शिक्षा नीति राम्रो हुनका लागि राजनीति स्वच्छ हुनु पर्छ माओबादी नेता बस्नेत

टिकाराम चौधरी

 

नेकपा (माओवादी केन्द्र)का उप महाँसचिव तथा पुर्व गृहमन्त्री शक्ति बहादुर बस्नेतले सबै नीति माँउ अर्थात मुल नीति राजनीति रहेको बताउनु भएको छ । देशको शिक्षा नीति, अर्थनीति, बिदेश नीति, सामाजिक सांकृतिक नीति होस् या जुन सुकै नीतिलाई राम्रो बनाउनका लागि राजनीति नै सफा हुनु पर्ने बताउनु भएको छ । जब राजनीति स्वस्छ हुन्छ, जनताको पक्षमा हुन्छ तब हामीले बनाउने नीति सबै जनपक्षीय हुने बताउनु भएको छ । बर्दियाको राजापुरका अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी)को २३ औँ जिल्ला सम्मेलनलाई

 

सम्बोधन बताउनु भएको हो । पुर्व मन्त्री बस्नेतले विद्यार्थीहरुलाई किताबको पाना मात्र होईन, नेपालको परिवेश पनि पढ्नका लागि आग्रह गर्नु भएको छ । विद्यार्थीहरुलाई नेपालको ईतिहास बुझ्न जरुरी छ, वर्तमान बुझ्न जरुरी छ र भविश्यमा हाम्रो देश कता जाँदै छ भन्ने कुरा बुझ्न जरुरी रहेको बताउनु भएको छ । नेपालको आर्थिक, सामाजिक, राजाीतिक अवस्था, यहाँका समस्या, यहाँका सम्भावना, यहाँको आवश्यकलाई बुझ्नु पर्ने बताउनु भएको छ । पढ्नु अर्थ बुझ्नु, समस्याको समस्याको समाधान पत्ता लगाउनु र परिवर्तन गर्ने पनि रहेको बताउनु भएको छ । विद्यार्थीहरुको अहिले हामी कहाँ छौँ, कहाँ जानु पर्ने हो, त्यसको मार्गचित्र, रोडम्याप तयार गरेर अगाडी बढ्नु पर्ने बताउनु भएको छ । भोली बिज्ञान र प्रविधि रहेको छ, विद्यार्थीहरु आज बिज्ञान र प्रविधिको माध्यमबाट धेरै कुरा सिक्न सकिने बताउनु भएको छ ।

 

 

अर्को प्रसंगमा पुर्व मन्त्री बस्नेतले अहिलेको अवस्था भनेको सविधान कार्यान्वयनको समय रहेको बताउनु भएको छ । नेपालको सविधान सविधानसभाबाट बनेको उत्कृष्ट सविधान हो । यसको कार्यान्वयनका लागि हामी सबैले आफ्नो हक, अधिकारहरु प्राप्त गर्ने सक्ने खालको रहेको बताउनु भएको छ । कुन तहको सरकारले सविधानको पुर्ण कार्यान्वयन गरीरहेको छ । त्यसलाई समर्थन गर्ने र कुन ठाँउमा कार्यान्वयान भएको छैन, त्यस ठाँउमा खवरदारी गर्न पर्ने बेला रहेको बताउनु भएको छ ।यसमा विद्यार्थीहरुले पनि महत्वपुर्ण भुमिका लेल्ने प्रशस्त ठाँउ रहेको बताउनु भएको छ । कार्यक्रममा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी)की केन्दीय उपाध्यक्ष प्रविना अधिकारीले शिक्षा क्षेत्रको सुधारका लागि विद्यार्थी काम गर्नु बताउनु भएको छ । देशको अवस्था र बदलिदो परिस्थिति अनुसारको शिक्षा क्षेत्र बनाउन विद्यार्थी संगठनको भुमिका रहनु पर्ने बताउनु भएको छ । अहिले शिक्षा क्षेत्रमा विद्यार्थीहरुको देश निर्माण भन्दा बैदेशिक क्षेत्रमा जाने खालको मानसिकता विकास भईरहेको छ । यसलाई रोक्न र देशको विकास हुने खालको जनशक्ति उत्पादन गर्ने विद्यालय र शिक्षा क्षेत्रलाई बनाउनु पर्ने बताउनु भएको छ । विद्यर्थीहरुको जिल्ला सम्मेलनमा माओबादी केन्द्रका नेता तथा विद्यार्थी संगठनका नेताहरुको सहभागिता रहेको थियो ।

लेखकको बारेमा

भर्खरै गरेका पोस्ट

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com