hamro khabar bardiya

बर्दियाको राजापुरमा लोक नृत्य प्रतियोगिताको आयोजना, निजी विद्यालयबाट धेरै कुरा सिक्नु पर्ने नगर प्रमुख दिपेश थारुको धारणा

बर्दियाको राजापुरमा जिल्ला स्तरीय लोक नृत्य प्रतियोगिताको आयोजना गरिएको छ । संस्थागत विद्यालयको छाता संगठन राष्ट्रिय निजि तथा आवासीय विद्यालयको आयोजनामा आज भव्य लोक नृत्य प्रतियोगिता सम्पन्न गरिएको हो । कार्यक्रमलाई संबोधन गर्दै प्रमुख अतिथि नगर प्रमुख दिपेश थारुले निजी विद्यालयले शिक्षा क्षेत्रमा ठूलो फड्को मारेको र शिक्षासँगै लोक संस्कृतिको जगेर्ना गर्दै बालबालिकाहरुबाट देश विदेशमा […]

दिदी बहिनी साना किसान कृषि सहकारी संस्था लिमिटेडले आजदेखि किसानको धान खरिद गर्न सुरु गरेको छ ।

साथी खबर राजापुर २०८०-०८-११ दिदी बहिनी साना किसान कृषि सहकारी संस्था लिमिटेडले आजदेखि किसानको धान खरिद गर्न सुरु गरेको छ । बर्दियाको भौरा क्षेत्रको राजापुर ३ टेडियामा चिउरा भुजा उद्योग सञ्चालन गरेर किसानलाई सेवा सुविधा दिने उद्देश्यका साथ स्थापना गरिएको उद्योग सञ्चालन गर्न किसानको धान खरिद गर्न सुरु गरेको हो । राजापुरमा उत्पादन भएको धानबाट […]

बर्दियाको राजापुरमा सरकारी स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धान खरिद प्रक्रिया सुरु गरेको छ ।

साथी खबर राजापुर २०८०-०७-१५ बर्दियाको राजापुरमा सरकारी स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धान खरिद प्रक्रिया सुरु गरेको छ । कम्पनीले सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्य अनुसार दसैँ अघिदेखि बर्दियाको राजापुरबाट धान खरिद सुरु गरेको हो । राजपुरबाट ७२७ किन्टल खरिद गरिएको कम्पनीले जनाएको छ । दसैँ बिदाका कारण केही दिन खरिदमा […]

बर्दियाको बारबर्दिया नगरपालिका वडा नम्बर ६ धामपुर स्थित नगर रंगशालामा भएको प्रथम बर्दिया पालिका स्तरिय टी–२० क्रिकेट प्रतिस्पर्धामा राजापुर नगरपालिका विजयी भएको छ । गुलरिया नगरपालिकालाई ११२ रनले पराजितगर्दै राजापुरले कप उचालेको हो

बर्दियाको बारबर्दिया नगरपालिका वडा नम्बर ६ धामपुर स्थित नगर रंगशालामा भएको प्रथम बर्दिया पालिका स्तरिय टी–२० क्रिकेट प्रतिस्पर्धामा राजापुर नगरपालिका विजयी भएको छ । गुलरिया नगरपालिकालाई ११२ रनले पराजितगर्दै राजापुरले कप उचालेको हो । टस जितेर पहिलो ब्याटिङ गरेको राजापुरले २० ओभरमा ८ विकेट गुमाउँदै १४७ रनको लक्ष्य दिएको थियो । गुलरिया नगरपालिकाले खराब प्रर्दशनगर्दै […]

राजापुर वडा न ६ को विकाशका लागी वडा अध्यक्ष दिन रात लागी परेका छन ।

राजापुर नगरपालिका–६ का वडा अध्यक्ष असराज न्यौपानेले विकास निर्माणको काम दशैं–तिहार पछिबाट सुरू हुने बताउनुभएको छ । सडक निमार्ण बाह्रै महिना संचाल भइरहेको पनि जानकारी दिदै उपभोक्ता समिति गठन भएको र ट्रेनिङको प्रक्रिया भइरहेको पनि उहाँले बताउनुभयो । आर्थिक वर्ष २०८०÷०८१ को बजेट मार्फत वडा नम्बर ६ लाई नगरपालिकाले ५१ लाखको बजेट सिलिङ गरेको र […]

राजापुर नगरपालिकामा पालिका स्तरीय लैङ्गिक मैत्री उत्तरदायि नीति सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

राजापुर नगरपालिकामा पालिका स्तरीय लैङ्गिक मैत्री उत्तरदायि नीति सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । स्थानीय अधिकार कार्यक्रम अन्तर्गत नगरपालिकाको समन्वय र एक्सन एड नेपालको आर्थिक सहयोग तथा कमैया महिला जागरण समाज नेपालको आयोजनामा राजापुर नगरपालिकाको स्थानीय जनप्रतिनिधि र कर्मचारीलाई अभिमुखीकरण कार्यक्रम गरिएको हो । स्थानीय सरकारले पालिकामा नीति निर्माण गर्दा लैङ्गिक मैत्री नीति निर्माण […]

बर्दियाको राजापुरलाई व्यवस्थित बनाउन प्रदेश सरकारका तर्फबाट हुने कुनै पनि सहयोग कम हुन नदिने

बर्दियाको राजापुरलाई व्यवस्थित बनाउन प्रदेश सरकारका तर्फबाट हुने कुनै पनि सहयोग कम हुन नदिने लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री धर्म बहादुर चौधरीले बताउनु भएको छ । विगतमा भेरी कर्णाली र सेती अञ्चलकै ऐतिहासिक बजार राजापुर पछिल्लो समय स्थायित्व हुनु पर्नेमा उजाड हुदै जान थालेको भन्दै बजारको लालपूर्जा र वजारवासीको नागरिकताका लागि आफ्नो विशेष भूमिका […]

लुम्बिनी प्रदेशका मुख्य मन्त्री डिल्ली बहादुर चौधरीले बर्दियाको राजापुरमा २४ औ कमैया मुक्ति दिवसमा आयोजित कार्यक्रममा संबोधन गर्दै मुक्त कमैया परिवारको निःशुल्क स्वास्थ्य बिमा

बर्दियाको राजापुरमा २४ औ कमैया मुक्ति दिवसमा आयोजित कार्यक्रममा संबोधन गर्दै लुम्बिनी प्रदेशका मुख्य मन्त्री डिल्ली बहादुर चौधरीले मुक्त कमैया परिवारको निःशुल्क स्वास्थ्य बिमा, स्नातक तहसम्मको अध्ययन निःशुल्क र मुक्त कमैयालाई वितरण गरिएको जग्गालाई फुकुवा गरि बैङङ्कि प्रयोजनमा प्रयोग हुन सक्ने वनाउने प्रतिबद्धता गर्नु भएको छ । २०५७ साल श्रावण २ गते तत्कालीन नेपाली काङ्गे्रशका […]

गणतन्त्रवादी र राजावादीबीच बढ्दै द्वन्द्व, आन्दोलन चर्काउन राप्रपालाई पूर्वराजाको ‘ब्याक सपोर्ट’

आज मिति २०७९ साल चैत महिनाको ९ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको रात्रीकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा प्रस्तुत गरिएको छ– १. आन्दोलन चर्काउन पूर्वराजाको ब्याक सपोर्ट पूर्वराजा ज्ञानेन्द्र शाहले राप्रपालाई शीर्ष नेताहरूलाई बोलाएर राजतन्त्रको पक्षमा माहौल बनाउन सुझाव दिएका छन् । झापामा भेट्न पुगेका नेताहरूलाई पूर्वराजाले राजतन्त्रको पक्षमा राप्रपा प्रमुख शक्ति रहेकाले […]

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com