बर्दियाको राजापुरमा स्थानीयको घरघरमा स्वास्थ्य सेवा दिन थालिएको छ । राजापुर नगरपालिका वडा नं. ५ ले वडामा रहेका गाउँ टोलका स्थानीयलाई घरमै पुगेर स्वास्थ्य सेवा दिन थालेको हो ।
आज बदालपुरमा जेष्ठ नागरिक, अशक्त, अपाङ्ग र दीर्घ रोगीहरुका लागि घरमै स्वास्थ्यसेवा कार्यक्रममा वडाले सबैलाई समान रुपमा सेवा दिने भन्दै लक्ष्य लिएको छ ।
गाउँका वरघर बेचुलाल थारुको सभाध्यक्षतामा गरिएको कार्यक्रमका प्रमुख अतिथि वडा नं. ५ का वडाध्यक्ष रमेश दहित र अन्य अतिथिहरुमा वडा सदस्यहरु, टोल वरघरहरु, रहनु भएको थियो ।
कार्यक्रमलाई संबोधन गर्दै प्रमुख अतिथि वडा नं. ५ का वडाध्यक्ष दहितले वडामा रहेका १२ गाउँटोलका जेष्ठ नागरिक, अशक्त, अपाङ्ग र दीर्घ रोगीहरुका लागि घरमै स्वास्थ्यसेवा दिने र जेष्ठ नागरिक, अशक्त, अपांग लगाएत कमजोर शारीरिक अवस्था भएका ब्यक्तिहरुको स्वस्थ्य समस्यालाई मध्य नजर गरि देखिएका सुगर, प्रेसर र युरिन लगाएत समस्या जाँच पहिचान गर्दै जाने कार्यक्रम आजबाट सुरु गरिएकाले सबैले सेवा लिनु पर्नेबताउनु भएको छ । प्रमुख अतिथि दहितले जनताको आवश्यकता र वडाले गर्नु पर्ने प्रत्यक्ष सरोकारका कार्यक्रमका लागि सकारात्मक सल्लाह दिन समेतदिन सम्पूर्णमा अनुरोध गर्नु भयो ।
कार्यक्रमको समापन गर्दै गाउँ वरघर तथा सभाध्यक्ष थारुले वडा आजदेखि वडा कायौलयले सुरु गरेको घरमै स्वास्थय सेवा कार्यक्रम निकै राम्रो रहेको र यो जनतामा लोकप्रिय हुने विश्वास आफूले लिएको वताउनु भयो ।
जेष्ठ नागरिक, अशक्त, अपाङ्ग र दीर्घ रोगीहरुका लागि घरमै स्वास्थ्यसेवा कार्यक्रममा नसर्ने रोगका विरामीहरुलाई समेत ध्यान दिन सुझाव दिदै कार्यक्रम समापन गर्नु भएको थियो ।
गाउँका समाजसेवी,बुद्धिजीवि, महिला स्वास्थ्य स्वयम सेविका, पत्रकारको उपस्थिति रहेको कार्यक्रममा करिब १५० बढी स्थानीयको सहभागिता रहेको कार्यक्रमको संचालन वडा सचिव अमित दहितले गर्नु भएको थियो।