बर्दियाको भौरा क्षेत्रमा सर्पदम्प उपचार केन्द्र नहुँदा स्थानीयलाई समस्या हुने गरेको छ ।

बर्दियाको भौरा क्षेत्रमा सर्पदम्प उपचार केन्द्र नहुँदा स्थानीयलाई समस्या हुने गरेको छ । राजापुर नगरपालिका र गेरुवा गाउापालिका रहेको भौरा क्षेका स्थानीय वर्षा लाग्दा के हुनेहो भन्दै चिन्तित हुने गरेका हुन् । राजापुर नगरपालिका वडा नं. ३ मा रहेको सर्पदम्स तथा परम्परागत उपचार समितिका सचिव तथा थारु गुरुवा जगतराम थारुले करिब ३ लाख स्थानीयको बसोबास रहेको यो क्षेत्रमा कसैलाई पनि सर्प बिच्छी लगायतका विषालु जीवले टोकेमा परम्परागत रुपमा झारफुक र चुसेर विष निकाल्ने

गरेको वताउनु भयो । गत वर्ष वडा नं. ३ को वडा कार्यालयबाट गुरुवाका लागि आवश्यक पर्ने सामान्य सामान बाहेक झारफुकमा लागेका गुरुवालाई विरामीको घरकाले जति दिन्छन् त्यतिमा सन्तुष्ट हुने गरेको बताउनु भयो । समितिका अध्यक्ष कुलराम थारुले गाउँगाउँमा रहेका गुरुवाहरुले सर्पले डसेको खबर पाउना साथ दिनरात घामपानी नभनेर निस्वार्थी भइ सेवा दिने गरेको र विरामी निको भएको देख्दा आफूहरु सबैभन्दा धेरै खुशी हुने गरेको वताउनु भयो । समयको परिवर्तनसँगै झारफूकमा मात्रै भर नपरेर सर्पदम्स उपचार केन्द्र भए अझै प्रभावकारी उपचार हुने राजापुर नगरपालिका वडा नं. ३ का निवर्तमान वडाध्यक्ष विष्णु प्रसाद खनालको भनाइ छ । भौरा क्षेत्रका स्थानीयलाई सर्पले डसेमा उपचारका लागि कि गुरुवाको भर पर्नु पर्ने वा करिब १३५ किलो मिटर टाढा नेपालगंज पु¥याउनु पर्ने बाध्यता रहेको छ ।

लेखकको बारेमा

भर्खरै गरेका पोस्ट

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com