यादव आचार्य, गुलरिया । नेपालबाट लोपहुन लागेपछि बन्यजन्तु संरक्षण ऐन २०२९ ले संरक्षित बन्यजन्तुको सुचिमा सूचिकृत बर्दियाको गुलरिया नगरपालिका स्थित खैरापुरको प्राकृतिक बासस्थानमा रहेका कृष्णसार अवलोकन गर्न आउने पर्यटकको संख्या बृद्धि भएको छ । नेपालकै र्दुलभ मानिने संरक्षित बन्यजन्तु हेर्न आउने आन्तरिक, सार्क मुलुक लगायत विदेशी पर्यटकहरु बढेका छन् । सरकारले संरक्षण क्षेत्र घोषणा गरी […]

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com