अत्याधिक गर्मीको कारण राजापुर नगरपालिकाले दुई दिन विद्यालय बन्द गरेको छ । अत्याधिक गर्मीको कारण राजापुर नगरपालिकाले दुई दिन विद्यालय बन्द गरेको छ ।एक्कासी तापमान वढेर तातो हावाको कारण विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकुल असर देखिनथाले पछि बर्षे बिदावाट कटौती हुने गरी दुई दिन विद्यालय बन्द गरिएको हो ।
विद्यार्थीको स्वास्थ्यमा प्रतिकुल प्रभाव देखिन थालेपछि विद्यालय बन्द गरिएको राजापुर नगपालिकाका शिक्षा शाखा प्रमुख दलबाहादुर चौधरीले वताउनु भएको छ ।सामुदायिक तथा संस्थागत सम्पुर्ण विद्यालयहरू १७ गतेदेखि १८ गतेसम्म बिदा हुने भएको छन् । वर्षे बिदाबाट कट्टा हुने गरी विद्यालय बिदा गर्नका लागि नगरपालिकाले निर्णय गरेपछि बिदा गरिएको चौधरीले वताउनु भएको हो ।केही दिनयता बर्दियालगायत पश्चिम तराईका जिल्लामा अत्याधिक गर्मी बढेको छ ।
गर्मीका कारण जनजीवन प्रभावित भएको पाइएको छ । विशेष गरी दिउँसोको समयमा सडक तथा बजार व्यवसाय सुनसान देखिन्छ । बर्दियामा अधिकतम तापक्रम ४२ डिग्री सेल्सियस भएको अनुमान गरिएको छ ।